कोरियाले नेपालीहरुलाई पैशाको साथमा यस्ता कुराहरु पनी दिएको छ


 वर्तमान समयमा रोजगारीको लागी ठुलो गन्तब्य स्थान बनिरहेको दक्षिण कोरिया नेपालीहरुको लागी पनी मुख्य रोजाईको ठाउँ नै बनेको छ । ईपियस प्रणाली लागु भएबाट नेपाल लगायत करिब १५ देशका कामदारहरु रोजगारीको लागी कोरिया आइरहेका छन । अन्य देशको तुलनामा नेपालीहरुको संख्या कम मानिए पनी यो संख्या दरमा वृद्धी हुने क्रम जारी छ, अहिले करिब ५० हजार भन्दा बढी नेपालीहरु रहेको अनुमान गरिन्छ । हुन त योग्यता र सीप भएकाहरुको लागी ईपियस प्रणालीलाइ त्यती राम्रो नमाने पनी नेपालको वेरोजगारी समस्या र कोरियामा दुख गरे अनुसारको पैशा हुनाले बाँकी सबै कुरा विर्साएर अहिले एक रोजाइको गन्तब्य मुलुक बनेको छ कोरिया ।
सोझो रुपमा हेर्दा दुख गर्न सक्नेहरुलाई कोरियाले दिएको पैशा भएपनी यहाँबाट नेपालीहरुले अन्य धेरै कुरा  पाइरहेका छन । यहाँका विभिन्न समस्या, दुख, दुर्घटना, मृत्यू तथा आत्महत्या जस्ता नकारात्मक पाटाहरु अर्कोतिर भएपनी राम्रा र महत्वपुर्ण पाटाहरुलाई विर्सन भने पटक्कै सकिंदैन । दुख गर्न सक्ने नेपालीहरुलाई पैशा वाहेक कोरियाले दिएका केही मुख्य कुराहरुलाई यसरी हेर्न सकिन्छ :-
१. अभिवादन र सत्कार – आफु भन्दा ठुलो उमेरका आफन्त वा गुरु, मालिक-मान्यजन आदी प्रति गरिने अभिवादन कोरियामा साँच्चै महत्वपुर्ण हुन्छ र मानिन्छ। प्रतेक दिन गरिने अभिवादनले विशेष सांकेतिक अर्थ नै बोकेको हुन्छ,कोरियन भाषा नै नजाने पनी गरिने अभिवादनको वानीले एक-अर्कामा आपसी समझदारी बढाईदिन्छ जुन विदेशी कामदारहरुको लागी झनै महत्वपुर्ण हुन्छ । नेपालमा पनी यसको सहि प्रयोग गर्न सके फाइदै-फाइदा हुन्छ । यस्तो अभिवादनको वानी नेपालीहरुमा पनी बसेको हुन्छ जुन राम्रो पक्ष हो ।
२. कामको महत्व – कोरियनहरुको सबै भन्दा पहिलो कुरा नै काम हो। कामलाई चिनेर, यसको महत्व बुझेर नै आजको यो कोरिया भएको हो । छिटो – छिटो र मेहनत साथ भन्ने त कोरियनहरुको कामको मन्त्र नै हो । त्यसैले त भनिन्छ कोरियनको प्यारो हुनुछ भने काम गर्नुपर्छ । कोरियामा काम गर्न सकेको वा एक बर्ष भन्दा बढी काम गरेर नेपाल गएको कुनै पनी नेपालीले, जस्तै किसीमको काम गर्नसक्छ अर्थात काम र यसको महत्वलाई चिनेको हुन्छ । यो नेपालीले पाएको महत्वपुर्ण कुरा हो ।
३. काम गर्ने, ईच्छा-जोस र तरिका – कोरियामा दुख गरेर गएको ब्यक्तिले, खेतीपाती-पशुपालन,ब्यापार-व्यवशाय आदीमा बडो उत्साहको साथ बैज्ञानिक र व्यवसायिक तरिकाले गर्दछ । हिजोआज जसका उदाहरणहरु प्रसस्त मात्रमा देख्न सकिन्छ । धेरै नेपालीहरले सफल बन्दै नाम र दाम समेत कमाइसकेका छन् जुन अर्को प्राप्ति हो ।
