कोरिया सरकारकाे स्थानिय प्रशासनद्वारा “राइज फर नेपाल कन्सर्ट २०१८” लाई कार्यक्रम गर्न अनुमति प्रदान
 
			भरत शर्मा
कोरिया सरकारकाे स्थानिय प्रशासनले “राइज फर नेपाल कन्सर्ट २०१८” लाई कार्यक्रम गर्नका लागी अनुमती प्रदान गरेकाेछ।
कोरियाली नयाँ बर्ष सलनालको उपलक्ष्यमा कोरियामा रहेर कोरिया तथा नेपालमा सामाजिक कार्यहरु गर्दै आइरहेको सामाजिक अभियन्ताहरुको समूह “बुद्ध ईन्टरटेन्मेनट”ले २०१८ फेब्रुअरी १६ मा ख्वाङ्नारु स्टेशननको YES 24 लाईभ हलमा आयोजना गर्न लागेको बिपुल क्षेत्री एन्ड ट्राभलिङ ब्यान्डको बिशेष प्रस्तुति रहने “राइज फर नेपाल लाइभ कन्सर्ट २०१८” कार्यक्रमलाई कोरिया सरकारले कानुनी मान्यता प्रदान गरेको हाे।
कोरियाको कानुन र मुल्य मान्यताको कदर गर्दै “राइज फर नेपाल कन्सर्ट २०१८ ” कार्यक्रमको लागी सम्पूर्ण मापदण्ड पुरा गरेर दिएको निबेदनलाई कोरिया सरकार द्वारा स्वीकृति प्रदान गरी बैधानिकता दिएको छ।
मनोरञ्जन सहितको समाजसेवा मुख्य उदेश्य रहेको यो कन्सर्ट कोरियामा रहेका बिपुल क्षेत्रीका फ्यानहरु लगायत सम्पूर्ण संगीतका पारखी हरुलाई भरपुर सुरक्षा सहित मनोरञ्जन दिने उदेश्यले गर्न लागिएको राइज फर नेपाल कन्सर्टमा बिपुल क्षेत्री एन्ड ट्राभलिङ ब्यान्ड,अलि ब्रदर्स,मोडल तथा डान्सर रिना थापाका साथै स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ।
अन्तर्राष्ट्रिय स्तरको सम्पूर्ण सुबिधासहितको कार्यक्रम हल, क्रियटिभ-को अपरेटिभको तर्फबाट पुर्ण र सुरक्षित सेक्युरिटी प्रदान हुने यो कन्सर्ट कोरियाको इतिहासमै संभवत पहिलोपटक आधिकारिक मान्यताप्राप्त कार्यक्रम हुने अायाेजकले जानकारि गराएको छ।सम्पुर्ण कोरियाबासी नेपाली समुदायहरुलाई फेब्रुअरी १६ तारिखको दिन हुने उक्त कन्सर्टमा आफ्नो उपस्थिति जनाएर मनोरञ्जन सहितको समाजसेवामा पनि सहभागीता जनाइदिनुहुन अायाेजकले विनम्र अनुरोध गरेको छ।

 
     
     
         
         
         
         
  
 
  
 
  
 
  
 
  
 
  
 
  
 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	 
	