Advertisement
SKIP THIS

सिविटी परिक्षाको फर्म एप्रिल र अगष्ठमा खुल्ने


काठमाण्डौ

पुन कोरिया आउन चाहने नेपाली कामदारको व्यग्र पर्खामा रहेको सिविटी परिक्षा यो वर्ष दुई पटक हुने भएको छ । सन २०१८ अप्रिलको पहिलो साता र अगष्ठको दोस्रो साता सिविटी परिक्षाको फर्म खुल्ने इपिएस सेन्टर नेपालले जनाएको छ ।

गत वर्ष सिविटी परिक्षा स्थगित भएपछि नेपाल फर्केका धेरै कामदार व्याग्र पर्खामा थिए । इपिएस मार्फत दक्षिण कोरियामा तीन वर्ष काम गरी नेपाल फर्केका कामदारलाई पुन काम गर्न आउने कम्पुटरमा आधारित परिक्षा सिविटी यो वर्ष खुल्ने भएको हो । गत वर्ष स्थगित गरिएको सिविटी (स्पेशियल इपिएस टपिक) परिक्षा यो वर्ष २ पटक लिइने इपिएस सेन्टर नेपालले जनाएको छ ।

आगामी वर्षको लागि प्रतिबन्द्धीत कामदारको लागि लिइने सिविटी परिक्षाको फर्म अप्रिल महिनाको पहिलो साता र अगष्ठको दोस्रो साता खुल्ने भएको छ । यस वर्षदेखि टोपिक लेभल, कार्यक्षमता र फर्किएको कामदारको समय अवधिको आधारमा प्वइन्ट पनि थपिने व्यवस्था गरिने छ ।

सन २०१० जनवरी १ देखि नेपाल फर्केका कामदारले यो परिक्षामा सहभागिता जनाउन पाउने भएका छन् । ३९ वर्ष भन्दा मुनीका कामदारले परिक्षा दिन पाउने छन् । कोरियामा गैरकानुनी नबसेको र नेपाल फर्किदा इन्छन विमानस्थलमा एलियन कार्ड बुझाएको हुनुपर्ने र प्रहरी काण्ड नपरेको कामदारले सिविटी परिक्षा दिन पाउने मानव संशोधन कोरियाले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • कोरियामा रहेको गैर आवासिय नेपाली संघबिच एकता हुनेमा अध्यक्ष गुरुङ सकारात्मक
  • देउसी भैलो आयोजना गरि ह्वासङ नेपाली परिवार दक्षिण कोरियाले तिहार मनाए
  • पूर्वी नेपाल समाजद्वारा ‘देउसी भैलो’ कार्यक्रम सम्पन्न
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...