Advertisement
SKIP THIS

एनसीसी र आदिवासी जनजाति महासंघ काेरिया विचको वार्ता सफल ।


केशर दर्लामी मगर

नेपाली सम्पर्क समिती कोरिया र नेपाल आदिवासी जनजाति महासंघ कोरिया बिच सांस्कृतिक कार्यक्रम बाँडफाँडको विषयलाई लिएर सृजना भएको विवादकाे अन्त भएकाेछ।

एनसीसीले हरेक कोरियाली महान पर्व तथा लामो विदाको अवसर पारी गरिने सांस्कृतिक कार्यक्रम बाँडफाँडको विषयलाई लिएर सृजना भएको विवादकाे अन्त भएकाेछ।यस्ताे बिबाद निरन्तर रुपमा रहदा नेपाली-नेपाली बिच संस्थागत र भावनात्मक रुपमा असहज परिस्थिति बढ्दै गएको र भोलिको दिनमा अझ यसले लिनसक्ने विकराल रुपले सामाजिक रुपमा ल्याउन सक्ने बिभाजन र फुटले परदेशी भुमिमा नेपाली बिचको एकता कमजोर बन्दै जाने भएकोले अविलम्ब यसको सामाधानको बाटो खोजिनु पर्ने आवस्यकता महशुस गरि एनसीसी कोरियाको आह्वानमा अाइतबार बसेको दुई पक्षीय वार्ता महत्त्वपूर्ण सहमती गर्दै सम्पन्न भएकोछ।

गत वर्ष  २०१६ काे चुसकमा तामाङ संघ कोरियाले सांस्कृतिक कार्यक्रम गर्न अाफ्नाे पालाे अनुरुप कार्यक्रम गर्न नपाएपछी रुष्ट बनेकाे थियाे। कोरियामा स्थापित  जातीय संघ/संस्था महासंघ मार्फत गोलबन्द भएर एनसीसीलाई सच्चिन दवाव दिदा पनि नसच्चिएको र वार्ताको प्रयास पनि असफल भए पछि महासंघमा आवद्द जातिय संघ/संस्थाहरुले महासंघ मार्फत नै कार्यक्रम बाँडफाँड गरि कार्यक्रम गर्दै आएका थिए।

एनसीसी कोरियामा अन्जु के.सी.को नेतृत्वमा नयाँ कार्य समिती चयन भए लगत्तै पहिलो बैठकबाटै महासंघ संग वार्ता गर्ने निर्णय गरि एन सि सि र महासंघ बिच पटक पटक वार्ता बसेर समाधानको बिकल्प खोजिए तापनि सफल हुन सकेको थिएन र पु:न एन सि सि बाट वार्ताको आव्हान गरे लगत्तै दुबै पक्ष बिच औपचारिक रूपमा वार्ता गरि सहमति भएको हो। वार्तामा महासंघ बाट छ बुदे प्रस्तावमा दुई पक्षबीच छलफल भएको थियो । विषेश एक बुदा हटाई पाँच बुदामा एनसीसी तयार भएपछी महासंघ सहमती गर्न तयार भएको हाे।

सउल दोङ्देमुन स्थित नाङ्लो रेष्टुरेन्टमा सम्पन्न भएको वार्तामा एनसीसीको तर्फबाट अध्यक्ष अन्जु के.सि,महासचिव निर्मल कुमार वेलबासे, सचीव सुन्दर पन्थी  र आदिवासी जनजाति महासंघको तर्फबाट प्रमुख सल्लाहकार चित्र बहादुर मोक्तान,  अध्यक्ष पवन राई, महासचिव केशर दर्लामी मगर, सदस्य तथा थारु कल्याणकारी सभाका कार्यवाहक अध्यक्ष शिव शंकर महतो थारु र मध्यस्त कर्तामा  भक्त शेरचन,  यम श्रीस मगर , अमृत राई , पृतम गुरुङ  काजी नेपाल,  मधुकर राई लगाएतका समाजसेबीको उपस्थिति रहेको थियो।

आगामी दिनमा नेपालिको हितमा हुने सबैखाले कार्यक्रमहरुमा एक अर्का प्रती सद्भावका साथ सफल पार्न सहयोग गर्ने प्रतिवद्दता जनाउदै दुवै पक्षका अध्यक्षले सम्झौतामा हस्ताक्षर गरि हात मिलाएका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...