Advertisement
SKIP THIS

शेर्पा संघ दक्षिण कोरिया द्वारा आयोजित साधारण सभा तथा शुभ कामना आदान प्रदान कार्यक्रम सम्पन्न


शेर्पा संघ दक्षिण कोरियाद्वारा सौलस्थित नेपाल हाउसमा आयोजना गरिएको वार्षिक साधारण सभा तथा शुभ कामना आदान-प्रदान कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ ।
कार्यक्रममा विभिन्न संघ संस्थाको उपस्थितीमा वार्षिक रूपमा शेर्पा संघ द्वारा गरिएको विभिन्न सामाजिक गतिबिती र आय व्ययबारे समिक्षा गरिएको थियो । उक्त कार्यक्रमको सभापतित्व संघको अध्यक्ष सेर साङबो शेर्पाले गर्नु भएको थियो भने प्रमुख अथितीमा जनजाती महासंघ दक्षिण कोरियाका अध्यक्ष चित्र बहादुर मोक्तन लगायत विशेष अथिति र अथितिमा विभिन्न संघ संस्थाका प्रतिनिधीहरु रहेको थिए ।
कार्यक्रममा संघको वरिष्ठ उपध्यक्ष पासँग नोर्बु शेर्पाले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो । शेर्पा संघको वर्तमान कार्यसमितिको वार्षिक प्रगती प्रतिवेदन तथा भावी कार्ययोजना महासचिब नावा रिन्जी शेर्पाले प्रस्तुत गर्नु भएको छ । त्यसै गरी वार्षिक आर्थिक प्रतिवेदन कोष अध्यक्ष दाछेदर शेर्पाले प्रस्तुत गर्नु भयो । शेर्पा संघ दक्षिण कोरियाले यही 2017 ऑक्टोवरबाट लागु हुने गरी विधान पारित गरेको छ ।

औपचारिक कार्यक्रमको समापन गर्ने क्रममा अध्यक्ष सेर शेर्पाले शेर्पा संघले आगामी दिनहरुमा समुदायको हक हितमा धेरै कार्य गर्न बाँकी रहेको र उक्त कार्य योजनाहरु सफल पार्न सबै शेर्पाहरु एक जुट हुन आवश्यक रहेको बताउनु भयो । उहाँले वार्षिक साधारण सभा तथा शुभ कामना आदान-प्रदान कार्यक्रम सफल बनाउन आउनु भएको सबैलाई हार्दिक धन्यवाद् दिदै छूसक तथा वडा दसैको सम्पूर्ण नेपालीहरुमा सूख शान्ति समृद्धी रहोश भन्दै हार्दिक मंगलमय सुभ कामना दिनु भयो ।

संघको औपचारिक कार्यक्रम पश्चात कार्यसमितिको विभिन्न रिक्त पदहरुमा आवश्यक सदश्यहरु मनोनीत गरिएको छ । त्यसै गरी शेर्पा समुदायको समाजिक गतिविधीलाई थप चुस्त दुरुस्त प्रभावकारी र पारदर्शी ढंगले अगाडी बढाउन विभिन्न बिभागहरू गठन गरिेएको छ ।

1)सांस्कृतिक विभाग संयोजकमा – युगेल शेर्पा
2) संचार विभाग संयोजकमा- आङ माया शेर्पा
3) खेलकूद विभाग संयोजकमा- सोनाम शेर्पा रहने गरी विभागहरू गठन गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...