कोरियाली डाक्टरको चिन्ता र हाम्रो दायित्व


 

नियमित उपचारको सिलशिलामा अस्पताल पुगेको थिए l बिगत एक बर्षदेखि मलाई उपचार गर्ने कोरियन डाक्टरको उपचार कोठामा छिरेको मात्र के थिए सुरुमै उनले मलाई घर परिवार सब ठिक छन् नि. … ? भनेर जिज्ञासा राखे l मैले मेरो परिवारमा मानबीय क्षति भएको छैन भनेपछि मलाई कुर्सीमा बस्ने अनुमति दिए l अनि लामो सुस्केरा हालेर गम्भीर मुद्रामा देश युद्दले ग्रस्त हुदा कोरियाका नागरिकहरुले देश बनाउन निभाएका भूमिका हरुको प्रसङ्ग निकाल्दै भुकम्प पछिको नेपालका बारेमा बताउन लागे l भुकम्प पश्चात कोरियाबाट गएको उद्दार टोलिसंगै चिकत्सक टोलीमा उनि पनि नेपाल गएर आएका रहेछन l आफ्नो मोबाइलबाट रसुवा, धादिङ , नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौँका घाइतेहरुलाई उपचार गरेका तस्बिरहरु देखाउदै भने – ‘अबका दिनमा नेपाललाई अझ धेरै गार्हो छ l बिदेशमा बसेर मात्र हुन्न फर्केर देश बनाउने जिम्मा अब तिमीहरुको पनि हो l’

डाक्टरको कुरा सुनेपछि मेरो शरीरको रोग पुरै निर्मुल भए जस्तो लाग्यो l मलाई तत्काल उपचारको जरुरत पर्ला जस्तो नै लागेन l शरीरका अंगअंगमा शक्तिशाली पराकम्पन गएको अनुभब भयो l भुकम्प पश्चात बचेको धर्तिलाई छुन मनलाग्यो l कारुणिक भिडिओमा देखिएका मृतकका आफन्त र घाइतेहरुको चित्कारको आवाज कानमा ठोक्किदै एक्कासी मानसपटल तरंगित बन्न पुग्यो l अनि मनमनै आफैलाई धिक्कारे – देशलाई यत्रो बिपत्ति पर्दा दुइ चार हजार सहयोग गरेर देश नै पुनर्निर्माण गरिदिएको जस्तो सोचेर बिदेशमा बस्ने म कस्तो बेवकुफ !

 

भुकम्प गएको महिना बितिसकेको छ l स -साना परकम्पनहरु गइरहे पनि आम जनजीबन सामान्य बन्दै गएको कुराहरु संचार माध्यममा आइरहेको छ l केहि हप्ता ‘कटेज’ मा हावा हुरीसंगै बेमौसमी झरीमामा भिज्दै बसेको छोरो स्कुल जान थालिसकेको छ l प्यारीको आवाज सुन्दा लाग्थ्यो अब उनी पराकम्पनदेखि डराउने छैनन् l बुबा आमा उल्टै मलाइ ढाडस दिदै ‘आफ्नो स्वास्थ्यको ख्याल गर नानी हामीलाई केहि हुन्न सुरक्षित छौ’ भनेर भन्नुहुन्थ्यो l अनि कोरियाका चिल्ला सडक हेर्दै यो मुर्ख मनले सोच्दथ्यो – अब देश पुरानोस्थिति मै पुगिसकेको छ l मेरो परिवार सबै ठिकै छन् l सामान्य कमाएको रेमिटेन्स पठाउदै घर गुजारा चलाई दिए म सर्ब श्रेष्ठ हुने नै छु l धत् मेरो सोचाई …

 

दिनभर कम्पनीमा फलाम उचालेर साझ पाख हावा खान नजिकैको बगैचा मिश्रित जंगलमा जान्छु l किनकिन यसपालीको बसन्त ऋतुसंग मेरो सामिप्यता बिल्कुल गासिएको छैन l रुखहरुले फेरेका हरियाली पालुवाबाट स्वच्छ पवन पाएको आभास भएको छैन l कोरियाका चौडा सडकको किनारमा फुल्ने फूलहरुमा कति पनि खुशी र मनोरम रंग देखेको छैन l अनि टोलाएका नजर घुमाउदै जादा झसङ्ग हुन्छु l कोरियाका हिउले खाएर भर्खर तन्ग्रेका जर्बुटा देख्दा पनि मलाई आजकल आङ सिरिङ्ग हुन्छ लाखौ कमाउने सपना बोकेर कोरिया छिरेका दर्जनौ दाजु भाइले जिन्दगि समाप्त पार्न किन यी जर्बुटा का हाँगा रोजे ? देशमा विपत्तिले दशौ हजारको ज्यान लियो l घर परिवार रुवाउदै यहाँ जर्बुटा को बलियो हाँगा छान्न दाजुभाइ किन प्रतिस्पर्धा गर्दैछन ? अनि मेरो मन ले अनुत्तरित प्रश्न सोच्छ l यो बाध्यता कि रहर ? के नेपाल फर्केर केहि गर्ने अवस्था नै नभएको छ ? के देशले यतिखेर हाम्रो आबश्यकता महसुस गरेको छैन र हामी यहाँ हाँगा रोज्न आतुर छौ ? उफ …l

