Advertisement
SKIP THIS

नेपाली सम्पर्क समिति दक्षिण कोरियाको अध्यक्षमा केसी निर्बाचित


सोल,

दक्षिण कोरियाको पुरानो संस्था मानिने नेपाली सम्पर्क समिति (एनसीसी) को अध्यक्षमा अञ्जु केसी निर्बाचित भएकी छिन् । आइतबार भएको संस्थाको १६ औ अधिबेशनले उनलाई निर्बाचित गरेको हो । केसी संस्थाको पहिलो महिला अध्यक्ष पनि हुन् ।

सउलमा सम्पन्न १६ औ अधिवेशनमा भएको निर्वाचनमा केसीले जित बहादुर गुरुङलाई पराजित गरेकी हुन् । अधिवेशनमा  खसेको ७ सय ७९ मत   मध्ये ४८४ मत केसीले पाएकी थिइन भने गुरुङले २८८ मत पाएका थिए । त्यस्तै बरिष्ठ उपाध्यक्षमा प्रकाश ढुंगाना (४०५मत), उपाध्यक्षमा श्री प्रसाद श्रेष्ठ (२८० मत) , महासचिवमा निर्मल कुमार बेल्वासे (२६० मत) , सचिवमा पत्रकार कृष्ण बस्याल (४१६ मत), कोषाध्यक्षमा राजकुमार स्याङताङ (४१७ मत) र सह–कोषाध्यक्षमा विष्णु प्रसाद घिमिरे (३४५  ) मत ल्याई  निबार्चित भएका छन् ।

नयाँ कार्यसमितिको लागि भूषान क्षेत्रबाट उपाध्यक्ष गोपिन्द्र कुमार कठायत र सचिव नविन केसी निर्विरोध चयन भएका छन् ।

२१ जनाको उम्मेदारी परेपनि २ जनाले फिर्ता लिएको थियो । अध्यक्षदेखि सदस्यसम्म १९ जनाको उम्मेदारी शुल्क बापत ४२ लाख वन रकम संकलन भएको निर्वाचन मण्डलका सदस्य लोचन राईले जनाए ।

राजदूत अर्जुन जंगबहादुर सिंहको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन गरिएको थियो । सउलको छोगेसा गुम्बाको हलमा अधिवेशन उद्घाटन गरिएपनि राती भएकाले नेपाल हाउसमा मत गनना गरिएको थियो । स्थानिय समय अनुसार रातको २ बजे तिर मत परिणाम घोषणा गरिएको थियो । अध्यक्ष केसी र गुरुइ०को प्यानल नै बनाएर निर्वाचनमा होमिएका थिए । मतदान क्रममा केही नक्कली परिचयपत्र समेत भेटिएको थियो ।

बुटवल निवासी अञ्जु केसी एक दशक भन्दा बढी समयदेखि गैर कानुनीरुपमा कोरियामा रहदै आएकी छिन् । उनी एनसीसीका पूर्व कार्यसमितीका वरिष्ठ उपाध्यक्ष थिइन् । पहिलो कार्यसमितीमा हुदा नै उनी नेपालीहरुको हरेक गगिविधीमा सक्रिय सहभागिता जनाउदै विरामीहरुलाई अस्पतालमै पुगेर भेट्ने र दुख परेकाहरुलाई आर्थिक सहयोग गर्दै आएकी छिन् ।

कुनै समय दक्षिण कोरियामा नेपाली दुताबास स्थापना हुनु अघि एनसीसीले दुताबासको झै नेपालीलाई पीर मर्कामा सहयोग गरेको चर्चा अहिले पनि हुन्छ । साथै बिभिन्न सामाजिक कार्यमा समेत संस्थाको उल्लेखनिय योगदान रहे पनि पछिल्लो समयमा एनसीसीले कोरियामा भएका भिबिन्न संघसंस्थालाई कार्यक्रम बाँडफाँडमा मात्रै समय बिताएको धेरैको आरोप छ । यसरी कार्यक्रम बाँढ्दा पनि सन्तुलन नभएको भन्दै जनजाति महासंघ दक्षिण कोरिया लगाएतका संस्थाले एनसीसी नै नमान्ने घोषणा गरि सकेको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...