Advertisement
SKIP THIS

एनआरएन कोरियामा उम्मेदवारी दिनेको लर्को


मेरो जीवनको सबैभन्दा उर्जाशिल समय बिताइ रहेको देश दक्षिण कोरिया। बिगत केही समयदेखि यस भुमीमा परिश्रम गरि रहेको छु। सुरुको दिनबाट नै कोरियामा गठित नेपाली समुदायको विभिन्न संघ सस्थासग नजिकै रहेर सहयोग र सहकार्य गर्दै नियाली रहेको छु।
सन् २००३ मा पहिलो पटक गैरआवसिय नेपाली द्वारा आफ्नो संगठनको आवश्यकता महसुस गरि काठमाडौ बाट सुरु गरेको संस्था NRNA सन् २००६ मा दक्षिण कोरिया हुँदै बिश्वब्यापी रुपमा आज लोकप्रियता पाइरहेको छ। त्यही सिलसिलामा सेप्टेम्बर १० तारिकको दिन आउन लागेको अधिबेशनले कोरियाको माहोल निकै तातेको छ।बिश्वब्यापी रुपमा फैलिएको यस संस्थाले आफ्नै छुट्टै गरिमा बोकेको छ।संस्थाको आफ्नै मुल्यमान्यता,नियम, कानुन ,कार्यक्षेत्रहरु छ्न।
“नेपालीको लागि नेपाली” मुल नाराको साथ खोलिएको यो संस्था हाल कोरियामा भने आफुलाइ नेपाली समुदाय सामु नेपालीको हितको निमित्त खोलिएको संस्था हो भनेर परिचित गर्न हम्मे हम्मे परिरहेको छ। झन्डै चालीस हजारको हाराहारीमा श्रम बेचिरहेको दक्षिण कोरियामा श्रमिकको समस्या किन NRNA आफ्नो प्रमुख एजेन्डा कागजमा मात्र बनाउछ ।दिनदिनै आत्माहत्या समस्यले बिकराल रुप लिइ सक्यो अन्य कामदारको सामान्य देखिने तर ज्यानै सम्म लाने समस्या त कति हो कति।
पछिल्लो समय बढ्दो विद्यार्थी संख्या अनि तिनको समस्या उस्तै छ। यहाँ रहेको श्रमिक र विद्यार्थी अत्याधिक मात्रमा मानसिक तनावमा रहेको पनि पक्कै जानकार नै छ होला? सम्बन्धित निकाय। पटकपटक सम्बन्धित निकाय समक्ष केही मोटिभेसनल कार्यक्रम गरौ समस्या समाधान र न्यूनीकरण सम्बन्धी कसरी कुन उपाय लगाउन सकिन्छ भनेर अनुरोध नगरिएको पनि होइन।हुन त श्रद्धाञ्जली सभामा अथितिको ब्याज भिरेर मैन जलाउदा आनन्द मान्नेहरुलाई यी सबै कुरा फगत लाग्दो हो। देशको इज्जत लिलाम राखेर शरणार्थी भिसा बोकेर होस या अबैधानिक हुन्डी कारोबारि सबै NRNA प्रतिनिधित्व गर्न भनि अघि आएको छ्न।यी अबैधानिक ब्याक्तीबाट आम श्रमिक र देशले के आशा राख्ने? सदैव यो संस्थाको पारदर्शितामा प्रश्न उठिरहन्छ।
नेपालीले आफ्नो रगत श्रम बेचेर केही राम्रो होला भनेर नेपाल हाउस हाम्रै आफ्नो बनाउन बिशाल कार्यक्रम गरि उठाएको रकम समेत हिजोआज पाहुना बनेर बसि रहेको दुईचार दिन अघि मात्र अन्लाईन पत्रीकामा आएको थियो।किन यस्तो गम्भीर बिषयहरुमा हेलचेक्राइ गरिन्छ। विश्वको बिस्वस्नियताको उदाहरणीय देशमा बसेर बिश्वसामु बिश्वास बोकेको संस्था बाट किन नियम र कानुनको धज्जी उडाइन्छ।लगभग सबै निर्वाचनमा होमिएको प्रतिनिधिको बिगत र बर्तमान हेर्ने हो भनि देशमा वैदेशिक लगानी भित्र्याउन प्रतिबद्धता पाइन्छ ।
अहिले सम्मको इतिहासमा NRNA कोरियाको पहल मा कहाँ र कति भित्राइयो। पूरा गर्न नसकिने प्रतिबद्धता किन हामी माझ ल्याइन्छ। सबैले संस्था दर्ता गर्छु भनी सुरुमा प्रतिबद्धता ल्याउछ तर जिते पछि कुरामै सिमित राख्छ। साम दाम दण्ड भेद सबै लागाएर जातिय, क्षेत्रिय र राजनीतिक सहयोग लिएर पद हत्याउछन।पद पाए पछि नेपालको नेताहरु झै पछि ब्याच , आषन र भाषण भन्दा बढी अरु काम गर्दैनन।खाली अरुलाइ गाली गर्दै, अरुको आलोचना गरेर आफू राम्रो र चोखो बन्नु सिवाय अरु केही सोच्दैनन। यो बर्तमान कार्यसमितिको नेतृत्वले घाम जतिकै छर्लङ्ग देखाइसकेको छ।
