Advertisement
SKIP THIS

ढाेरपाटन भलिबल कपमा एसबिअाइ काेषमनी रेमिट्यान्सले सेवा दिने


बाग्लुङ सम्पर्क समित दक्षिण कोरियाले अायाेजना गर्न लागेकाे ढाेरपाटन भलिबल कपमा एसबिअाइ काेषमनी रेमिट्यान्सकाे सेवा दिने भएकाेछ । “शारीरिक तन्दुरुस्ती राष्ट्रिय खेलको प्रबर्द्वन र आपसी सदभावका लागि खेलकुद” भन्ने मुल नारा सहित यहि आउंदो मिति २०१८ जुन ०३ ,आईतबार दक्षिण कोरियाको सउलमा भलिबल कपकाे आयोजना हुन लागेकाे हाे । यस छैठौं मैत्रीपुर्ण भलिबल प्रतियोगिता “ढोरपाटन कप २०१८ “ मा आयोजक सहित कुल १४ टिमले नाम दर्ता गरेका छन्।
एसबिअाइ काेषमनी रेमिट्यान्सकाे सेवा लिनकाे लागि पासपाेर्ट वा एलियन कार्ड र बैंककाे खाता लिएर अाउनकाे लागि कम्पनीले अनुराेध गरेकाे छ ।
समितिले अाइतबारै सउलमा खेल तालिका सार्वजनिक गरेकाे छ। जसमा पोल A बाट मोना कोरिया vs तमूधीं कोरिया, सिहङ्सी आनसान vs तनहुँ सम्पर्क समिति,आयोजक बाग्लुङ सम्पर्क समिति (A) vs स्याङ्जा परिवार र गुल्मी सम्पर्क समितिले बाइ सहित प्रतिस्पर्धा गर्ने भएका छन्। त्यसै गरि पाेल B बाट ठकुरी समाज vs कालीगण्डकी ब्वाईज,विश्वकर्मा समाज vs आयोजक बाग्लुङ C ,बाग्लुङ (B) VS पुन समाज र अन्नपुर्ण दुधपोखरी समाजले बाइ सहित प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा प्रथम ,द्वितीय र सान्तवना (दुई सेमीफाईनलिस्ट )हुने टिमले क्रमश;नगद १३,००,००० वोन , र प्रमाणपत्र,नगद १०,००,००० वोन र प्रमाणपत्र र नगद ३,५०,००० वोनको दरले दुई टिमले पुरस्कार पाउने छन्। यसैगरि प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीले नगद १ लाख वोन ,कप र प्रमाणपत्र सहित “उत्कृष्ट खेलाडी”को उपाधि पाउने छन्। कोरियाबासी सम्पुर्ण भलिबल खेलप्रेमी महानुभावहरुलाई तपशिलको मिति,समय र स्थानमा आफ्नो गरिमामय उपस्थिति जनाई कार्यक्रमलाई भव्य अनि सभ्य रुपले सफल पारिदिनुहुन अायाेजकले हार्दिक निमन्त्रणा गरेकाेछ।
मिति:२०१८ जून ०३, आईतबार समय:बिहान ९:०० बजे देखि
स्थान:Gangbuk Youth Center(서울시 강복구 청소년 수련관 4.19 로 74 )
पून समाजले कार्यक्रम गरेको हल सुयु (कार्यक्रममा विभिन्न नेपाली स्वादिष्ट परिकारहरुका साथै विभिन्न सांस्कृतिक प्रस्तुतिहरु पनि रहनेछ)

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...