लडाई जातीबादको की बर्गको


पछिल्लो समयमा नेपालमा जातीय बहसले निकै चर्चा पाएको छ। अझै सामाजीक सञ्जालको कुरा गर्ने हो भने त लाग्छ देशमा जातीय दङ्गा भत्किदै छ। एउटा जातीले अर्को जातीलाई खसालेको अर्कोले आर्कोलाई खसालेको यस्ता वाकयुध्द चल्न थालेको धेरै भयो सामाजिक सञ्जालमा, तर पनि यो बिषयमा सरकार र बहसकर्टाहरु गम्भिर देखिदैनन् जस्को दूरगामी असर अति भयानक हुने देखीन्छ।
हामी समाजमा 3 प्रकारका जनता छौ ।

पहीलो ~ अरुले जे भन्यो त्यही कुरालाई बिश्वास गरेर अगाडि बढ्ने ।
दोस्रो ~ अरुले जे भनुन जसो भनुन आफ्नै पारामा चल्ने कसैको कुरा नसुन्ने।
तेस्रो ~ सबैको कुरा सुनेर सही निर्णय लियर अगाडि बढ्ने।

जसरी जनता 3 प्रकारका छन त्यसरी नेताहरु पनी 3 प्रकारका छन।

पहिलो ~ समय काल र परिस्थिति अनुरुप राजनीति गर्दै अघी बढ्ने।
दोस्रो ~ अर्काको नुन पानी खाएर नुनको सोझो गर्दै हिड्ने।
तेस्रो ~ समय काल र परिस्थिति यी 3 कुराको मत्लब नराखी एउटै सिद्धान्तमा अगाडी बढिरहने।

माथिको जनताको प्रकार र राजनेताको प्रकारहरुलाई ब्याख्या गर्दा जनताहरुको बुँदा न एकमा रहेका प्रकारका जनताहरुलाई नेताहरुको बुदा न 2 मा रहेका नेताहरुको समुहले सजिलै कब्जा गरी बिभिन्न भ्रमहरु पैदा गरी नियन्त्रणमा राखेको छ र सामाजिक सञ्जालको दुरुपयोग गरी एक अर्कामा फाटो ल्याउने कामको नेतृत्व गरिरहेको देखिन्छ।

दोस्रो प्रकारका जनताहरु जति छन तिनीहरुलाई आफ्नो पक्षमा लिएर राजनिती गर्नका लागी पहिलो र दोस्रो बुँदाका नेताहरु संघर्ष गरिरहेको देखीन्छ।
र जुन तेस्रो प्रकारको जनता छन ती न्युन मात्रामा छन यिनिहरु पहिलो र तेस्रो प्रकारको नेताहरुलाई समर्थन गर्छन।
माथि उल्लेखित कुराहरुलाई मध्यनजर गर्दा जुन तेस्रो प्रकारका जनताहरु हुन उनीहरु ज्यादै न्युन छन नेपालको परिबेशमा, जस्को कारण राजनैतीक अस्थिरता भ्रष्टाचार र दण्डहीनताले प्रश्रय पाइरहेको छ।

राम्रो मान्छेको भन्दा पनि हाम्रो मान्छे खोज्ने जनता र चुनाबको बेला पकेट खर्च दिन सक्ने नेताहरु यी दुइ वटा कुराले नेपाली राजनिती कब्जा गरिरहेको छ। जस्को असर सिंगो देश र देशबासीले भोगिरहनु परेको छ । पछिल्लो समय जातीय वाक युद्धले कतै ठुलै रुप पो लिने हो की भन्ने सन्त्रास छाएको छ। सामाजिक सञ्जालमा रहेका जातिय संगठनहरु एक अर्कामा आरोप प्रत्यारोपमा उत्रीदा मुख्य बिषय धर्म र कानुन अनी राजनैतिक मामेलाको बारेक नानाथरी गालीगलौजमा उत्रिरहदा बास्तबिक भित्री रहस्य के हो त? वा अहिले चलेको वाकयुध्दले दुरगामी असर के पार्न सक्छ त भन्ने तर्फ सचेत नभैदिदा कतै देश भोली सुडान, नाईजेरिया जस्तै हुने त हैन? यो कुरामा ध्यान किन दिइदैन? यदी भोली देस सुडान जस्तै भयो भने मर्ने को? यो प्रश्नको जवाफ कोहिसंग छैन।