 

इतिहास केलाउदा नेपालको अधिकांश समय राजनीतिक वृतमा घुमेर सकिएको छ l विभिन्न तन्त्रहरुलाई फाल्ने र भित्र्याउने क्रममा धेरै नेपालीले आबस्यकता भन्दा बढी रगत बगाइसकेका छन् l तैपनि देशले निकास नपाउदा आम समुदायमा व्यापक नैराश्यता छाएको बेलामा यो नैराश्यतालाई चिर्दै पछिल्लो पटक भएको १६ बुदे राजनीतिक सहमतिले केहि आशाका किरण छरेको छ l कुनै राजनीतिक भबितब्य भएन भने ६ दशकदेखिको नेपालीको माग अब छिट्टै पुरा हुने छ l पहिचानसहितको अधिकार सम्पन्न जनसंबिधान अबका केहि महिनामा हामीले प्राप्त गर्ने छौ l अनि भूकम्पले कुरुक्षेत्र जस्तो बनेको देशलाई बनाउन हामी सबैले आ आफ्नो स्थानबाट लागि पर्ने प्रण गर्नु हो भने पुन: बगैचा जस्तो देश बनाउन कत्ति बेर लाग्ला र ? मन संगै ढलेका धरोहर उठ्न कति समय लाग्ला र ? हाम्रो ऐतिहासिक सम्पदाहरूलाई जगाउन के ले रोक्ला र ? बिगतदेखि सधै दोहोरिरहेका अनुहार देखेर दिक्क मान्दै यो मन ले भन्छ अब देशलाई बनाउन साच्चै एउटा सच्चा “भिजिनरि “देशभक्ति महापुरुष चाहिएको छ l

 

कोरियाको चमत्कारिक बिकाश हेर्दै सोच्छु हिजो सम्म देशमा भएको राजनीतिक अस्थिरता ,कुशासन ,बेरोजगारी ,भष्ट्राचार ,महंगी , क्षमता अनुसारको काम र उचित पारिश्रमिक को अभाब जस्ता कारण हरुले गर्दा उर्जाशील युबाहरु अनिबार्य पलायन हुनुपर्ने अवस्था थियो l फलस्वरूप आज नेपाल आमाका लाखौ सन्तान श्रम बेच्न विश्वभर छरिएका छन् l देशमा लोक तन्त्र प्राप्ति पश्चात मात्र त्रिभुबन विमानस्थल बाट ३० लाखभन्दा बढी युबायुबती बाहिरिएको प्रमाण सगर्व बैदेशिक रोजगार बिभाग बताउदछ l भूकम्पले क्षतबिक्षत बनाएको देशलाई अहिले पुनर्निर्माण को लागि दक्ष अदक्ष पचासौ हजार कामदारको आबश्यकता छ l आज विश्व भर मजदुरी गर्न छरिएर रहेका लाखौ नेपालीहरुले नयाँनयाँ सिप र प्रविधिहरुसंग साक्षत्कार गरेका छन् l देशलाई उच्च बिकाशमा पुर्याउने महत्वपुर्ण कुराहरुको ज्ञान बटुलेको छन् l कानुनको सम्मान गर्ने कुरालाई अङ्गीकार गरेको छन् l नयाँ सस्कार र संस्कृतिसंग परिचित छन् l अनि ,प्रबासमा सिकेको यी सबै ज्ञान , सिप र पुजीलाई लिएर अब नेपाल फर्कनु पर्ने बेला होइन र ? मलाइ शरम लाग्दैछ देशलाई हामी अतिआबश्यक पर्दा देश नगएर उर्जाशील समय र जवानीलाई बिदेसमा सक्दै आफ्नो देश लाइ किन प्रौढ जिबन मात्र बिताउने स्थल सोच्छौ ?