४. सहयोगी भावना र सत्य व्यवाहार – राम्रा नराम्रा कुराहरु सबै क्षेत्र र ठाउँमा हुन्छन तर परेको वेला कोरियनहरुले साँच्चै नै खुलेर सहयोग गर्छन, आफु र अर्कोमा फरक देख्दैनन्। कोरियनहरुको आनीवानी वास्तवमा नै राम्रो हुन्छ, अर्काको सामान कहिल्यै लादैनन/ टिप्दैनन् । बरु भेट्टाएको सामान कसरी हुन्छ दिने प्रयासमा हुन्छन । कोरिया बसेर गएका नेपालीहरुमा पनी यसको प्रभाव अवश्य पर्दछ जो अति नै राम्रो कुरा हो ।
५. कानुनको पालना – कानुनको पुर्ण पालना भएका विश्वका उदाहरणिय देशहरु मध्ये कोरिया पनी एउटा हो। यहाँ कानुनको पुर्ण पालना गरिन्छ, अरुको चोरी नगर्ने, यातायात र बाटोको नियम पालना, भ्रष्टचारीलाई तुरुन्त कार्वाई, अरुलाई अवरोध र असर नपुर्याउने आदी-आदी …।
यस्तो वातवरणमा बसेर गएका नेपालीहरुको वास्तवमा नै आफ्नो जिवनमा ठुलै प्रभाव परेको हुन्छ जुन नेपाल र नेपालको लागी सकारात्मक कुरा हुनआउँछ । एक पल्ट सिकेको कुरा काहिं न काहिं काम लाग्छ भनेजस्तै यो अनुभव /ज्ञान अवश्य काम लाग्छ यो पनी ठुलै उपलब्धि हुनआउँछ ।
६. आफ्नो देशको माया – कोरियनहरुले देशलाई यती माया गर्छन की बोल्दैपिच्छे हाम्रो देश, हामी कोरियन भन्छन् …। उनीहरुको संस्कृति, भेष-भुसा, शैली अनी परम्परालाई कति सम्मान र उच्च स्थान दिन्छन । उनीहरुको प्राकृतिक स्रोतहरुलाई अति धेरै माया अनि जगेर्ना र संरक्षण गर्छन । यो देख्दा र हेर्दा हामी नेपालीहरुलाइ पनी कहिले नेपाल जानु र यस्तै गर्नु, जन्म भुमीमा पसीना बगाउनु, परिवारसंग रमाउनु आदी-आदी जस्ता कुराहरु मनैबाट मडारिएर आउँछन । जसबाट हाम्रो सोचाइ र हेराईमा परिवर्तन पक्कै आउँछ ।
७. विकास र प्रविधी – ठुलो मेहनत र कडा परिश्रमबाट छोटो समयमा विकास र प्रविधीमा फड्को मारेको देश हो कोरिया । यहाँको विद्युत,यातायातका साधन,पुल-बाँटो, भवन, बैंकिङ प्रणाली,शिक्षा-स्वास्थ्यको तौरतरिका, खानापान, व्यापार-व्यवशाय आदी-ईत्यादी साँच्चै प्रभावकारी र सम्झन लायक हुन्छ । थोरै समय नै भए पनी यस्तो वातवरण र भोगाईमा दिन-रात विताएका नेपालीहरुले धेरै कुराहरु सिकेकाछन, सिकिरेका छन अनी गरिरहेका छन ।
यसैको एक उदाहरण मान्न सकिन्छ हाईड्रोपावरको लगानी, बाटो-घाटो अनि पुल र वैंकिङ आदी क्षेत्रहरुमा कोरियन नेपाली संस्था र नेपालीहरुको लगानी । असम्भव भन्ने कुरा केही पनी छैन जो कोरियामा भएको छ त्यो नेपालमा हुन यती मात्र हो की समय फरक पर्ला ..।
ईपियस प्रणालीका राम्रा-नराम्रा पक्ष हुँदाहुँदै पनी, यसलाई सुधारीनुपर्छ भनेर आवाज उठीरहेपनी, पैशामा काम साटिएको अन्य केही नभएको भनेर टिप्पणी गरिएपनी हामीले पसिना बगाए वापत राम्रो पैशा मात्र पाएको छैनौ प्रत्यक्ष-अप्रत्यक्ष रुपमा अन्य धेरै कुराहरु पाएकाछौं । त्यसैले कोरियाबाट पैशा मात्र हैन अन्य धेरै कुरा पाएकाछौं यसमा दुई मत कसैको नहोला ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...