बिषेश गरी नेपालमा जनजातीहरुको हक अधिकार कुण्ठित गरियो बाहुनहरु सरणार्थी हुन आदी कुरामा खरो बहस चल्दा पछिल्लो समय त्यसमा धर्म पनी मिसाएर बहस गर्न थालिएको छ। यो कुराको बिस्लेषण गर्नु अगाडी म स्यानो कुराको स्मरण गराउन चाहे। “हिजो हाम्रो समाजमा दलितहरुले भैसी लगाएतका जनावरहरुको मासु अत्याधिक प्रयोग गर्ने सुकाएर राखेर महिनौ सम्म खान्थे त्यसैले सिनो खाने जात भनेर चिनिन्थ्यो दलितलाई अपहेलित थिए सारा दलितहरु , तर पछी पछी त्यही दलितले खाने गरेको सिनो (पुरानो चल्तीको भाषामा) दलित बाहेकका जातिले पनी खान थाले सबैलाई त्यसको स्वाद मिठो लाग्यो अहिले हेर्नोस हिजो दलितले मात्र खाने त्यो सिनो अरुले खान थालेपछी सुकुटी नामाकरण भएको छ सर्बमान्य सबैको स्वादिष्ट परिकार बन्न पुगेको छ हिजोको सिनो”।

त्यसै गरी अहिले चलिआएको धर्म र जाति बिषयको बहस हिजो दलितले खाने भएर सुकुटीलाई सिनो भनिए जस्तै मात्र हो तर यो धर्म र जाती पनि सबैले सर्बमान्यहुने गरी मान्ने हो भने सुकुटी नै हो। किनकी हरेक धर्मको मुल आशय भनेको नै मानिसलाई गलत बाटोबाट हिड्न रोक्नु हो वा भनौ मानिसलाई सभ्य बनाउनु हो। तर हामी किन असभ्यतातिर लम्कदै छौ?

नेपालमा आदिवासी जनजातिहरुको हात राज्य सत्तामा न्युन छ यो सर्वविदितै छ तर त्यो तल परेको हातलाई माथी लैजान आर्को जाती संग युद्ध गर्नै पर्ने हो त? अथवा दलित-जनजातीहरुलाई सधै तल पारेर बिषेश खस आर्यहरूले मनोमानी गर्नु पर्छ भन्ने भाबनाले सद्भाब कामय होला त? हिन्दुहरुले अरु धर्मावलम्बीहरुलाई देखी नसहने अरुले हिन्दुलाई देखि नसहने परिपाटीले देश र देशबासीहरुले चैन पाउलान त? यी कुराको बहस नै अहीलेको ताजा वाकयुध्द हो। तर जती यी कुराहरुमा वाकयुध्द चलेको छ माथी आएका प्रश्नबाचक चिन्हलाई समाधान गर्न सक्ने जवाफ भने यी वाकयुध्द चलाउनेहरुमा छैन।

चार जात 36 बर्णको फुलबारी भनीन्छ नेपाललाई, फरक फरक जाती भाषि र धर्महरुको आ-आफ्नो मूल्यमान्यता रहेको छ ती सबैको संरक्षण गर्नु राज्यको दाइत्व हो। कसैलाई काखा र कसैलाई पाखा बनाउने राज्यको संयन्त्र सुधार गर्न आवाश्यक तयारीमा जुत्नुको सातो फलानो जाती र फलानो धर्म हाम्रो हैन यिनिहरुलाई लखेट्नै पर्छ भन्ने जस्ता आशय राखेर बहस गर्न थालिएको छ। तर यती बहस गरिरहदा आफ्नो अधिकार खोज्न अरुलाई अधिकारविहीन गराउन खोजियो भने त्यसको परिणाम के होला भन्नेमा कसैले दूरदृष्टि गरेको देखीदैन।

हामी धेरैलाई लागेको छ जनजाती दलितहरुलाई खस आर्यनले माथी उठ्न दिएका छैनन र हामी माथी उनिहरुले एक्लौटी हैकम जमाइराखेका छन। हामी धेरैलाई लागेको छ हाम्रो धर्म र संस्कृतिको संरक्षण गरिदिएको छैन राज्यले र लोप हुदै गएको छ। तर हामी कसैलाई थाहा छैन हामीलाई दबाएर राख्ने खस आर्यनहरु भित्र पनी दबिएर बस्न बाध्य नागरिक छन की??? हाम्रो लोप हुन लागेको संस्कृतिको रक्षाका निम्ती हामिले चाही के पहल गरिराख्या छौ त के राज्यको मात्रै दाइत्व हो त हाम्रो संस्कृति रक्षा गरिदिने?? प्रश्न गम्भिर छ जवाफ छैन।

मैले देखेको छु थुप्रै खस आर्यनहरु जो दुई छाक खानका लागी दिनरात मेहनत गरिरहेको र पनी आधा पेट खाएर बसेको मैले देखेको छु जनजाती दलितहरुमा पनि आलिसान जिबन जिएर बसेको आखीर किन यस्तो त? यदी हामी खस आर्यन जातीबाट पिडित हो भने हामी आदिबासी जनजाती सबै पिडीत हुनु पर्थ्यो र खस आर्यनका समुदायमा सबै समुदाय सम्पन्न हुनु पर्थ्यो तर किन त्यसको बिपरीत अर्थात खस आर्यनमा पनी पिडितहरु र जनजाती दलितहरुमा पनी सम्पन्न बर्ग छन त? कतै हामीले सोचिराखेको लडाई जातिबाद बिरुद्द नभएर बर्ग बिरुद्ध पो आवाश्यक हो की?तर हामिले त यो सोचेनौ !

