Advertisement
SKIP THIS

मुख्यमन्त्री शेरधन राईलाई कोरियाबाट खुल्ला पत्र


सम्मानिय मुख्यमन्त्री शेरधन राई ज्यु,
‘च्योमोलोङमा किरात प्रदेश'(1 नम्बर प्रदेश),
सर्बप्रथम मुख्यमन्त्री पदमा चयन हुनु भएकोमा प्रबासी भुमीबाट हार्दिक बधाई तथा शुभकामना साथै यो खुल्ला पत्रलाइ स्वीकार गरि दिन हुनको लागि विनम्र अनुरोध पनि गर्दछु । केहि बर्षअगाडी मात्र नेपालमा गणतन्त्र स्थापना हुनु बयल गाढामा अमेरिका जानु जस्तै हो भनेर उखान टुक्काले छेड हान्ने तपाइकै नेता अहिले संघीय गणतन्त्रत्मक नेपालको प्रधानमन्त्री पदमा रहेर देशको बागडोर सम्हालिरहेको अबस्था छ ।

बिगात देखी हालसम्म पटक पटक सरकारमा रहेर पनि तपाईंको पार्टीले सस्तो लोकप्रियताको केहि काम बाहेक जनताले महसुस गर्न सक्ने कुनै ऐतिहासिक काम गरेको छैन बरु यस पटक पनि हावाबाट बिजुलि निकाल्ने, घर घरमा ग्यास पाइप जोड्ने, पानीजहाज कुदाउने जस्ता ललिपप देखी अनेकन मौसमी रास्ट्रबादी बक्तब्यबाजी गर्दै मतादाताको ब्रेनवास गरेर पहिलो पार्टी हुन सफल भइ यसै पृष्ठभुमिबाटै तपाई पनि मुख्यमन्त्री बन्नु भएको कुरालाइ सचेत नेपाली नागरिकहरुले प्रष्ट बुझेका छ्न । तथापि देश अहिले संघीयता कार्यनयनको प्रकृयामा गैरहेको परिप्रेक्षसंगै तत्कालीन अबस्थामा पहिचानबादिहरु र विभिन्न शक्तिकेन्द्रहरुको रस्साकस्सीको बबजुद पनि निस्कर्शमा पुग्नु नसकेको प्रदेश नामांकरणको विषय तपाईंको लागि चुनौतीपुर्ण बन्ने निश्चितै देखिन्छ भने अर्कोतिर तपाईं आदिवासी किराती युवा हुनुको नाताले आदिम किरातहरु, बिश्वबिख्यात शेर्पा समुदाय र लिम्बुवान लगायत अन्य विभिन्न जात जातिहरुको मुल थलोको नामांकरणको निर्णायक भुमिकामा रहन पाउनु तपाईंको लागि सौभाग्य पनि हो ।

प्रदेश नम्बर 1 को भौगोलिकताको कुरा गर्ने हो भने त्यहाँ बासोबास गर्न शेर्पा समुदाय लगायत सम्पुर्ण बौद्ध धर्मावलम्बीहरु र सबैले च्योमोलोङमा (Mt.Everst ) भनेर पुज्ने प्रस्तावित ‘शेर्पा स्वयत्त प्रदेस’ अन्तर्गत बिश्वकै उच्च शिखर देखी अदिम किरातहरु र लिम्बुवानको ऐतिहासिक पृष्ठभुमिको बारेमा सबैलाइ सर्बविदित भएकै कुरा हो। यस विषयमा बिस्तृत रुपमा भनी रहन नपर्ला ! यसो भनी रहदा यहाँ पहिचानलाइ गलत अर्थ लगाउने पहिचान बिरोधिहरु र भिजिलन्ते , अराजक तत्वहरुले बिरोध गर्नु स्वभाविक छ ।

सच्चिकै त्यहा बस्ने जनताहरुको धर्म,भाषा, कला सस्कृती, बाहुल्यता, मौलिकता, भौगोलिकता, ऐतिहासिक पृष्ठभुमि, मर्म ,आवज र मागलाइ सूक्ष्म अध्यन गर्दा 1 नम्बर प्रदेशको नाम ‘चोमोलोङमा किराँत प्रदेस’ उपयुक्त हुने देखिन्छ र ‘चोमोलोङमा किराँत प्रदेश’संगै प्रस्तावित ‘शेर्पा स्वयत्त प्रदेश’ र पुर्बमा लिम्बुवानको ऐतिहासिक पृष्ठभुमिको कदर गर्दै छुट्टै ‘लिम्बुवान प्रदेश’को स्थापनाको लागी अहम भुमिका खेल्नको लागी जोडदार माग पनि गर्न चहान्छौ । बिगतमा निरंकुस शासकहरुले एकात्मक पुरातनवादी राज्य ब्यबस्था अनुरुप लागु गरेका सगरमाथा अञ्चलकै नयाँ रुप जस्तो हुने गरि राखिने सगरमाथा प्रदेश जस्ता नामहरु 1 नम्बर प्रदेशका लगि किमार्थ स्वीकार्य हुने छैन यदि यस्तो भयो भने यो घातक साबित हुने निश्चितै छ ।

मुख्यमन्त्री ज्यु, युगमा करिबकरिब एक पटक मात्रै आउने यो निर्णयक विषयलाइ कुनै ब्यक्ति विशेष, नेता विशेषको राजनीतिक दबाब वा कुनै शक्ति केन्द्र र नाम मात्रको कम्युनिस्ट भनिने पुजिपती, द्लाल, नोकरशाही समुहको दबाब र प्रलोभनमा परेर एकांकी ढंगबाट न्याय प्रेमी जनताहरुको आवाज मर्म र मागलाइ बेवास्ता गर्नु भो भने इतिहासमा तपाईंको नाम कालो अक्षरले लेखिने निश्चित छ । त्यस उप्रान्त तपाइँले आफ्नो नामको पछाडी राइ भनेर लेख्न, सेतो फेटा लागएर साकेलामा ढोल,झ्याम्टा बजाउन, लोसार, उधौली, उभौली लगायतका पर्बहरुमा आतिथ्य ग्रहण गर्न नैतिकताले दिने छैन । पुनः उल्लेखित सम्पुर्ण विषयलाइ चिन्तन मननका साथ सार्थक परिणामका लागि कुनै पनि मुल्य चुकाउन अनुरोध गर्दै यो खुल्ला पत्रलाइ यहि बिट मार्न चहान्छु ।
शुभचिन्तक तथा प्रेषक
युगेल तेन्डुप शेर्पा
सचीव, आदिवासी जनजाति महासंघ द. कोरिया
सोलुखुम्बु, थुलुङ दुधकौशिका गापा -9 कुरिमा
हाल, द. कोरिया, इकसान

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...