Advertisement
SKIP THIS

कोरियन क्वीज प्रतियोगितामा प्रथम स्थान हासिल गरी १ करोड वन जितिन मृनाल राईले


फोनिज कोरिया सम्बाददाता
सोल

दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयले आयाजना गरेको अन्तराष्ट्रिय क्वीज प्रतियोगितामा नेपाली चेली मृनाल राईले प्रथम स्थान हासिल गरी एक करोड वन (लगभग रु. १० लाख ) जितेका छन् । सेम्टेम्बर १५ तारिख कोरियाको राजधानी सउल स्थित कोरियन ब्रोडकाष्टिइ० सिस्टम (केवीएस) टेलिभिजनको कार्यलयमा आयोजित प्रतियोगितामा २३ देशका प्रतियोगिहरुलाई उछिनेर राई प्रथम भएका हुन् ।

कोरियन सरकारले आयोजना गरेको सो छैठौ अन्तराष्ट्रिय क्वीज प्रतियोगितामा नेपालले भने यसपाली तेस्रो पटक सहभागिता जनाएका थिए । नेपालमा आयोजना गरिएको दुई चरणको प्रतियोगितामा उत्कृष्ठ भएपछि उनी कोरिया आएका थिए । सो क्वीज प्रतियोगिताको लागि हरेक देशमा चरणबद्ध प्रतियोगिता गरी उत्कृष्ठलाई कोरिया बोलाउने गरेका छन् ।

कोरियामा २३ देशका प्रतियोगिलाई तीन समूहमा विभाजन गरी ३ चरणमा प्रतियोगिता गराइएको थियो । साथै व्यक्तिगतरुपमा सिधा प्रश्न उत्तरको चरण पनि पार गरी उनी पहिलो स्थानमा पुगेका हुन् । प्रतियोगितामा कोरियाको खानपान, रहन सहन र संस्कृतीबारे प्रश्नहरु सोध्ने गर्छन् ।

हाल काठमाण्डौ स्थित एचआरडी कोरिया नेपाल इपिएस सेन्टरमा कार्यरत राई कोरियामा ६ वर्ष अध्ययन गरी नेपाल फर्केका हुन् । राईले KDI SCHOOL OF PUBLIC POLICY AND MANAGEMENT  विश्वविद्यालयमा विकाश नीति बारे र हान्सङ् विश्वविद्यालयमा अंग्रेजी विषयमा अध्ययन गरेका थिए ।

सो क्वीज प्रतियोगितामा कम्बोडियाले दोस्रो स्थान हासिल गरी ५० लाख वन प्राप्त गरेका थिए। सो क्वीज प्रतियोगिता छुसकमा केविएस टेलिभिजनबाट प्रसारण गरिने राईले जनाए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • तमू धीं कोरियाको महाधिवेशन सम्पन्न, अध्यक्षमा तेज बहादुर गुरुङ सर्वसम्मत
  • एनआरएनए कोरियाको संरक्षकमा डा. प्रकाश धमला र लक्ष्मी गुरुङ चयन
  • सम्झनामा समर, समुद्र र सन क्रूज रिसोर्ट
  • कम्पनी मालिक र टोली प्रमुख दोषि ठहर, दुवैलाई जेल सजाय
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...