Advertisement
SKIP THIS

ओएनएफ कोरियाद्धारा मृगौला पिडित प्रेम बगालेलार्इ आर्थिक सहयोग


ओएनएफ दक्षिण कोरियाले मृगौला रोगबाट पीडित प्रेम बगालेलाई आर्थिक सहयोग प्रदान गरेको छ । लामो समयदेखी विर अस्पताल काठमाडौमा उपचार गराइ रहेका बगालेलाई थप उपचारका लागि सहयोग रकम १,६३,४१४ ।(एक लाख त्रिसठ्ठी हजार चार सय चौध रुपैया ) नगद हस्तान्तरण गरेको हो ।

कोरियामा ओएनएफबाट उठाईएको नगद रकमलाई नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सदस्य, प्रवासी नेपाली मञ्चका प्रतिनिधी इन्चार्ज तथा संघिय संसद विन्दा पाण्डेको उपस्थितिमा अनेरास्ववियु मार्फत नगद हस्तान्तरण गरेको जानकारी ओएनएफ कोरियाका अध्यक्ष पर्सुराम सापकोटाले दिएका छन ।

मृगौला रोगबाट पिडित बगाले अनेरास्ववियु पाल्पा जिल्ला कमिटिका अध्यक्ष हुन । उनलाई बचाउनको लागी अनेरास्ववियू केन्द्रिय कमिटिले ओएनएफलाई पत्र मार्फत आर्थिक सहयोगको अपील गरेको थियो ।

आर्थिक हस्तान्तरण कार्यक्रममा ओ.एन.एफ केन्द्रीय सदस्य सिता शितल, ओनएफ केन्द्रीय सल्लाहकार रुद्र शर्मा, निवर्तमान अनेरास्ववियु सचिवालय सदस्य प्रेम प्रधानको उपस्थिती रहेको थियो । ओएनएफ कोरियाले स्वदेस तथा बिदेशमा बिगत देखि नै सामाजिक सेवा गर्दै आइरहेको छ । ओएन एफको सहयोग प्राप्त भएपछि बिरामी प्रेम बगालेले खुसी ब्यक्त गरेका छन ।

दुई वाम पार्टी एकिकरणलाई स्वागत गर्दै आइतबार दिप प्रज्वलन गरिने

यसै बिच जेठ ३ गते सम्पन्न पार्टी एकतालाई प्रबासमा पनि स्वागत गरिएको छ । तत्कालिन नेकपा एमाले र मावोबादि पार्टीका कोरिया स्थित प्रबास सङ्गठनले कोरियामा एकिकरणको खुसियालिमा आगामी आइतबार सौलमा दिपावली कार्यक्रम गरिने बताइएको छ । ओएनएफ कोरिया र जनप्रगतिसिल मन्च सङ्ग सम्बद्ध सबैलाई सौलको दोङ्गदेमुनमा अपरान्ह ४ बजेपछि उपस्थितीका लागि दुबै सङ्गठनद्धारा अनुरोध गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...