Advertisement
SKIP THIS

“प्रथम बुद्ध जयन्ती फुटसल प्रतियोगिता २०१८” को सम्पूर्ण तयारी पुरा


तामाङ समाज ख्याङसाङ्नाम्दो बुसान, दक्षिण कोरियाले अयोजना गर्न गइरहेको “प्रथम बुद्ध जयन्ती फुटसल प्रतियोगिता२०१८” को सम्पूर्ण तयारी पुरा भएको छ। आगामी अप्रिल २२ तारिख आइतबार हुन लागेको उक्त प्रतियोगिताको लागि टिम दर्ता अवधि मार्च २४ तारिक देखि अप्रिल १५ सम्म अव्हान गरिएको थियो।

उक्त अवधिको अन्तिम दिन अप्रिल १५ सम्ममा आयोजकको दुई टिम सहित सत्र टिमको सहभागिता रहने भएको छ। प्रतियोगिताको विजेतालाई १५ लाख वन र उपविजेतालाई १० लाख वन तथा कप, मेडल र प्रमाण-पत्र प्रदान गरिनेछ। उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिप्पर र सर्वाधिक गोलकर्तालाई पनि कप प्रदान गरिनेछ।

किम्हे शहर अवस्थित दुर्गा रेस्टुरेन्टमा भएको १५ अप्रिलको बैठकमा आदिवासी जनजाती महासघं बुसान शाखाका अध्यक्ष एवम संस्थागत अध्यक्ष, उपाध्यक्ष तथा सल्लाकारहरु लगायत कार्यसमितिको उपस्थितिमा संस्थाका उपाध्यक्ष तथा खेलकुद संयोजक धनराज तामाङले “प्रथम बुद्ध जयन्ती फुटसल प्रतियोगिता” सम्बन्धि नियमहरू तथा गोला प्रथाद्दारा टाईसिट सार्वजनिक गर्नु भएको थियो।

त्यसै गरि उक्त कार्यक्रम नागार्जुन गुम्बाका प्रमुख उर्गेन लामाको प्रमुख आतिथ्यतामा हुने र उक्त दिन क्रेडिट कार्ड र निशुल्क सिम पनि वितरण गरिने भएको हुनाले सोहि दिन कोरियामा रहनु हुने सम्पूर्ण समाजसेवी, बुद्धिजीवी, विधार्थी, खेलकुद प्रेमी दाजु भाई तथा दिदि बहिनीहरू उपास्थित भई खेलाडीहरुको मनोबल तथा हौसला बढाई दिनु हुन आयोजकले आग्रह गरेको छ ।

स्थान: 경남 양산 평산동 웅상 체육관 풋살장
(부산 노포 बस टर्मिनल बाट सिने बस वा 1127,1137,2100, र 2300 नम्बरको बस चढेर 덕계사리 स्टपमा ओर्लिनु होला)
विस्तृत जानकारीको लागि सम्पर्कः
अध्यक्ष :विश्वास ब्लोन (01042676878)
सचिव :राम तामाङ (01022866728)
खेलकुद संयोजक:धनराज तामाङ (01045331976

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...