Advertisement
SKIP THIS

धाैलागिरी कालीका हाइड्राे लि द्वारा म्याग्दी खोलामा निर्माण हुने २५ मेगावाटको लागि वित्तिय व्यवस्थापन सम्झौता सम्पन्न ।


धौलागिरी कालिका हाइड्रो कम्पनी द्वारा म्याग्दी जिल्लाको म्याग्दी खोलामा निर्माण हुने २५ मेगावाटको जलविद्युत उत्पादनको लागि वित्तिय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ। सानिमा बैंकको नेतृत्वमा प्रभू बैंक, कुमारी बैंक, सेन्चुरी बैंक, मुक्तिनाथ विकाश बैंक र महालक्ष्मी विकाश बैंकले ३ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन्।

५ अर्ब १४ करोड रुपैयाँ कूल लागत अनुमान गरिएको आयोजनामा बाँकी स्वपूँजी रहनेछ। आयोजनाले यसको ३० प्रतिशत बराबरको शेयर सर्वसाधारणलाई दिनेछ।

धौलागिरी कालिका हाइड्रो कम्पनीले म्याग्दी खोलामा २५ मेगावाटको जलविद्युत आयोजना आगामी ३ वर्ष ६ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ। पानीको वहाव ३१.४ घनमिटर प्रतिसेकेण्ड रहेको आयोजनाको ग्रस हेड १०४ मिटर रहेको छ ।

मालिका गाउ पालिका दरबाङको  दुखु गाउँमा रहेको खोलाको पानीलाई ५ किलोमिटर सुरुङ् निर्माण गरि २०० मिटरको पेनस्टक पाईपबाट पावरहाउसमा झारी विद्युत उत्पादन गरिनेछ । पावरहाउस र इन्टेकसम्म नै सडक पहुँच रहेको आयोजनाबाट उत्पादित विद्युत ८ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत प्रस्तावित डाँडाखेत सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

परियोजनामा स्थानीय लगानिकर्ताहरुका साथै म्याग्दीमा जन्मिएर प्रवासमा रहेका लगानीकर्ताहरुको बाहुल्यता रहेको छ। एनआरएनए हङ्गकङ्ग समूह, काठमाण्डौ म्याग्दी इन्भेष्टमेण्ट कम्पनी र ग्लोबल फ्रेण्डसिप क्यापिटल लिमिटेड मुख्य प्रवर्द्धक रहेको आयोजनामा एनआरएनएका एसिया प्रशान्त उपसंयोजक विनोद कुँवर अध्यक्ष छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...