कोरियामा मनोज गजुरेलको प्रहसनसहित लगानी सम्वन्धि सेमिनार हुने


नेपालका चर्चित हाँस्य कलाकार मनोज गजुरेल कोरियामा रहेका नेपालीहरुलाई हसाउन कोरिया आउदै छन् । चर्चित गायिका मिना निरौलासहित हाँस्य कलाकार गजुरेल आगामि सेक्टेम्बर २ तारिख शनिबार थेगु र ३ तारिख आइतबार सौलमा हुने मनोरञ्जन तथा सेमिनार कार्यक्रमका लागि कोरिया आउन लागेका हुन् ।

किम्हे माइग्रेन्ट हाउसको आयोजना, एसियन फोरमको संयोजन र दोर्दी खोला जल बिद्युत कम्पनिको सहयोगमा नेपालमा सुरक्षित लगानी सम्वन्धि सेमिनार कार्यक्रमको आयोजना गरिने भएको छ । उक्त सेमिनारलाई विशेष मनोरञ्जनात्मक बनाउन  मनोज गजुरेलको प्रहसन सहित हालै निकै चर्चामा रहेको गीत काले दाइ काले दाइ र ठमेल बजारकी गायिका मिना निरौला प्रस्तुति रहने आयोजकले जनाएको छ । कोरियामा रहेका धेरै भन्दा धेरै नेपालीहरुको सहभागिता रहोस भन्ने अभिप्रायले निशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त कार्यक्रमको उदेश्य मनोरञ्जनको साथमा नेपालमा सुरक्षित लगानीको प्रर्वद्धन गर्नु रहेको छ । कार्यक्रममा कोरियाको अध्यागमन नीति र भिजा परिवर्तन सम्वन्धमा परामर्श दिने संस्थाका प्रतिनिधिले हालै जारी भएको E- 7-4 भिजा र F-2 भिजा प्राप्ती सम्वन्धमा पनि जानकारी दिने भएका छन् ।

कार्यक्रम सेक्टेम्बर २ तारिख शनिबार थेगुको तारा रेष्टुरेन्टमा बेलुकी पाँचबजेदेखि ९बजेसम्म र अर्कोदिन आइतबार सौलको जोगेसा गुम्बाको कार्यक्रम हलमा दिउँसो १ बजेदेखि ६ बजेसम्म हुने भएको छ ।  नेपालमा लगानीको क्षेत्र र अवसरको बारेमा विशेष प्रस्तुति रहने उक्त कार्यक्रममा लम्जङ्ग जिल्लामा निर्माणाधिन जलविद्युत परियोजनाको कोरियामा दोस्रो चरणको सेयर आवेदन पनि खुल्ला गरिने भएको छ । सेयर निबेदन दिनको लागि लगानीकर्ताको नागरिकता वा राहदानीको प्रतिलिपि १ प्रति र पासपोर्ट साइजको फोटो १ प्रति सहित सेयर आवेदन भर्न सकिने छ ।

के हो दोर्दी १ जलविद्युत आयोजना ?
दोर्दी खोला  जलविद्युत कम्पनी लिमिटेडले  दक्षिण कोरियामा   दोस्रो चरणको अग्राधिकार शेयर खुला गरेको  छ ।  दोर्दी १ जलविद्युत आयोजनाले  लमजुंगमा निर्माणाधीन १२ मेघावाट क्षमताको आयोजनाको लागि शेयर आवेदन खुला गरेको  हो ।
तीन बर्ष निर्माण अवधि रहेको आयोजनाको लागत दुइ अर्ब २९ करोड रहेको छ । दोर्दी खोला खोला जलविद्युत कम्पनी लिमिटेडले  यस आयोजना निर्माण गर्न बिद्युत खरीद विक्री सम्झौता, बृस्तित डिजाइन , वाताबरणीय अध्ययन,  परियोजना सम्मको पहुच मार्ग निर्माण सकिसकेको छ  र हालमा कर्मचारी तथा कामदार आबाश, पावर हाउस, बाँध निर्माणस्थल र पाइपलाइन राख्ने ठाउको जमिन कटान/मिलानको काम (ल्याण्ड अएलाइनमेन्ट) को काम गरिरहेको छ।

