Advertisement
SKIP THIS

प्रथम बुद्ध जयन्ती फुटसल प्रतियोगिता २०१८ भव्यताका साथ सम्पन्न


तामाङ समाज ख्याङसाङ्नाम्दो बुसान, दक्षिण कोरियाद्वारा आयोजित “प्रथम बुद्ध जयन्ती फुटसल प्रतियोगिता २०१८” भव्यताका साथ सम्पन्न भएको छ। “बुद्ध नेपालमा जन्मेको हो” भन्ने मुल सन्देश फैलाउन र संस्थाको पहिचानका लागि गरिएको उक्त प्रतिगिता कोरियाको बुसान शहर नजिकै 웅상 체육공원 को फुटसल मैदानमा भएको थियो।

आयोजकको दुई टिम सहित सत्र टिमको सहभागिता रहेको उक्त प्रतियोगिता लिग र नकाउट गरि दुई चरणमा खेलाएको थियो। उक्त प्रतियोगिताको फाइनलमा हिमालयन एफसीलाई पराजित गर्दै ह्याङ ओभर एफसी इलामले प्रतियोगिताको विजेता बन्दै १५ लाख वन प्राप्त गर्न सफल भयो भने हिमालयन एफसीले उपविजेता हुदै १० लाख वन प्राप्त गर्यो । त्यसै गरि सर्वोत्कृष्ट गोलरक्षक तर्फ ह्याङ ओभर एफसीका सुलभ सिं गौरतल, सर्वत्कृष्ट खेलाडी तर्फ हिमालयन एफसीका सन्तोष शेर्मा तथा सर्वाधिक गोलकर्ताको कप थेगु ११ एफसीका खेलाडी (१७ गोल) सुरेन मगरले कप प्राप्त गर्नु भएको थियो।

उद्घाटन सत्रको कार्यक्रम तामाङ समाज ख्याङसाङ्नाम्दो बुसान, दक्षिण कोरियाको अध्यक्ष विश्वास ब्लोनको सभापतित्वमा, नागार्जुन गुम्बाका प्रमुख लामा गुरु उर्गेन लामाको प्रमुख आतिथ्यतामा भएको थियो। विशिष्ट अतिथिमा नेपाल फुटबल महासंघ दक्षिण कोरिया, नेपाल तामाङ संघ दक्षिण कोरिया, आदिवासी जनजाती महासंघ बुसान शाखा,बुसान, NRNA किम्हे लगायत विभिन्न संघ संस्थाहरूको उपास्थित रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि गुरु उर्गेन लामाले बुद्ध नेपालमा नै जन्मिनु भएको हो भन्ने विश्वमा प्रमाणित गर्नको लागि हामीले बोल्नुको साथै यस्तै कार्यक्रमहरु गर्दा उचित हुने मान्तवय राख्नु भयो। कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गरिदिनु हुने विभिन्न संघ-संस्थाहरु, क्लबहरू, खेलाडीहरु, स्वयंसेवकहरु, लुम्बिनी रेष्टुरेन्ट, मिडिया पार्टनर र आयोजकका सम्पुर्ण पदाधिकारी सदस्यहरूलाई संस्थाका अध्यक्ष विश्वास ब्लोनले विशेष धन्यवाद ज्ञापन गर्नु भएको छ।



आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...