Advertisement
SKIP THIS

प्रदर्शन भयो, वाम्बुले भाषाको पहिलो चलचित्र ‘ढ्वाङ्कुम’


काठमाडौं– आदिवासी किराती वाम्बुले राईको पहिचानमा आधारित वाम्बुले भाषाको पहिलो चलचित्र ‘ढ्वाङ्कुम’ को प्रिमियर सो भएको छ । बुधबार राष्ट्रगानका रचयिता व्याकुल माइलाको प्रमुख आतिथ्यमा ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोल नयाँ बस्तीस्थित सामुदायिक भवनमा प्रदर्शन गरिएको हो । वाम्बुले भाषा राष्ट्रगानका रचयिता व्याकुल माइलाको मातृभाषा पनि हो ।

यो चलचित्र वाम्बुले राईहरुको महान् चाड ‘ढ्वाङकुम’ र मुन्धुमको सेरोफेरोलाई लिएर निर्माण गरिएको हो । ‘ढ्वाङ्कुम वाम्बुले राईहरुको महान् चाड हो,’ चलचित्रका निर्देशक शन्तकुमार राईले भन्नुभयो, ‘ढ्वाङ्कुम वाम्बुले राई यूवाहरुले वाम्बुले पहिचान भाषा र संस्कृतिको प्रवद्र्धन र जगेर्नाको लागि बनाएको चलचित्र हो ।’ मूलथलो गाउँघर छाडेर उच्च अध्ययनका क्रममा सहर पसेका युवाले आफ्नो मातृभाषा, संस्कृति र रीतिरिवाजप्रति देखाएको चासोलाई लिएर चलचित्रको कथावस्तु उनिएको छ । ती युवा आफ्नोपनको जगेर्ना गर्न जुटेका युवालाई सबैको साथ सहयोग लिन सफल हुन्छन् ।

चलचित्रको मुख्य नायक रोशनको भूमिकामा निर्देशक शन्तकुमार स्वयं छन् भने नायिका रिम्साको भूमिका चाँदनी राईले निभाएीक छिन् । त्यस्तै, द्वन्द्व नायक सुरिमको भूमिका रेन्जाप्रसाद राईको रहेको छ । चलचित्रका निर्माता बिआएएस रहेका छन् भने सहनिर्मातामा लीलाराज राई छन् ।

‘यो ढ्वाङ्कुम चलचित्रलाई अन्य मुलधारको चलचित्रसंग दाजेर हेर्न हुन्न,’ कथालेखक तथा निर्माता सदस्य विकास राई भन्नुहुन्छ, ‘यसलाई विशुद्ध वाम्बुले संस्कारभित्र रहेर हेरिदिनु भएमा धेरै कुरा पाउन सकिने छ ।’ वाम्बुले राईहरुको उद्गम थलो ओखलढुंगाको उँबु गाउँ सेरोफेरो तथा जनजीवनलाई लिएर निर्माण गरिएको चलचित्र लगभग एक घण्टाको रहेको छ ।

चलचित्र हेरिसकेपछि राष्ट्रगानका रचयिता व्याकुल माइलाले वाम्बुले मातृभाषाको आयु बढाएको टिप्पणी गर्नुभयो । ‘तीन दशकदेखि लेख्य रुपमा अघि बढेको वाम्बुले भाषामा चलचित्र निर्माण हुनु ज्यादै सराहनीय पक्ष हो,’ माइलाले भन्नुभयो, ‘यो काममा युवा पुस्ताले गर्नु भएकोले हाम्रो भाषा, मुन्धुम, संस्कृति, परम्परा अझ सशक्त ढंगले अघि बढ्ने विश्वास लिएको छु ।’

वाम्बुले भाषाका कोशकार अविनाथ राईले ‘ढ्वाङकुम’ चलचित्र आफ्नो जीवनकहानी जस्तै लागेको बताउनु भयो । त्यसैगरी वाम्बुले राई समाजका महासचिव जीवन हाताचोले मातृभाषाको संरक्षण अभियानमा नयाँ आयाम थपिएको र युवा भाषाशास्त्री डा. तारामणि राईले वाम्बुले भाषा जिवित रहेको प्रमाण विश्व समुदायमाझ चलचित्रमार्फत् उजागर भएको उल्लेख गर्नुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...