 

बिपत्ति होस् या युद्दबाट नै किन नहोस पूर्ण ध्वंश भएका देशहरु आज चमत्कारिक रुपमा उदाएका उदाहरण प्रशस्त छन् l हामी छिमेकी मित्र राष्ट्र भारतको गुजरात राज्यलाई हेर्न सक्छौ l गुजरातमा सन् २००१ मा गएको विनासकारी भुकम्प बाट बिसौ हजार नागरिकको ज्यान गएको थियो l भौतिक संरचना हरु पूर्ण रुपमा ध्वस्त भएका थिय तर आज छोटो समयमै गुजरातले चमत्कारिक रुपमा आफ्नो मुहार फेर्यो l गुजराती जनताहरु हालको गुजरात बनाउन प्रतिबद्द भए भने गुजरात राज्यका तत्कालिन मुख्यमन्त्री ( हालका प्रधानमन्त्री ) नरेन्द्र मोदीको दुरगामी दृष्टिकोणले आज गुजरात भारतकै एक आर्थिक र औद्योगिक रुपले सम्पन्न राज्य बनेको छ l त्यस्तै नेपाली हरुको आकर्षण को गन्तब्य बन्दै गैरहेको जापान र कोरियालाई हामी दोश्रो उदाहारण को रुपमा लिन सक्छौ l नागासाकी र हिरोसिमामा परमाणु बम खसालिए पछि जापानी नागरिकहरुले एउटा प्रण गरेका थिए ‘बरु घास खान तयार छौ तर परमाणु बम सहितको शक्तिशाली देश बनाएर नै छोड्नेछौ ‘ जुन आज साकार भएको छ l आज हजारौ नेपाली युबाहरुको लागी कोरिया सपनाको देश बनेको छ | ५० बर्ष अगाडी युद्दबाट ग्रस्त भएर भोकमरी लाग्दा नेपालले खाद्यान्न सहयोग गरेको देश कोरियामा आज म पनि गुलाम गर्दैछु l मसहित तीसौ हजार नेपालीहरु कोरियामा स्वचालित मेसिनहरुसंग प्रतिसेकेन्ड पैठाजोरी गर्छन l झन्डै यो पाच दशकको अन्तरालमा कोरियाले अथाह चमत्कारिक विकास गरेर एसियाकै चौथो आर्थिक सम्पन्न मुलुक बन्न सफल भएको छ l पाइलै पिच्छे भेटिने उद्योगहरुमा कोरियाले बार्षिक पचासौ हजार बिदेशी कामदार हरु भित्र्याउछ l कच्चा पदार्थ आयात गरेर प्रसोधन गरि कोरियामा उत्पादन गरिएका बस्तुहरु विश्व बजार भरी निर्यात हुन्छ l यहाका जनताहरुको मासिक आय झन्डै ३ हजार डलर भन्दा बढी छ l तर हामी कोरियनहरुसंग बेतुकले गर्ब गर्दै अझै भन्ने गर्छौ ‘५० बर्ष अगाडी हाम्रो देशले तिमीहरुलाई खाद्यान्न सहयोग गरेको थियो ‘ यो भनाइ मा कतिको अर्थ छ मलाई थाहा छैन l तर म सोच्दै छु अब मेरो देशलाई पनि जादुको छडी चाहिएको छ |

 

भुकम्पबाट भएको जनको क्षतिलाइ हामी कुनै कुरासंग तुलाना गर्न सक्दैनौ l मृत आत्माहरुप्रति चीर शान्तिको कामना गर्दै मृतक परिवारहरूप्रति गहिरो समबेदना ब्यक्त गर्दै घाइतेहरुप्रति अन्तरात्माले शीग्र स्वास्थ्य लाभ को कामना गर्दछौ l तर अथाह भौतिक संरचना र अमुल्य सम्पदाहरु ढले पनि नेपाली मन ढलेको छैन l ती पक्कै छिटै उठ्ने छन् l अब चिन्ताको शिखरमा पुगेर हेर्नु भन्दा ध्वंश भएको भुइको माटोलाई हेरेर जतिसक्दो छिटो भाग्नाबशेस सम्याउन तिर लाग्नु पर्छ त्यसको लागि चिन्ता होइन सामुहिक चिन्तनको आबश्यकता छ l हामी सबैको चिन्तनमा कम्पन आउनुपर्ने छ l निजी स्वार्थ त्यागेर आफ्नो तर्फबाट देशलाई थोरै भए पनि न्याय दिनुपर्ने बेला छ यो l नेताहरुका लागि राजनेता बन्ने अवसर छ यो l हाम्रो लागि देश सेवा गर्ने समय हो यो l बिदेशिएका हरुका लागि बिदेशमा सिकेको ज्ञान , शीप र पुजीलाई लिएर नेपालमा लगानी गर्ने अवसर हो l अनि भुकम्प पश्चातको सुन्दर र सम्पन्न राष्ट्र पुस्तालाई छाडेर आफुले सुनौलो अक्षरमा नाम लेखाउने बेला हो यो |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...