किनकी हाम्रा आगुवाहरुले हाम्रो मानशपतालमा त्यही एकथरी कुरामात्र गुञ्जयमान गराइरहेका छन र हामिलाई त्यही सही लागेको छ तर बाहीर खुला परिबेशमा निस्केर यसको समाधान खोज्ने हो भने अबको लडाई जातीवाद बिरुद्द नभएर बर्ग बिरुद्द हुनु पर्दछ। हाम्रो समाजलाई जातीले भन्दा पनी बर्गले नराम्रो संग शोषेको छ जुन कुरालाई उखेलेर फ्याक्यौ भने मात्र हामीले उन्मुक्ती पाउने छौ।

त्यसो भए के हो त बर्ग भन्ने लाग्न सक्ला हाम्रो समाज मा 2 वटा बर्ग छ शोषक र शोषित कालान्तर देखी नै शोषक बर्गले शोषित बर्गमाथी ब्यापक दमन गरेको छ र माथी उठ्न दिइराखेको छैन । एकथरी छन दिनभर काम गरेर हजारौ आम्दानि गर्ने आर्को थरी छन दिनभरी काम गरेर 150 कमाउने हो यही हो शोषक र शोषित बर्ग बिचको भिन्नता जस्लाई अहीले सम्म चिर्न नसक्नुले नै अहिले सम्म शोषित बर्ग दबियरै बस्न बाध्य छन। त्यो एउटा किसान जस्ले आफ्नै मेहनतमा उब्जाएको गोल्भेडा प्रती केजी रु 10 मा बेच्न बाध्य हुन्छ र त्यही प्रिकेजी रु 10 मा बेचेको गोल्भेडा बजार गएर आफैले पुनह 40-50 रुपैयामा किन्न बाध्य बन्छ किसान। त्यो गोल्भेडा लगाउने किसान खस आर्यन आदिबासी जनजाती वा दलित कोही हुनसक्छ र जुन बजारमा पुर्याएर बिचौलिया बनेर बिना दुख रकम आर्जन गरेको हुन्छ अझ भनौ त्यो किसानको मेहेनतको कमाई बिचौलिया भनौ शोषक बर्गले मनग्य आम्दानी गरिरहेको हुन्छ जुन शोषक खस आर्यन आदिबासी जनजाती वा दलीत कोही पनी हुनसक्छ र बास्तबिक शोषित भने त्यो किसान हो कुनैपनी जातीको किन नहोस। यो एउटा उदाहरण मात्रै हो यस्ता अनगिन्ती उदाहरणहरु छन कि हामीलाई जातीले भन्दा बढी बर्गले शोषण गरेको।

त्यो शोषित किसान खस आर्यन हुदैमा उसलाई कसैले दया देखाएर शोषण गर्न छोड्दैन र त्यो किसान आदिबासी जनजाती वा दलित हुदैमा त्यो खस आर्यन भन्दा बढी शोषित हुनु पर्दैन। त्यसैले हामिले सोच्ने गरेको जातिय नाराका कुरा कतै देशमा द्वन् निम्त्याउन रचिएको काल्पनीक प्रोपोगाण्डा त हैन???! दश बर्षे द्वन्दले क्षत बिक्षत बनेको हाम्रो देश फेरी द्वन्दमा ढकेलेर हामी सम्पन्नतामा जादैनौ त्यसैले सबैको मुक्तिका निम्ती शोषक बर्गहरु बिरुद्द आबाज बुलन्दित गरेर देशको निती निर्माणमा आवाश्यक दबाब सिर्जना गर्न सकियो भने मात्रै सबैले राहातको श्वास फेर्न पाउला अन्यथा जाती र धर्मलाई बिषय बनाएर बहस गर्ने हो भने आफु आफु बिचकै द्वन्दले देश सखाप बन्नेछ अनी जित कस्को हुनेछ त्यो बखत????!

जैमिनी नगरपालिका 8 छिस्ती बागलुङ
हाल, दक्षिण कोरिया।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • यायोक्खाले यस वर्षको अन्तिम उभौली साकेला सुवनमा गर्दै
  • एनसिसिद्वारा छुसकको कार्यक्रम बाँडफाँड, ३ संस्थालाई अनुमति
  • बुद्ध जन्म जयन्ती तथा नेपाल डे परेड सउलमा सम्पन्न
  • नेपालले बुद्धजयन्ती सउलमा परेड, साँस्कृतिक झाँकीसहित मे १९ मा मनाउने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...