Advertisement
SKIP THIS

नयाँ शक्ति कोरियाको विशेष भेलाको सम्पुर्ण तयारी पुरा


नयाँ शक्ति पार्टी नेपालको प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरिया (INS) को मे-२७ तारिखको दिन हुने विशेष भेलाको सम्पुर्ण तयारी पुरा भएको छ।

लुम्बिनीमा सम्पन्न संघीय परिषदको चौथो विस्तारित वैठकले पारित गरेको निर्णयलाई कार्यन्वायनमा लैजान कोरियामा विशेष भेला गर्न लागिएको आईएनएस कोरिया काबा अध्यक्ष सुरेन्द्र बजगाईंले बत्ताउनु भयो ।

नयाँ शक्ति पार्टी संघीय परिषदको बिस्तारित बैठकले विभिन्न निर्णयहरु गर्दै महाधिवेशनको मिति तय गरेको थियो । उक्त निर्णय अनुसार पार्टी केन्द्रले स्थानीय तहसम्म परिपत्र गर्दै प्रत्येक देशमा आईएनएसको पुनर्गठन गर्न निर्देशन दिइसकेको छ । एशिया प्यासिफिक अन्तर्गत मलेसियाको अधिवेशन भइसकेको छ । हङकङ, मकाउ, जापान र थाईल्याण्डमा चाँडै सम्पन्न हुनेछ-नयाँ शक्ति एशिया प्यासिफिक जिल्ला संयोजक मिलनकान्छा किरातीले भन्नुभयो, नयाँ शक्तिले ‘भिजन ५ र मिसन ५’ नाम दिएर सांगठनिक पुनर्गठन प्रस्ताव अनुमोदन गरेको छ । वैचारिक मार्गदर्शनसँगै सांगठनिक शक्तिका आधारमा नयाँ शक्ति पार्टी तेस्रो शक्तिशाली ध्रुव बनाइने छ ।

“आर्थिक समृद्धिलाई” मुख्य एजेण्डा बनाएर स्थापित नयाँ शक्ति पार्टीले समतामुलक समृद्धि, सदाचार/सुशासन, समानुपातिक समावेशी लोकतन्त्र, स्वाधीनता-सार्वभौमिकता, सम्मुन्नत समाजवादको मूल्य मान्यतालाइ अंगिकार गरेको छ।

मे-२७ तारिखको दिन सोल स्थित नेपाल हाउसमा हुने कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुनेछ। समाजले नयाँ शक्ति समर्थक, शुभचिन्तकहरुमा विशेष भेलामा उपस्थितको लागि आव्हान गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दोश्रो नेपाल सुपर कपको सम्पूर्ण तैयारी पूरा – नेपाल फूटबल महासंघ कोरिया
  • नोभेम्बर १६ तारिख सुवनमा चलचित्र ‘मैझारो’ प्रदर्शन हुँदै
  • चुम्लुङ कोरियाले डिसेम्बर ७ तारिख सौलमा चासोक तङनाम मनाउँदै
  • नेफिन कोरियाको अध्यक्षमा शुभराज भोम्जन, वृहत आदिवासी भेला गर्ने उदघोष
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...