Advertisement
SKIP THIS

किविबाट लाखौँ आम्दानी


फोनिज कोरिया संवाददाता

 

ईलाम – तालगाउँका बेनुप खतिवडाले गत ०६५ सालमा आठ सय देखी पन्ध्र सयसम्ममा १८ झ्याङ विरुवा खरिद गरेर किवि खेतीतिर सुरु गरेका थिए । उनै खतिवडाले यसवर्ष होलसेल मुल्यमा प्रतीकिलो तीन सयले आठसय किलो दुई लाख चालिस हजार मुल्यको फल विक्रि गरे । उनको बारीमा यसवर्ष एउटा झ्याङ (वोट)मा एक सय अठार किलो किवि उत्पादन भयो । यो त्यस क्षेत्रमा उत्पादन भए मध्ये सवै भन्दा वढि उत्पादन हो । उनले यसवर्ष किविको फल मात्र हैन बिरुवा बाट पनि उत्तिकै आम्दानी लिने आशा लिएका छन् । उनले ग्राफ्टिङ विरुवा र कटिङ विरुवा करिव आठ–आठ सय यस वर्ष बित्रिकालागि तयार पारेका छन् ।
उनले तयार गरेको ग्राफ्टिङ विरुवाको मुल्य तीन सय र कटिङ विरुवाको एक सय पचास पर्ने बताए । ग्राफ्टिङ विरुवा रोपेको दुई वर्षमा फल्ने र कटिङको विरुवा चारवर्ष पछि मात्र फल्ने भएर विरुवाको फरक–फरक मुल्य भएको उनको भनाई छ । उनले यसवर्ष विरुवाबाट तीनलाखको हाराहारीमा कमाई गर्न सकिने बताए । किविवारीमा अन्य जातका विरुवा समेत लगाउन सकिने उनको भनाई छ । उनले यसवर्ष घरेलु तथा साना उद्योग बिकास समिति इलामममा ‘‘उज्यालो कृषि फर्म’’ नै दर्ता गरेर किविको ब्यवसाय थालेका छन् ।

 

उनले इपिएस प्रणाली मार्फत लिइने कोरीयनन भाषा पनि उत्तीर्ण गरेका छन् । तर उनी कोरीयाको कमाई भन्दा किविको आम्दानीको माया लाग्न थालेको बताउँछन् । ‘‘के गर्ने भन्नेमा अझै अन्योलमा छु ।’’ उनले थपे, ‘‘अर्काको देश कति खट्नु पर्छ, ज्यान सकुशल आउने हो कि हैन ।’’हुनत हजारौँ युवा कोरीयन भाष अनुत्तीर्ण हुदा नरोएका हैनन् । उनलाई कमाइमा पनि किविको आम्दानीले दोमन बनाइदिएको छ ।

उनले उत्पादन गरेका विरुवाको पुर्वाञ्चलका विभिन्न जिल्लाहरुबाट माग आउन थालेको बताउने खतिवडा हाल समेत उदयपुरमा विरुवाको प्रसारप्रचारमा लागेका छन् । उनले किविबारी भित्र अलैँची, ग्राउण्ड एप्पल लगायतका बिरुवा लगाएका छन् ।
उनले ग्राउण्ड एप्पलबाट गत वर्ष पचास हजार आम्दानी लिएका थिए । एक सय प्रती किलो पर्ने ग्राउण्ड एप्पल यस वर्ष एक सय किलो भन्दा वढि हुने उनको भनाई छ ।
तालगाउँमा मात्र यस्तै किविको ब्यवसायिक आम्दानी लिने एक दर्जन भन्दा वढि परिवार छन् । तालगाउँमा मात्र हैन जिल्लाका बिभिन्न गाविसमा किविको ब्यावसायिक उत्पादन सुरु भइ सकेको छ । जिल्ला कृषि विकास तथ्याङ्कमा पनि जिल्लामा किविबाट लाखौँ रकम भित्रने गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...