Advertisement
SKIP THIS

भुकम्पपछि रेमिट्यान्स बढ्यो


फोनिज कोरिया संवाददाता

 

काठमाडौ – बैशाख महिनाको भूकम्पले अर्थतन्त्रका धेरै सूचकमा नकारात्मक प्रभाव पारेपनि रेमिट्यान्स बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको बैशाख मसान्तसम्मको आर्थिक विवरण अनुसार रेमिट्यान्स गत बर्षको यसै अवधिभन्दा १० प्रतिशत बढेको छ । यस संगै १० महिनामा ४ खर्ब ८९ अर्ब रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकका अनुसार चैत महिनासंग तुलना गर्दा बैसाखमा १३ प्रतिशत बढि रेमिट्यान्स भित्रिएको छ । विपद पछि घरमा रकम पठाउने क्रम बढनु र हुण्डीवालालाई कारवाही गर्ने हल्लाले बैंकिग माध्यमबाट रकम बढेको ठम्याइ राष्ट्र बैंकको छ । यता वस्तु व्यापार घाटातर्फ १० दशमलब २ प्रतिशतले वृद्धि भई ५ सय ३६ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । प्रतिवेदन अनुसार यो अवधीमा कुल विदेशी विनिमय सञ्चिति १७ दशमलब ४ प्रतिशतले वृद्धि भई ७ सय ८१ अर्ब ३३ करोड पुगेको छ । बैंकका अनुसार आयातलाई आधार मान्दा अहिलेको विदेशी विनिमय सञ्चितिको साढे १२ महिनाको वस्तु आयात र करिब ११ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने छ । यसैगरि औसतमा बजार भाउ पनि न्युन दरले बढेको छ । गत बर्ष यस अवधिमा ७ दशमलब ९ प्रतिशत बढेकोमा यस बर्ष ७ दशमलब १ प्रतिशतले बढेको छ ।

 

राजस्वतर्फ दश महिनामा ११ दशमलब ७ प्रतिशत बृद्धि देखिएको छ । कुल ३ सय १२ अर्ब ९४ करोड रुपैयाँ राजस्व पुगेको प्रतिवेदनमा उल्लेख छ । मूल्य अभिवृद्धि कर तथा भन्सार महसूल राजस्वको वृद्धिदर अघिल्लो वर्षको तुलनामा कम रहेको तथा गैर-कर राजस्व घटेको कारण समग्र राजस्वको वृद्धिमा कमी आएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट प्राप्त तथ्याङ्क अनुसार चालु आबको दश महिनासम्ममा सरकारलाई वैदेशिक नगद ऋण वापत १६ अर्ब ९९ करोड रुपैयाँ र बैदेशिक नगद अनुदानतर्फ २६ अर्ब ७३ करोड रुपैया छ । वित्तीय खाता अन्तर्गत ३ अर्ब १५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।

 

बैसाख महिनाको मात्रै हेर्दा बैंकहरुको कर्जा लगानी संकुचित भएपनि १० महिने तथ्यांकले बढेको देखाउछ । चालु आर्थिक वर्षको दश महिनामा बैंक/वित्तिय संस्थाको कर्जा प्रवाह अघिल्लो वर्षको यही अवधीको तुलनामा १३ दशमलब १ प्रतिशत -१ सय ७२ अर्ब ७० करोड) ले बढेको छ । बृद्धिपछि हालको कुल कर्जा प्रवाह रकम १५ सय अर्ब नाघेको छ । अघिल्लो वर्षको सोही अवधिमा कर्जा प्रवाहको बृछि करिब १२ प्रतिशत थियो । नीजी क्षेत्रमा भएको कर्जा प्रवाह १५ प्रतिशतले बृद्धि भएको उल्लेख छ । आन्तरिक कर्जातर्फ ८ दशमलब १ प्रतिशत बृद्धि भएको छ । अघिल्लो वर्षको यही अवधीमा बृद्धिदर ५ दशमलब २ प्रतिशत थियो । त्यस्तै बैंक/वित्तिय संस्थाको निक्षेप रकम १ सय ७५ अर्ब २ करोडले बृद्धि भएको छ । यो अवधीमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको निक्षेप क्रमशः १३.७ प्रतिशत, २.१ प्रतिशत र ०.४ प्रतिशतले बढेको छ । प्रतिवेदन अनुसार बैंकहरुबीच बाणिज्यतर्फ अन्तर बैंकिङ कारोबार को रकम ३ सय ४६ अर्ब ३२ करोड रुपैयाँ रहेकेा छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...