Advertisement
SKIP THIS

लाफा इन्भेष्टमेन्टको सेमिनार १७ तारिक नेपाल हाउसमा


समग्र आर्थिक सम्व्रिद्धीको लागी देश विदेशमा रहेका मगरहरुको सामुहिक लगानीमा स्थापित पब्लिक लगानी कम्पनी लाफा इन्भेष्टमेन्ट लिलिटेडले कोरियाको राजधानी सौल स्थित नेपाल हाउसमा आगामी फेब्रवरी १७ तारिक दिउसो ३ बजे लगानी सम्बन्धि सेमिनार गर्ने भएको छ ।

उक्त सेमिनारमा नेपालबाट बोर्ड डाइरेक्टर अधिबक्ता रक्षा ब रैका डाइरेक्टर ज्ञानेद्र पुनमगर फाउन्डर र हङ्कङबाट समाजसेबी वसन्त श्रीनेट मगर सफल ब्यबसायी टन्क राना मगर तथा इन्जिनियर तथा ब्यबसायी जगदिश आले मगर प्रत्यक्ष अन्तर्कृया हुने भएकोले कोरियाबासीहरुमा उपस्थितिको लागी कम्पनीले अनुरोध गरेको छ ।

नेपाल, हङकङ, दक्षिण कोरिया, कतार, इजरायल, मलेसिया, बेलायत, अमेरिका, बेल्जियम, ईटाली, पर्चुगल, कुबेत, युएई, बर्मुडा र स्पेनका मगरहरु सस्थापक शेरधनी रहेको विभिन्न क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ स्थापना गरिएको कम्पनीले पहिलो परियोजना काठमान्डौको नार्गार्जुन नगरपालिका स्वीजरल्यान्ड पार्क नजिक १०० रोपनीको जग्गामा २०० वटा मगर घरहरु बनाई सामुहिक बसाईको सुरुवात गर्ने लक्ष्यका साथ लाफा भिलेज परियोजना सञ्चालन गरिरहेको छ ।

हाल लाफा भिलेज परियोजनाको घडेरीहरुको बुकिङ खुल्ला गर्नुका साथै कम्पनीको ४० प्रतिशत साधारण शेयर मार्च सम्म खरिद गर्न सकिने गरी सर्वसाधारणको लागी शेयर जारी गरेको छ । एक शेयर सदस्य बन्नका लागि १ लाख देखि ५ लाख रुपैया सम्मको शेयर खरिद गर्नुपर्ने कम्पनीले जनाएको छ ।

एकता नै बल हो इमान्दारिता नै धर्म हो भन्ने मूल आर्दशलाई आत्मसात गर्दै अगाडी बढेको यस कम्पनीले कतार, कुबेत र हङकङमा त्यसै गरि काठमाडौं, पोखरा, म्याग्दी, इटहरी र धरानमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरिसकेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...