Advertisement
SKIP THIS

निमार्णाधिन सानो मिल्ती खोला हाइड्रोपावर कम्पनीमा लगानीकाे अवसर।


दक्षिण कोरियामा रहेका नेपालीहरुको लगानीमा निर्माणधिन सानो मिल्ती खोला हाइड्रोपावरले हाल दक्षिण कोरियामा आफ्ना पुराना सेयरधनी तथा अन्य नेपाली समुदायबिच विभिन्न अन्तरक्रिया गरी आयोजनाको प्रगति विवरण जानकारी गराइरहेको छ ।

राष्ट्रिय बाणिज्य बैंकको साझेदारीमा निर्माण सम्पन्न हुने उक्त आयोजनामा कुल ५२ करोड रुपैया खर्च हुने जनाएको छ । उक्त रकम मध्ये ६०प्रतिशत राष्ट्रिय वाणिज्य बैंक र ४० प्रतिशत एसएम एन्भेष्टमेन्ट कम्पनीको रहने छ ।

यस अघि एसएम इन्भेष्टमेन्ट कम्पनीमा दक्षिण कोरियामा रहेका इपिएस कामदारहरुको झण्डै १२ करोड रुपैया संकलन भइ आयोजना अगाडि बढेको थियो । हाल कम्पनीलाई अपुग इक्कुइटी सेयर फेरी दक्षिण कोरियामै रहेका नेपालीहरुबाट संकलन गरिन लागेको जनाईएको छ ।

दक्षिण कोरियाका विभिन्न शहरहरुमा कम्पनीका संचालकहरुको उपस्थितिमा र थेगुमा आयोजित कार्यक्रममा व्यापक जनसहभागिता रहेको र अपेक्षाकृत ढंगले सेयर आवेदन पत्र भरिएको बताइएको छ । त्यसैगरी कोरियाका विभिन्न अन्य शहरहरुबाट पनि आवेदन भर्न सकिने व्यवस्था मिलाइने छ । टाढा दुर्गम क्षेत्रमा रहने र कृषि भिसामा कोरिया आउने युवाहरुलाई लक्षित गरी हुलाक मार्फत आवेदन फाराम पठाइने जनाइएको छ ।

दक्षिण कोरियामै रहने नेपालीहरुको कुल लगानीमा स्थापना भएको कम्पनीले निर्माण गरेको यस आयोजनालाई नमुना आयोजनाको रुपमा समयमै सम्पन्न गरिनेछ ।

आयोजनाको बारेमा विस्तृत जानकारी दिनको लागि सम्पर्क एस एम इनभेष्ट कम्पनीका अध्यक्ष कपिल न्यौपाने ०१०२१९६९१७४ , सानाे मिल्ती खाेला हाइड्राे पावर अायाेजना अध्यक्ष  सुरेश लिम्बू ०१०७३६४८०९२

अन्य शहरहरुमा आवेदन संकलन गरिने स्थान र सम्पर्क ब्यक्तिहरू

यम श्रीस मगर साैल ०१०७४९८२७३०

सुवन सुरज के.सी. ०१०६८०१५५२६

आन्सान नारायण अधिकारी ०१०५९४८५३६४

थेगु मानसिंह गुरुंग ०१०३०४७१९६०

जंगव रविन मगर ०१०६४६१५५०२

वुइजंगबु नेत्र चौधरी ०१०८६७२९३८४

देजन गोविन्द बास्तोला ०१०६४४७३६१०

दक्षिण कोरियामा कार्यरत नेपालीहरुको लगानीमा रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १३र १४ मा निर्माणाधिन सानो मिल्ती खोला हाइड्रोपावरको अधिकांश कार्यहरु सम्पन्न भएका छन। अायाेजनाकाे बारेमा जानकारी दिन काेरियामा शेयर सदस्य बीचमा भेटघाट कार्यक्रमकाे सिलसिलामा यहि मे महिनाको २७ तारिख  छंउब (정읍) शहरमा भेटघाट कार्यक्रम रहेको हुदा त्यस आसपास रहनु भएका सम्पूर्ण नेपाली साथीहरु उपस्थित भईदिनुहुनु सादर अनुरोध गरिएकाेछ।

स्थान ; 정읍역 (सगैको पार्क)
समय: मे २७ आईतबार सॉंझ ५:०० बजे
सम्पर्क नं. ‭ 010-7364-8092‬( अध्यक्ष: शुरेस लिम्बू)
रोविन( 010-6461-5502, 01048735502)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...