संस्थाको नाममा पदको दुरुपयोग गर्दै ब्यक्ती हाबी हुने र आफ्नो ब्यक्तिगत लाभको ब्यबसाय संचालन गरेर आफैले आफैलाइ बरिष्ठ समाज सेवि कहलाउदै आफैले प्रचार गरेको देख्दा देखाउनेलाइ भन्दा हेर्नेलाइ लाज भन्ने जतिकै भान हुन्छ। देशको उपल्लो निकाय सम्म सहजै पहुच राख्ने NRNA जसलाइ सबै यहाँको ब्यावस्था र अवस्थासग जानकार छ तर पनि किन राष्ट्र बैकसंग सहकार्य गरि हामी बाट पठाइने रेमिटेन्सको बैधानिक बाटो खोज्न लागि पर्दैन? के NRNA कोरिया नेताकार्यकर्ता स्वागत र बिदाइ अनि रात्रि भोज गर्नलाइ मात्र खोलिएको संस्था हो? दुखको साथ भन्नू पर्छ श्रमिक भिसामा कोरिया भित्रिएको तीन महिनामा आधिकारिक NRNA सदस्य स्वंएम म आफू पाएको छु।यी बिबिध बिषयहरुमा जिम्मेवारी निभाउनु संस्थाको दायित्व हैन र? तर संस्था स्थिर हुन्छ संस्थालाई चलायमान र कृयाशिल बनाउने कार्य त्यस संस्थाका जिम्मेवार पदाधिकारीहरुको हो। यदि सहि ब्यक्ती र टिम आएमा संस्थाले गति पाउछ ।
नकारात्मक सोच भएका खराब आचरण भएका ब्यक्तिहरु हाबि भएमा संस्था निष्क्रिय देखिन्छ।अझ लामो समय सम्म कोरिया बाहिर बसि संस्थाको प्रमुख स्थान ओगटि संस्था चलाउन थाले पछि संस्थाको के हालत होला? कुनैपनि ब्याक्ती संस्थाको कार्यसमितिमा आउनु पुर्ब नै निजको भिसाको प्रकार भिसा अवधी अबैधानिक काम गरिरहेकी छ या छैन। संस्थालाई आवश्यक मात्रामा समय दिन सक्ने ब्याक्ती हो या हैन किन यी विविध बिषयमा आधिकारिक ब्याक्ती खोज्नु पर्ने अवस्थामा मौन बस्छन् ।फलस्वरूप गतसाल मात्र संस्थाको सचिव जस्तो गरिमामय पदमा रहेको ब्याक्ती द्वारा अनेकौं श्रमजीवी बर्गमा कुठाराघात गरियो।फेरि यस्तै अनुहारहरु अनेक रुप लिएर आउन सक्छ्न आधिकारिक निकाय बेलामा चनाखो भए संस्थाको गारिमा अझ बढ्ने छ।
देश बाहिरको समाज सेवा अझ NRNA प्रतिनिधित्व गर्ने जो कोहि किन नहोस।गोजिमा गाँठ र मनमा आट भएको आउन आवश्यक छ।दुई चार लाखमा आनाकानी गर्ने भए आफ्नो काम गर्दै बसौ।संस्थामा केही लिन हैन केहि दिन नै आउने हो। बरिस्ठहरुको शब्दमा फेसबुके समाजसेवा गरेरै किन नहोस धन्न देशको गौरवको आयोजनाहरु धुर्मुस सुन्तली फाउन्डेसन,राष्ट्रिय आविष्कार केन्द्र लगाएतको हरेक क्षेत्रमा एकहुल साथीहरु लागि रहेर सिङ्गो कोरियाबासी नेपालीको सान बढाइरहेको छ्न।
खैर अन्त्यमा नेपथ्यले आवाज भरेको रबिन्द्र मिश्रको शब्द सम्झिए,
“विगतबाट सिक्ने हो
बोकी हिँड्ने हैन
अल्झी बसे एकै ठाउँ
शिखर देखिँदैन
उहिलेको पीडा भुल्न
सकौँ मनको मैलो धुन
सकौँ धुन सकौँ धुन
सकौँ हे अनि पो नेपाली
हामी नेपाली”
फेरि पनि आउदो अधिबेशन कोरिया NRNA को कोसेडुङ्गा साबित होस।सबैमा शुभकामना ।
(लेखक स्वतन्त्र राष्ट्रप्रेमी नेपाली एकताका अभियन्ता हुनुहुन्छ )

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...