Advertisement
SKIP THIS

कोरियामा रुपिसेन्ड रेमिटेन्सको औपचारीक उद्घाटन , फेब्रवरी १६ सम्म २० प्रतिशत छुट


दक्षिण कोरियामा हाल एक पछि अर्को गर्दै प्रतिस्पधात्मक रुपमा रेमिटेन्स कार्यलयहरु खुल्ने क्रम जारी छ । यसैक्रममा शुक्रबार सउलको दोगंदेमुनमा रुपिसेन्ड रेमिटेन्सको औपचारीक उद्घाटन गरिएको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्ता मणि सिवाकोटी, नेपाल राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका कामु उप निर्देशक मिना अधिकारी, श्रम सहचारी डिल्लीराम बास्तोला, एनआरएनए कोरियाका अध्यक्ष लक्ष्मी लामा गुरुइ०,संसार रेमिटका निर्देशक केशर र देविलाल भण्डारीलगायत अतिथिहरुबाट रिबन काटी औपचारिक उद्घाटन गरिएको थियो।

गत महिनादेखि कारोबार शुरु गरेका रुपिसेन्ट रेमिटको हालसम्म ३ हजार ग्राहकले खाता खोलीसकेको र २ हजार भन्दा बढीले कारोबार गरिरहेको जनाएको छ ।

उद्घाटनपछि श्रमसहचारी बास्तोलाले नेपाल पैसा पठाएर पहिलो रेमिट सेवा लिएका थिए । डेपुटी गर्भनर सिवाकोटीले रेमिटेन्सको महत्व र नीति नियम बारे प्रकास पार्दै कार्यलयको अवलोकन गरी रेमिटेन्स प्रक्रियाको बारे जानकारी लिएका थिए । ग्रान्ड एम्बेस्डर होटलमा रात्रीभोज दिएका थिए ।

सि स्क्वायर कम्पनी र संसार रेमिटको सहकार्यमा संचालित रुपिसेन्ड रेमिटेन्स कम्पनीले अनलाइन वा अफलाइन सिस्टमबाट सेवा उपलब्ध गराउदै आएको छ । यस रेमिटले नेपालमा बैंक तथा वित्तिय संस्थाहरुको विभिन्न ८ हजार भन्दा बढी शाखाहरुबाट सहजरुपमा भुक्तानी लिन सकिने जनाएको छ । हप्ताको सातै दिन विदाको दिन पनि कार्यलय खोली सरल र सहज सेवा दिने जनाएको छ ।

रेमिट कम्पनीको औपचारीक उद्घाटन गरिएको अवसरमा फेब्रवरी ९ देखि १६ तारिखसम्म ग्रहकहरुलाई रेमिट शुल्कमा २० प्रतिशत छुट र विभिन्न उपहारको व्यवस्थ समेत गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...