कोरियामा तमु (गुरुङ) ल्होसार/ल्होछार भव्यताका साथ मनाउँदै, तयारी तीव्र


दक्षिण कोरिया,

“प्ये म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ म्हि म्हमु।” अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।”

प्रवासी भूमि दक्षिण कोरियामा छरिएर रहेका तमु (गुरुङ) जातिको आफ्नो मौलिक पहिचान, भेषभूषा-भाषा, संस्कार-सँस्कृति तथा परम्परालाई बचाई राख्न वा जगेर्ना गर्ने उद्वेश्य सहित तमु धीं दक्षिण कोरियाले विगतका वर्षहरुमा जस्तै यो पटक पनि च्ह्य-ल्हो (चरा वर्ग) लाई विदाई गर्दै खी-ल्हो (कुकुर वर्ग) लाई स्वागत गरि दिवा भोज, शुभकामना आदानप्रदान र विविध साँस्कृतिक कार्यक्रम गरि मनाउने भएको छ । यस संस्थाले ल्होसार लगायत समायानुकूल विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

सदाको वर्षमा झैँ अंग्रेजी नयाँ वर्षको जनवरी महिनाको पहिलो आइतबार ल्होसार/ल्होछार मनाउँदै आएको तमु धीं दक्षिण कोरियाको परम्परा अनुसार यो पटक पनि २०१८ जनवरी ०७ तारिक आइतबारका दिन सउल स्थित सउल मेरिना (SeoulMarina – 서울마리나) हलमा सु-सम्पन्न हुन गईरहेको मूल आयोजक समितिका अध्यक्ष भिम गुरुङले जानकारी दिनुभएको छ । यही २०१७ डिसेम्बर १० तारिक बसेको तमु धीं को बृहत भेलाले साँस्कृतिक समिति, खानपिन व्यवस्थापन समिति तथा विभिन्न उपसमिति गठन गरि तमु (गुरुङ) समुदायको महान् पर्व खी-ल्होसार/ल्होछारको तयारी तीव्र पारिएको हो ।

यसपालीको कार्यक्रममा नेपालबाट नेपाली लोक तथा दोहोरी क्षेत्रमा अत्यन्तै व्यस्त र चर्चित गायिका, गुरुङ चलचित्रकी नायिका तथा मोडल सबिना गुरुङको गायन र नृत्यकलाले दर्शकहरुलाई मोहित बनाउने कुरामा आयोजक ढुक्क छ । “आँधीखोली तिरैमा”, “चरी चिरिबिरी भो” लगायत थुप्रै लोक तथा दोहोरी गीतमा आफ्नो सुमधुर आवाज दिईसक्नुभएका र गुरुङ सँस्कृतिमा आधारित चलचित्र “क्रमु”(पछ्यौरी) मा नायिकाका भूमिकामा अब्बल अभिनय मार्फत आम दर्शकको मन जित्न सफल साथै थुप्रै म्यूजिक भिडियोमा मोडलिङ गरिसक्नुभएका कलाकार सबिना गुरुङले ल्होसारको माहौललाई रंगीन र संगीतमय बनाउनेमा आयोजकको दावी छ । बहु प्रतिभाशाली कलाकार गुरुङले नेपालका विभिन्न गाउँ, शहरका मेला महोत्सवहरुमा सयौं भन्दा बढि स्टेज कार्यक्रमहरु साथै यस अघि दक्षिण कोरिया, हङ्गकङ्ग, युके, आयरल्याण्ड, बहराइन, कतार तथा जापानमा आफ्नो प्रस्तुति पस्किसक्नुभएको छ । धेरै संस्था एवं आयोजकहरुबाट सम्मान ग्रहण गरिसक्नुभएको छ ।

साथै, उक्त दिन तमु (गुरुङ)को बाजागाजा सहित छैंडु नाच, गुरुङ समुदायको लोपोन्मुख मारुनी नृत्य, स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति र हाँस्य प्रहशन रहने मूल आयोजक समितिका संयोजक गुप्त गुरुङ/हिमान्सु गुरुङले जानकारी दिनुभएको छ । तमु (गुरुङ) हरुको यो रमाईलो वातावरणमा स्वादिष्ट नेपाली अचार, मासु, भुटुवा, सेलरोटी सहित थुप्रै खानाको परिकारको व्यवस्था गरिने खानपान व्यवस्थापन संयोजक जित गुरुङले जानकारी दिनुभएको छ । कार्यक्रमको आर्थिक पाटोलाई चुस्त, दुरुस्त र सफल बनाउन आर्थिक संयोजकको जिम्मा एक गुरुङले लिनुभएको छ । आपसी सद्भाव र बन्धुत्वलाई मझबुत बनाउदै यो कार्यक्रमले संस्थाको इतिहासमा एउटा नौलो आयाम थपिनेमा आयोजक विश्वस्त छ ।

कार्य्रकमलाई थप उत्साहजनक उपस्थिति सहित रोचक र आमन्त्रित अतिथिहरुलाई भरपूर मनोरञ्जन दिनका लागि यो पटक अझै पृथक ढङ्गले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । साथै, कोरियामा रहेका सम्पूर्ण तमु (गुरुङ) दाजुभाइ तथा दिदीबहिनीहरु, सबै संघ-संस्थाहरु, बुद्धिजीबीहरु, पत्रकारहरु, व्यवसायीहरुलाई निमन्त्रणा-पत्र पठाउने र प्रचार-प्रसार तीव्र पारिएको प्रचार-प्रसार विभाग संयोजक सुरज गुरुङले जानकारी दिनुभएको छ । यसका लागि विभिन्न पोर्टल न्यूज, अनलाइन समाचार, फेसबुक पेज साथै तमु धीं को आधिकारिक फेसबुक सूचनालाई आधार मानेर २०१८ जनवरी ०७ तारिक उपस्थित जनाइ कार्यक्रम सभ्य र भव्य सफल पारिदिनु हुन तमु धीं दक्षिण कोरियाले हार्दिक अनुरोध समेत गरेको छ ।

Ma rakhxu hai aba balla fursad vo

Manju

Ok

Seen by everyone
Chat Conversation End

Type a message

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...