Advertisement
SKIP THIS

तमु धीं दक्षिण कोरियाको बृहत भेला सम्पन्न सँगै जित गुरुङको नेतृत्वमा आठौं कार्यसमिति चयन


बोम्जन गुरुङ, दक्षिण कोरिया ।

“स्वदेश तथा विदेशका सम्पूर्ण तमुहरु एक हौं, आफ्नो पहिचान प्ये, छ्या, ल्हु लाई विश्वब्यापी बनाऔं” भन्ने मूल नाराका साथ “तमु बृहत भेला-२०१८” फेब्रुअरी १५ तारिक बिहीबारका दिन सउल-सिन्सोलदोङ स्थित नेपाल हाउसमा सम्पन्न भएको छ । सोही भेलाबाट तमु धीं दक्षिण कोरियाको आगामी दुई बर्षको कार्यकाल रहने गरि आठौं कार्यसमितिको चयन पनि भएको छ ।

सन् १९९९ मा स्थापना भएको तमु धीं दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालको लामो विदाको अवसर पारेर तमु (गुरुङ) हरुको बाक्लो उपस्थिति सहित यस बृहत भेलाको आयोजना गरेको हो । बृहत भेलाले संस्थाका संरक्षक भिम गुरुङको संयोजकत्वमा सूरज गुरुङ, भिम गुरुङ (लमजुङ), धर्म गुरुङ र भावना गुरुङ लगायतका ४ सदस्यीय रहने गरि निर्वाचन मण्डल गठन गरि प्रक्रियागत रुपमा सर्वसम्मत नव कार्यसमितिको चयन गरेको हो ।

नव गठित आठौं कार्यसमितिका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुलाई संस्थाको विधान अनुरुप विधिवत् रुपमा संस्थाका संरक्षक भिम गुरुङ (पर्वत) ले शपथ ग्रहण गराउनुभएको थियो ।

सोही अवसरमा संस्थासँग आबद्व भएर गुरुङ तथा नेपाली संस्कृति झल्कने साँस्कृतिक प्रस्तुति दिएर सहयोग र सहकार्य गर्नुहुने स्थानीय कलाकारहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा उपस्थित हुनुहुने समस्त तमु, गैर तमु महानुभावहरुलाई तमु धीं दक्षिण कोरियाले स-धन्यवाद हार्दिक आभार व्यक्त गरेको छ । पहिलो खण्डको औपचारिक कार्यक्रम सञ्चालन संस्थाका सल्लाहकार गुप्त गुरुङ र दोश्रो खण्डको कार्यसमिति चयनको कार्यक्रम पूर्वाध्यक्ष तथा सल्लाहकार सुरज गुरुङले सञ्चालन गर्नुभएको थियो ।

तमु धीं दक्षिण कोरियाको आठौं कार्यसमितिको १३ सदस्यीय स्वरुप यसप्रकार रहेको छ ।

अध्यक्ष – जित गुरुङ (लमजुङ)
वरिष्ठ उपाध्यक्ष – एक बहादुर गुरुङ (पर्वत)
उपाध्यक्ष – ईन्द्रराज गुरुङ (कास्की)
महासचिव – लेसन गुरुङ (स्याङ्जा)
सचिव – नन्दजंग गुरुङ (कास्की)
सचिव – रेख गुरुङ (संखुवासभा)
कोषाध्यक्ष – रुपा गुरुङ (बागलुङ)
सह-कोषाध्यक्ष – नरेन्द्र गुरुङ (स्याङ्जा)
सदस्य – टेक बहादुर गुरुङ (स्याङ्जा)
सदस्य – तुरन गुरुङ (कास्की)
सदस्य – तेज गुरुङ (कास्की)
सदस्य – लिल गुरुङ (स्याङ्जा)
सदस्य – मञ्जु गुरुङ (स्याङ्जा)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा ३१ औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव मनाइने
  • ‘अञ्जिला’ प्रदर्शनबाट चुम्लुङ कोरियाद्वारा अञ्जिला तुम्बापोलाई १६ लाख रुपैयाँ हस्तान्तरण
  • माङ्गेन्ना इन्टरटेनमेन्ट र बहुसाँस्कृतिक आप्रवासी सहायता केन्द्रबीच सम्झौता
  • ‘अगस्ट २ साँझ ‘समर रक पार्टीले ‘ झुमाउने भो कोरिया
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...