कोरियामा तमु (गुरुङ) ल्होसार/ल्होछार-२०७४” भव्यताका साथ सम्पन्न


बोम्जन गुरुङ, दक्षिण कोरिया ।
“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु।” अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।”

सदाको वर्षमा झैँ अंग्रेजी नयाँ वर्षको जनवरी महिनाको पहिलो आइतबार ल्होसार/ल्होछार मनाउँदै आएको तमु धीं दक्षिण कोरियाको परम्परा अनुसार यस पटक पनि गत २०१८ जनवरी ७ तारिक आइतबारका दिन सउल स्थित सउल मेरिना (SeoulMarina – 서울마리나) हलमा भव्यताका साथ सु-सम्पन्न भएको कुरा तमु खि-ल्होसार/ल्होछार मूल आयोजक समितिका संयोजक भिम गुरुङले जानकारी दिनुभएको छ ।

प्रवासी भूमि दक्षिण कोरियामा छरिएर रहेका तमु (गुरुङ) जातिको आफ्नो मौलिक पहिचान, भेष-भूषा,भाषा, संस्कार-सँस्कृति तथा परम्परालाई बचाई राख्न वा जगेर्ना गर्ने उद्वेश्य सहित तमु धीं दक्षिण कोरियाले विगतका वर्षहरुमा जस्तै यस पटक पनि च्ह्य-ल्हो (चरा वर्ग) लाई विदाई गर्दै खी-ल्हो (कुकुर वर्ग) लाई स्वागत गरि दिवा भोज, शुभकामना आदानप्रदान र विविध साँस्कृतिक कार्यक्रम गरि मनाएको हो ।

तमु खि-ल्होसार/ल्होछार-२०७४ मूल आयोजक समितिका संयोजक तथा तमु धीं दक्षिण कोरियाका संरक्षक भिम गुरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा उप-संयोजक बेल गुरुङले स्वागत मन्तब्य दिनुभएको थियो । प्रमुख अतिथिमा नेपाली राजदूतावास दक्षिण कोरियाका महामहिम राजदूत अर्जुनजङ बहादुर सिँह, विशेष अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया शाखाका अध्यक्ष पवन चाम्लिङ राई, अतिथिहरुमा क्रमशः गैर आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरुङ, नेपाली सम्पर्क समिति (NCC) दक्षिण कोरियाकी अध्यक्ष अञ्जु के.सी., गैर आवासीय नेपाली संघ (NRNA) एशिया प्यासिफिक महिला उप-संयोजक जुनु गुरुङ,तमु धींका सल्लाहाकार एवं एभरेष्ट रेष्टुरेण्टका प्रोप्राईटर भिम गुरूंग्,पत्रकार महासंघ लगायतका विभिन्न जातीय,क्षेत्रिय,राजनितिक संघ-संस्थाको अध्यक्ष तथा प्रतिनिधिहरू समेत कार्यक्रममा उपस्थिति रहेको थियो । पहिलो खण्ड अन्तर्गतको औपचारिक कार्यक्रम सक्रिय व्यक्तित्व प्रितम गुरुङको सहजीकरण सँगै संचालक भिम गुरुङ(लमजुंग्)ले कार्यक्रम संचालन गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावास, दक्षिण कोरियाका महामहिम राजदूत अर्जुन जङ बहादुर सिँहले प्रवासमा यस किसिमको कार्यक्रमले आफ्नो जातीय, मौलिक संस्कृति जगेर्ना गर्नलाई गुरुङ (तमु) हरु यसरी एकजुट भई आयोजना गरिएको कार्यक्रमले आपसी सद्भाव र भाईचाराको सम्बन्ध बलियो र दरिलो बनाउन ठुलो भूमिका खेलेको बताउदै जातीय मात्र नभई समग्र नेपाल र नेपालीको अस्तित्व र परिचयको चिनारीमा खुशी व्यक्त गर्नुका साथै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

नेपाल जनजाति महासंघ दक्षिण कोरिया शाखाका अध्यक्ष पवन चाम्लिङ राईले मन्तव्यका क्रममा बोल्दै जनजातिहरु मध्ये गुरुङ जाती एउटा सुन्दर मगमगाउने फूल हो र यो फूलहरुको बगैंचामा आफुलाई पाउँदा गौरवान्वित महसुस गर्दै नेपालका जतिपनि आदिवासी जनजातिहरु छन् सबैको समस्या, दुःख समान भएको र राज्यमा आफ्नो अधिकार सुनिश्चितताको लागि एक हुनुपर्नेमा जोड दिनुभएको थियो । साथै मञ्चमा आसीन अन्य अतिथिहरुले पनि आफ्नो तर्फबाट र संस्थागत तर्फबाट तमु ल्होसार/ल्होछारको शुभकामना सहित कार्यक्रम सफलताको शुभेच्छा प्रकट गर्नुभएको थियो ।