अग्राधिकार शेयर, परियोजना सम्पन्न हुनु अगावै स्वत साधारण शेयरमा परिवर्तन हुनुका साथै  अग्राधिकार शेयरमा बार्षिक ७.५ % प्रतिफल  दिने कम्पनीको योजना रहेको छ । परियोजनाको भविष्यको आयव्ययको आकलन अनुसार लगानी कर्ताले शेयर बजारबाट प्राप्त हुने प्रतिफल बाहेक बार्षिक १७ प्रतिशत आयोजनाबाट लाभांश प्राप्त गर्नेछन ।

निर्माण सम्पन्न हुनु पुर्व ब्याजको रुपमा ७.५ प्रतिशत लगानीकर्ताहरुलाई कम्पनीले प्रतिफल प्रदान गर्नेछ । आयोजना सम्पन्न पश्चात  उक्त प्रतिफल पनि स्वत साधारण शेयरमा परिणत हुनेछ ।  परियोजनाको निर्माण कार्य सुरु भैसकेको छ भने सम्पन्न हुने मिति २०१९ को डिसेम्बर महिना रहेको छ। आगामी अशोजबाट पावर हाउस, बाँध निर्माणको मुख्यकाम सुरुहुने छ, हालमा निर्माण ठेकेदार छनौट भएर अन्तिम सम्झौता हुने चरणमा छ। सम्झौता पश्चात तोकिएका ठेकेदारले साइटमा काम सुरु गर्ने छन।

आयोजनाको लागि सानिमा बैंकको नेतृत्वमा लक्ष्मी बैंक,कृषि विकास बैंक कैलाश विकास बैंक र यति विकास बैंक बीच ऋण सम्झौता भएको छ  ।  साधारण शेयरमा परिवर्तन हुने आग्राधिकार शेयर भएकोले लगानीकर्ताको जोखिम न्युन हुनुको साथै  साधारण शेयरमा परिवर्तन हुने भएकाले लगानीकर्ताले उच्च प्रतिफल प्राप्त गर्नेमा पूर्ण बिश्वस्त हुन कम्पनिले लगानीकर्तालाइ सुझाएको छ  ।  आयोजनाको निर्माण पश्चात यसको शेयर सर्वसाधारणलाई विक्री गरी नेप्सेमा सुचिकृत गरीने योजना रहेको कम्पनीले जानकारी गराएको छ ।

लगानीकर्ताले न्यूनतम एक लाखको अग्राधिकार शेयर खरिद गर्नुपर्ने हुन्छ । दक्षिण कोरियामा सोल ,सुवन, थेगु ,बुसान ,आन्सान लगायतका शहरबाट  शेयर आवेदन दिन सकिनेछ ।  दोस्रो चरणको आबेदन दिने समय ०१ सेप्टेम्बर देखि ३१ अक्टुबर २०१७  सम्म रहने बताइएको छ।

क्लिन इनर्जी डेभलपमेन्ट बैंकद्धारा प्रवर्धित कम्पनी सि.ई.डि.बी हाइड्रो फण्डले यस अघि लमजुङ जिल्लामा ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ भने ११ मेघावाटको तल्लो खारे खोलाको निर्माण कार्य तिब्र गतिमा भइरहेको छ ।

यसै कम्पनीले गत साता मात्रै रुकुममा ४.३ मेघावाटको अर्को आयोजना रुकुम गाड जलबिधुत आयोजनाको निर्माण अनुमति प्राप्त गरेको  छ भने ४५ मेवा को कसुवा खोला परियोजना पनि आगामी वर्षमा निर्माण सुरु हुने बताइएको छ।  कम्पनीमा  हाईड्रो र बैंकिंगमा दुइ दशक बढी अनुभव भएका व्यक्तिहरु रहेको  संचालक समिति छ । यसका अवला अन्य केहि परियोजनाको सर्वेक्षण अनुमति प्राप्त गरेर अध्यन कार्य अगाडी बढाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...