Advertisement
SKIP THIS

हुण्डीबाट रेमिट्यान्स नपठाउन राष्ट्र बैंकको आग्रह


फोनिज कोरिया संवाददाता

काठमाडौ – हुण्डीमार्फत रेमिट्यान्स नपठाउन कामदार वर्गमा राष्ट्र बैंकले आग्रह गरेको छ। हुन्डीमार्फत रकम पठाउँदा विदेशी मुद्राको सञ्चितीमा कमी आउने भएको भन्दै राष्ट्र बैंकले सो अनुरोध गरेको हो। हुन्डीबाट रकम पठाउँदा गैरकानुनी बाटोको अवलम्बन गरिएको ठहर हुने र विदेशी मुद्रा सञ्चितीमा कमी आउने भएकाले वित्तीय संस्थामार्फत रकम पठाइदिन नेपाल राष्ट्र बैंकका प्रवक्ता मीनबहादुर श्रेष्ठले सबैलाई आग्रह गरे।
मिडिया इन्टरनेसनलले आज राजधानीमा आयोजना गरेको ‘भूकम्पपछिको विप्रेषण’ विषयक अन्तरक्र्रिया कार्यक्रममा श्रेष्ठले विदेशी मुद्राको सञ्चितीको मुख्य आधार वैदेशिक रोजगारबाट प्राप्त मुद्रा नै भएकाले गलत बाटो अवलम्बन नगर्न अनुरोध गरे।
पहिले पहिले वैदेशिक रोजगारमा जाने अधिकांश कामदारले विदेशबाट रकम पठाउँदा हुन्डीमार्फत पठाउने चलन थियो । हुन्डीमार्फत रकम पठाउँदा नगद प्राप्त गर्ने व्यक्तिको निवासमा नै रकम पु¥याइन्थ्यो तर हिजोआज विप्रेषण रकम वितरण गर्ने कमर्सियल बैंक, वित्तीय संस्था तथा कम्पनीमा धाउनुपर्ने प्रचलन छ ।
विप्रेषण रकम वितरणमा काम गर्दै आएको आइएमई कम्पनीका प्रतिनिधि सुमन पोखरेलले अझै १० प्रतिशत कामदारले हुन्डीमार्फत रकम पठाउने गरेको र त्यो वर्गलाई निरुत्साहित गर्न सरकारले कामदार वर्गलाई सचेत गर्नुपर्ने राय व्यक्त गरे।
भूकम्पपछि लगातार गइरहेका परकम्पका कारण मुलुकको १४ जिल्लालाई क्षतविक्षत पारेको छ । सो क्षेत्रको पुनःनिर्माणका लागि विप्रेषण रकम सरल तरिकाले प्राप्त होस् भन्ने उद्देश्यले सरकारले विशेष छुटको व्यवस्था गरेका कारण विप्रेषण रकममा वृद्धि भएको अर्थमन्त्रालयका सहसचिव मधुसूदन पौडेलले जानकारी दिए।
चालु नौ महिनामा चार खर्ब २५ अर्ब विप्रेषणबापत प्राप्त भइसकेको छ । सो रकम गत वर्षको तुलनामा सात प्रतिशतले बढी हो । “विप्रेषण वढ्नुमा रोजगारदाता कम्पनीले नेपाली कामदारलाई पेस्की रकम दिनु र कामदारले सञ्चिती गरेको रकम पुनःनिर्माणका लागि तत्काल पठाउनु मुख्य कारण हो” बैंकर्स देवीप्रकाश भट्टचनले भने।
गत महिना रु ४४ अर्ब विप्रेषण प्राप्त भएको थियो । तर यो महिना रु ४७ अर्ब विप्रेषण प्राप्त भइसकेको छ । राष्ट्र बैंकका प्रवक्ता श्रेष्ठले प्राप्त विप्रेषण रकमको ७९ प्रतिशत अनुत्पादक क्षेत्रमा खर्च हुनु दुर्भाग्यपूर्ण भएको जानकारी दिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...