दोस्रो चरणको साँस्कृतिक कार्यक्रममा गुप्त गुरुङको सहजिकरण तथा हिमान्सु गुरुङको संयोजकत्वमा सम्पन्न साँस्कृतिक कार्यक्रममा स्थानीय कलाकार प्रितम गुरुङ, विजय गुरुङ र साथीहरु सँगै गुरुङ राष्ट्रिय गीत (तमु ह्युल्सा कुई) को आरम्भसँगै भएको थियो । कार्यक्रम सञ्चालक किसान गुरुङको अब्बल उद्घोषण कलासँगै नेपाली लोक तथा दोहोरी क्षेत्रमा अत्यन्तै व्यस्त र चर्चित गायिका, गुरुङ चलचित्रकी नायिका तथा कुशल नृत्यांगना टौ सुवा (सबिना) गुरुङको पहिलो प्रस्तुति गुरुङ गीत खो पांते खो बोलको गीत देखि अन्तिम लोक दोहोरी गीत आँधीखोली तिरैमा आईपुग्दा उपस्थित सबैले असिना पसिना हुनेगरी कम्मर मर्काउन भ्याए ।

कार्यक्रमलाई रोचक र ऐतिहासिक रुपमा सु-सम्पन्न गर्नका निमित्त सउल लगायत सउल आसपासका क्रियाशिल संस्थाका अध्यक्ष एवं प्रतिनिधि, गुरुङ (तमु) तथा गैर गुरुङ (तमु) दाजुभाई तथा दिदी-बहिनीहरु साथै तमु धीं दक्षिण कोरियाका सल्लाहकारहरु, विभागीय प्रमुखहरु, अग्रज तथा सक्रिय व्यक्तित्वहरुको सहितको उल्लेखनीय उपस्थिति रहेको थियो । स्वादिष्ट व्यन्जन सहित आमन्त्रित पाहुनालाई भोजन व्यवस्थापन/ग्रहण गर्ने-गराउने जिम्मा जित गुरुङले लिनुभए बमोजिमको कार्यसम्पादन भएको छ ।

यस कार्यक्रममा राजधानी सउलदेखि करीव ३०० किलोमीटर दूरीमा अवस्थित दक्षिणी भेग थेगु क्षेत्रबाट कोसेली स्वरुप आकर्षक साँस्कृतिक प्रस्तुतिले चर्को ताली पाएको थियो । यसका साथै गुरुङ (तमु) बाजागाजा, छैंडु नाच, गुरुङ समुदायको मौलिक कौंडा-सालै जो नृत्य, स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति समेत रहेको थियो ।

अति व्यस्त समयका कारण कार्यक्रमलाई छोटो र स्फूर्तिलो बनाउने उद्वेश्यअनुरुप साँस्कृतिक कार्यक्रमका विच आमन्त्रित बहुप्रतिभाशाली कलाकार टौ सुवा सबिना गुरुङ्लाई संस्थागत-सामुहिक रुपमा स्याङ्जा परिवार र स्याङ्जा भिरकोट आर्थर तमु समाज त्यसपछि क्रमैसँग अन्नपूर्ण दुधपोखरी समाज र कास्की परिवार साथै अन्तिममा आयोजक तमु धीं बाट सम्मान पत्र सहित दोसल्लाले सम्मान गरेको जानकारी सह-संयोजक सूरज गुरुङले दिनुभयो । कलाकार सबिना गुरुङले आफु सम्मानित भए लगत्तै यो अवसर प्रदान गरेकोमा आयोजकप्रति खुशी र धन्यवाद व्यक्त गर्दै नेपालबाट ल्याउनुभएको क्रस खुकुरी अंकित नेपाली कालो टोपी आयोजक तमु धीं दक्षिण कोरियाका अत्यन्त सक्रिय र अग्रज व्यक्तित्वहरुहरुलाई मायाको चिनो स्वरुप लगाइदिएर सम्मान गरेका थिए।

करीव चार सय जना भन्दा बढिको उल्लेख्य सहभागिता रहेको र कार्यक्रम हल खचाखच भरिएको सो मूल आयोजक समितिका आर्थिक संयोजक एक गुरुङ/नरेन्द्र गुरुङले जनाउनुभएको छ । कार्यक्रममा उपस्थित भइ सभ्य र भब्य रुपमा सफल बनाईदिनु भएकोमा कोरियामा रहेका सम्पूर्ण गुरुङ(तमु) तथा गैर गुरुङ (तमु) दाजुभाइ-दिदीबहिनीहरु संघ-संस्थाहरु, बुद्धिजीबीहरु, पत्रकारहरु, व्यवसायीहरुलाई तमु धीं दक्षिण कोरियाले हार्दिकताका साथ आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...