नेपालीले नै बनाए बौद्ध गुम्बा : नौ फिट अग्लो बुद्ध प्रतिमा प्रतिस्थापन


 

सधै बुद्ध वचन मात्रै गुञ्जने गुम्बामा नेपाली पञ्चे बाजा पनि घन्किएको छ । गुम्बा घुम्न आउने पर्यटकका लागि रमाइलो भएको छ पञ्चे बाजा र बाजाका धुन । पञ्चेबाजा टोलीको फोटो खिचेका खिचेकै छन् । केही नेपाली युवाहरु बुद्ध नेपालमै जन्मेका हुन भन्ने दसी प्रमाणका रुपमा ‘बुद्ध वाज वर्न इन नेपाल’ लेखिएको टिसर्ट लगाएर हिड्दै छन् । कोही दौरा सुरुवालमा चिटिक्क सजिएका छन् कोही आफ्नै जातिय भेषभुषामा । साना साना पगौडा शैलीका गुम्बाहरुका बीचमा स्वयम्भु कै झल्को दिने सानो गुम्बा टल्किएको छ । गुम्बा भित्र नौ फिट अग्लो भर्खरै बुद्धत्व प्राप्त गरेझै देखिने बुद्ध प्रतिमा छ । लामा गुरुहरु पुजापाठ गरेका गरेकै छन् । यी सबै दृश्य आइतबार दक्षिण कोरियाको योङगीन शहरको वाउछङ्सा गुम्बा परिसरको हो ।


नेपाली सम्पर्क समिति एनसीसी दक्षिण कोरिया र नेपाल बौद्ध परिवार दक्षिण कोरियाको प्रयास पछि नेपालबाट गत महिना कोरिया ल्याइएको थियो बुद्धको प्रतिमा । यो सबै काम गर्न झन्डै ५ करोड कोरियन वन लाग्यो । ‘यति धेरै पैसा दक्षिण कोरियामा भएका बिभिन्न संघ संस्था र ब्यक्तिगत चन्दा नै हो । यत्रो ठूलो योजना हामीले अहिले सोच्दा कसरी सम्भव भयो होला जस्तो लाग्छ ।’ बुद्ध मुर्ति प्रतिस्थापन अभियानकी संयोजक अन्जु केसीले भनिन् । कार्यक्रमको धपेडीले गले पनि उनको अनुहारमा गर्बको भाब प्रष्टै झल्कन्थ्यो । ‘यो ऐतिहासिक नै भन्नु पर्छ । अब फेरि कोरियामा यसरी कार्यक्रम गर्न धेरै समय कुर्नु पर्ला । सबै कोरियाबासी नेपालीले सहयोग गर्नु भयो । हामी आभारी छौ ।’ सहयोगी प्रति धन्यबाद भन्न छुटाइनन् ।

झन्डै नौ फिट अग्लो तामाको बुद्ध प्रतिमालाई कोरिया ल्याउन पनि अप्ठ्यारा थिए । ‘हामीले प्लेनमा एकै पटक ल्याउन नसकिने रहेछ । त्यसैले टुक्रा टुक्रा गरेर पाँच पटकमा ल्यायौ । यही जोडेर सिंगो बनाएका हौ । सम्झदा धेरै कुराको गाह्रो थियो तर अहिले यो माहौल देख्दा सबै दुःख भुलेको छु ।’ बुद्ध प्रतिमा अभियानका लोचन राईले भने ।
दक्षिण कोरियामा रहेको नेपाली राजदुताबासले पनि धेरै सहयोग गर्यो । कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहेका दक्षिण कोरियाका लागि नेपाली राजदूत अर्जुनजङ बहादुर सिंहले बुद्धको शान्तिको सन्देशलाई आत्मसाथ गर्दै मानव धर्म गर्नुपर्ने बताए । उनले बुद्धको सन्देशलाई बिश्वभरी छरिएर नेपालीहरुलाई यसैगरी शान्ति सन्देश फैलाउन अनुरोध पनि गरे ।
राजधानी सउल देखि ४० किलोमिटर टाढा पर्ने वाउजङ्सा महायानी सम्प्रादायका बौद्ध धर्मालम्बीहरुको प्रसिद्ध गुम्बामध्येको एक हो । गुम्बामा धेरै पर्यटक पुग्ने गर्छन् ।

तस्बिरहरु: बिमल लामा

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...