नेपाली सम्पर्क समिति दक्षिण कोरियाले सलनालमा कार्यक्रम जुधाएको प्रति गम्भीर ध्यानाकर्षण


कोरियामा रहेका नेपाली संघसंस्थाहरुको छाता संगठन नेपाली सम्पर्क समिति दक्षिण कोरियाले सलनालमा कार्यक्रम जुधाएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समितिले यसभन्दा पहिले डिसेम्बर 3 तारिखको दीन कोरियामा रहेका अधिकांस नेपाली संस्थाहरुका प्रतिनिधि ,बिशिष्ठ ब्याक्तित्व तथा पत्रकारहरुको उपश्तिथिमा सलनालको लागि सांस्कृतिक तथा चिट्ठा कार्यक्रमको लागि परेका निबेदनहरुमध्ये प्राथमिकताका अधारमा कार्यक्रमको बाडफाड गरेको थियो ।

कोरियामा रहेका अधिकांस संघ -संस्थाका प्रतिनिधिहरुको राजीखुसीमा कार्यक्रम बाडफाड गरिएको भएतापनि केहि संस्थाहरुले आफूखुसी कार्यक्रम जुधाउन लागेको सुन्न आएको भन्दै प्रेश बिक्यप्ति मार्फत घोर भर्षणा समेत गरेको छ ।

प्रेस बिक्यप्ति

“सर्वप्रथम कोरीयामा रहि भिन्न भिन्न पेशा र क्षेत्रमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरूमा तपाई हामी विच नजिकिदै गएको कोरियन नयाँ वर्ष सलनालको सुखद उपक्ष्यमा सुख, शान्ति, सु-स्वास्थ्य, दिर्घायु र उत्तरोत्तर गतीको हार्दिक मंगलय शुभकामना ।

सन् १९९३ मा स्थापित एक मात्र पुरानो सामाजिक संस्था एनसिसिको छुटै ईतिहास र गौरवका गाथा छन् । कोरियामा रहेका नेपालीहरू र नेपालमा रहेका नेपालीहरूमा आइ पर्ने महा संकट र समस्याहरूबाट माथि उठन यावत वाधा व्यवधानसंग पौठेजोरी खेल्दै सामाजिक कार्यमा अाफनो भूमिका यो मिति सम्म अनवरत रूपमा चलिरहेको छ । कोरीयाली भूमिमा एनसिसिले नेपाली समुदाय र विभिन्न संघसंस्थाहरू माझ छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ । यसको प्रमुख कारणहरू मध्ये सामाजिक गतिविधि र क्रियाकलाप निरन्तर रूपमा भिन्न पाटो र पक्षहरूलाई संगाल्दै आउनु । यसको जगमा रहेर नेपाली समुदाय र संघसंस्थाहरू विच एक आपसमा बैमश्यता, तिक्तता ,फाटो र असमझारी नआहोस् भन्ने हेतुले कोरियन चार्ड छुसक र कोरियन नयाँ वर्ष सलनालका लागि कार्यक्रम बाँडफाँड गर्दै आएको छ । यसको पनि निश्चित मापदण्ड निदिष्ट विधिहरू तय छन् । त्यसैमा आधारित रहेर विभिन्न संघसंस्थाहरूले कार्यक्रम गर्न पाउ भनि निवेदनका साथ दस्तुर शुल्क बुझाई प्रक्रियामा संलग्न भएपछि कार्यक्रम पाउने अधिकार सुनिश्चित छ । यसैको निरन्तरता स्वरूप डिसेम्वर ३ तारिकका दिन एक कार्यक्रम आयोजना गरि कार्यक्रम बाँडफाँड विवाद रहित र निश्पक्ष रूपमा सम्पन्न गरेको कुराले कोरिया स्थित सम्पुर्ण नेपालीहरूमा छुटै खुसिको वहार छाएको थियो । तर विडम्वना भन्नु पर्छ यो सरहानिय कार्यलाई नपचाउने केहि व्यात्तिहरूको झुन्डले अफनो व्यात्तिगत अभिष्ट पुरा गर्न साँस्कृतिक कार्यक्रमका लागि प्रचार-प्रसार गरिरहेको छ । यस कार्य प्रति एनसिसिको तर्फबाट घोर आपत्ति छ ।
फेरि पनि सामाजिक कार्यको नाममा व्यात्ति मटाउने र फष्टाउने कार्यको प्रपञ्च रचिदै छ । यो नियतबाट गुजिएका जुन-कुनै व्यात्तिहरूलाई समाजबाट वहिष्कृत गरिनु नेपालीहरूको धर्म र कर्म हो ।

एनसिसि कोरिया, विभिन्न संघसंस्था र सम्मानित व्यात्तिहरूको प्रत्यक्ष सहभागिता र संलग्नता विधि संवत् सलनालको लागि साँस्कृतिक कार्यक्रम गर्न अधिकार पाएका संघसंस्था फेब्रुअरी 15 सोलुखुम्बु सेवा समाज, फेब्रुअरी 16 गुल्मी सम्पर्क समिति र फेब्रुअरी 17 मकवानपुर कोरिया मंच हुन यी वाहेक अरु कुनै ब्यक्ति वा समूहले सोही दिन र समयमा गैर जिम्मेवारी तवरबाट अभिप्रेरित भई कार्यक्रम गर्न लागेको कार्यक्रम र व्यातिहरूलाई आर्थिक, नैतिक, सामाजिक र भौतिक सहयोग नपुर्याईदिनु हुन यहाँ रहेका विभिन्न संघसंस्था, व्यापार व्यवसायि, सामाजिक व्यातित्व, वुद्धिजिवि, लगायत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिवहिनिहरूमा विन्रम अनुरोध गर्दछौ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...