Advertisement
SKIP THIS

कोरियामा राजदूताबासले ६८ औ प्रजातन्त्र दिवस मनाए


सोल

दक्षिण कोरियाको सउल स्थित नेपाली राजदूताबासले मंगलबार ६८ औ प्रजातन्त्र दिवस मनाएका छन् । फागुन ८ गते मंगलबार अपराहन्न शुभकामना कार्यक्रम र द्धिप प्रज्वलन गरी दिवस मनाएका छन् ।

शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत अर्जुनजंग बहादुर सिंहले विदेशमा रहेर पनि प्रजातन्त्रको जर्गेनाको लागि र प्रजातान्त्रिक हक अधिकार संरक्षणको लागि एक जुट हुन आवश्यक रहेको धारणा राखे ।

सउल स्थित दूताबास कै हलमा आयोजित कार्यक्रममा राजदूत सिंहले कोरियामा पनि विभिन्न नेपाली संघ संस्थाहरुलाई दूताबाससंग सहकार्य गरी अघि बढ्न आवहान पनि गर्नुभयो । यो दिवस दूताबासको मात्र नभई , सम्पूर्ण नेपालीहरुको भएको र यो राष्ट्रिय कार्यक्रम भएकाले आप्mनै दूताबासमा बसेर कार्यक्रम मनाएको धारना राख्नु भयो ।

वस्तविक प्रजातन्त्र दिवस फागुन ७ गते भएपनि तीन दिनसम्म मनाउन सकिने र ७ गते पहिला नै निर्धारण गरिएको सार्वजनिक विदाको दिन परेकाले ८ गते मनाएको राजदूतले स्पष्ट पारे । साथै फागुन ६,७ र ८ गते तीन दिन मैन बत्ति र विद्युतीय दिप प्रज्वलन गरी दिवस मनाएको जानकारी पनि गराए ।

विगतमा केही वर्ष यो दिवस मनाउन बन्द गरिएता पनि यस वर्षदेखि पुन मनाउन थालिएको र नेपालबाट नै परिपत्र भए अनुसार छोटो अवधिमा यो कार्यक्रम तय गरिएको दूताबासले जानकारी गराए । कार्यक्रममा एनआरएनए पूर्व प्रतिनिधी केपी सिटौला, गंगा राई , राजु क्षेत्री र एनआरएन एसिया क्षेत्रिय महिला संयोजक जुनु गुरुइ०, एनसीसीकी अध्यक्ष अन्जु केसी र प्राध्यपक सिद्धार्थ पाण्डेको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...