Advertisement
SKIP THIS

कोरियामा बिपुल क्षेत्रिको लाईभ कन्सर्ट हुने


भरत शर्मा
सौल, कोरियन नयाँ वर्ष सलनालको दोस्रो दिन कोरियाको राजधानी सउलमा बिपुल क्षेत्रिको लाईभ कन्सर्ट हुने भएको छ । कोरियामा रहेर नेपाल र नेपालीको हितमा विगत लामो समयदेखि सामजिक गतिविधि गर्दै आईरहेको सक्रिय युवाहरुको समूह बुद्ध ईन्टरटेन्टमेन्ट टिमले फेव्रुवरी १६ तारिखमा सो कन्सर्ट आयोजना गर्न लागेको हो ।

कार्यक्रम सामाजिक सेवाको लागि गर्न लागिएको र अन्य संघसंस्थाले गर्न लागेको कार्यक्रमलाई असर नपर्ने र सकेसम्म सहयोग गर्ने रहेको जनाइएको छ । सो कार्यक्रमबाट उठेको सम्पुर्ण आर्थिक मुनाफालाई नेपालको दुर्गम क्षेत्रको शिक्षा,स्वास्थ र बालबालिकाको निम्ति काम गरिरहेको संथा ‘राईज फर नेपाल’ मार्फत सहयोग गर्ने आयोजक टिमका सदस्य दिपेन्द्र श्रेष्ठले बताउनु भएको छ ।

कोरियामा रहनुहुने संगीत पारखीहरुलाई एउटा नयाँ स्वाद चखाउन अन्तराष्ट्रिय ख्याति प्राप्त ब्याण्ड विपुल क्षेत्रि एण्ड ट्राभलिङ ब्याण्ड छानिएको आयोजकहरुको दावी छ । कार्यक्रम राजधानी सउलको भव्य अन्तराष्ट्रिय कन्सर्ट हल ‘एस ट्वान्टी फोर’हलमा हुनेछ । उक्त हलमा हालसम्म चर्चित गायकहरु चार्ली पुथ,एडेले,के पप कन्सर्ट लगायत विभिन्न कन्सर्ट गरि करिब २५० भन्दा बढि कन्सर्टहरु भब्य तरिकाले सम्पन्न भैसकेको छ। अन्तरास्ट्रिय स्तरको कन्सर्ट हल,अन्तरास्ट्रिय स्तरको साउन्ड र लाईट सिस्टममा बिपुल क्षेत्री लाईभ उत्कृष्ट हुनेछ भने कार्यक्रममा नेपाल आईडलमा अत्यधिक रुचाईएका सुमधुर स्वरका धनी अफ्सर अलि र साहिल अलिले पनि आफ्नो बेजोड प्रस्तुति दिनेछन ।

यसैगरि नृत्याङ्गाना रिना थापा मगरले धमाकेदार नृत्य पस्कने छिन्। सामजिक उदेश्यका साथ आयोजना गरिएको यस कार्यक्रमको प्रमुख प्रायोजकको रुपमा जि एम ई रेमिट्यान्स रहेको छ । उक्त रेमिट्यान्सले टिकट खरिद गरेर कन्सर्ट हेर्न आउने मध्य भाग्यसाली एक जना दर्शकलाई दश लाख वन नगदको भाग्यसाली उपहार योजना लिएर आएको छ। दुर्गा रेस्टुरेन्ट हस्पिटालिटी पार्टनर रहेको राईज पर नेपाल २०१८ मा पुणिमा रेस्टुरेन्ट ,ग्रेट हिमालय रेस्टुरेन्ट र नारायणी प्यालेस रेस्टुरेन्ट सह प्रायोजकको रुपमा रहेका छन् । सामाजिक र परेपकारी उदेश्यका साथ गर्न लागिएको यस कार्यक्रमबाट कोरियामा रहेका नेपालीहरूलाई भरपुर मनोरन्जन मिल्ने आयोजकले जनाएको छ। सम्पूर्ण संगीतप्रेमी नेपालीहरुलाई कार्यक्रम आयोजकको तर्फबाट हार्दिक निमन्त्रणा गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...