Advertisement
SKIP THIS

किम जोङ उन भगवान हुन् कि शैतान ?


स्टेफन टमकिन्स
उत्तर कोरिया बाहिर कीम जोङ उनलाई शैतानको रुपमा चित्रण गर्ने गरिन्छ या आफ्नो ‘हेयर स्टाइल’का बारे टिप्पणि गर्ने लण्डनको एउटा हजामलाई पिटन भाडाका गुण्डा पठाउने गुण्डा या त एउटा मोटो ‘प्ले ब्वाइ’, जसलाई स्विजरल्याण्डको चीज, तीव्रगतिका कार र सुन्दर महिलाहरु मन पर्छन्।
 
तर उत्तर कोरियामा यी एक महाराजा हुन्, एउटा सर्वोच्च नेता, जसको आभामण्डलमा साक्षात भगवान विराजमान छन्। उनका जनता आफ्नो हात नकाटिउञ्जेल उनका लागि ताली बजाउँछन्।
 
उत्तर कोरियाको सरकारी मिडिया हरेक दिन किम जोङले देशभरी यात्रा गर्दै मार्गदर्शन गर्छन् भनेर देखाइरहन्छ। संसारभरी उनको छवि शैतानको रुपमा चित्रित छ। उनको पक्ष र विपक्षमा प्रचार गर्नेहरुले उनलाई या त दुनियाँकै असल नेता मान्छन् या त दुनियाँकै सबैभन्दा खराब।
 
मेरो पालो कहिले? भन्ने डर
 
दक्षिण कोरियाको एउटा गुप्तचर एजेन्सीले भर्खरै उत्तर कोरियाले सरकारी अधिकारीहरुको सफाई गर्न थालेको आरोप लगाएको थियो। यसले के देखाउँछ भने उत्तर कोरियाका विशेषज्ञहरुका लागि पनि उनको बारेमा बुझ्न कठीन छ। उत्तर कोरिया बाहिरका विशेषज्ञबाट त झन केही आस नै छैन।
 
केहीले के मान्छन् भने उनका बाबु इलका पालामा अहिलेकोभन्दा अवस्था अलि राम्रो थियो। किम जोङ-इलको समयमा कम्तिमा उनका नजिकका मान्छे बाँच्थे- सैनिक जनरलको जागिर तथा शीर त बच्थ्यो। कम्तिमा नेतृत्वका आसपास घेरिनेहरुले नेताको समर्थन गर्थे।
 
तर यतिबेला किम जोङ-उनका नजिकमा रहेका अधिकारीहरु पनि ‘अर्को टार्गेट म हुनसक्छु’ भन्ने डर पालेर बाँच्छन्। यसको कारण उनका संरक्षक तथा काका सोङग-थाएक तथा रक्षा मन्त्री ह्योन योंग-चोलको आकस्मिक हत्या। अचानक र अप्रत्याशित हत्याको डरले शक्तिमा भएका व्यक्तिहरुले कुनै हतकण्डा गर्न सक्ने सम्भावना पनि उत्तिकै हुन्छ।
 
लिड्स विश्वविद्यालयका अनुसन्धाता एडान कार्टर भन्छन्, ‘यदि राजभक्तहरुलाई म कुनै पनि बेला, बिना कुनै कारण मेरो हत्या हुनसक्छ भन्ने लाग्यो भने त्यसले राजाप्रतिको उनीहरुको सम्मानमा कमी आउँछ। त्यस्ता व्यक्तिहरुले राजाको साथ छोड्ने सम्भावना पनि बलियो हुन्छ।’ अथवा योभन्दा पनि खतरनाक पनि हुनसक्छ। ‘यदि शक्तिशाली व्यक्तिहरुले आफुलाई सुरक्षित भएको महसुस गरेनन् भने उनीहरु शक्तिको खिलाफ पनि जान सक्छन्।’ अनि उनीहरुले सोच्न थाल्छन्, ‘म कता सुरक्षित छु? राजसंस्थाको भक्तिमा या त्यसको विरोधमा?’
 
काम नलाग्दो विदेश नीति
 
पछिल्ला केही वर्षलाई हेर्ने हो भने उत्तर कोरिया बाहिरका विश्लेषकहरुको नजरमा उत्तर कोरियाको नीतिमा कुनै तर्क नै छैन। जबजब उत्तर कोरियालाई विदेशी सहयोगको आवश्यकता पर्छ तब तब भयंकर बयानबाजीहरु चलाउने गरिन्छ। तर किम जोङ-उनमा आफूले गर्ने कामको उद्देश्यका बारे कुनै गुञ्जाइस छैन। कार्टर भन्छन्, ‘म तपाइँलाई उनको विदेश नीति के हो भने भन्न सक्दिनँ। कहिले उनी रुस पुगिरहेका हुन्छन्, अनि फेरि त्यसलाई त्यत्तिकै टुंग्याउँछन्।’
 
‘उनले दक्षिण कोरियाको सीमामा राखिएको औद्योगिक क्षेत्र कुनै उल्लेख्य कारण बिनानै बन्द गरिदिए। उनले केसोंगबाट कर्मचारी फिर्ता बोलाए, किन त?’ कार्टर प्रश्न गर्छन्। उत्तर कोरियालाई नजिकबाट नियालिरहेका विश्लेषकहरु पनि किम जोङ-उनको पहिलो तीन वर्षको काम गराइबाट प्रभावित नभएका देखिन्छन्।
 
दक्षिण कोरियाको बुसानमा डोन्गसेओ विश्वविद्यालयका प्राध्यापक ब्रायन मायर्सका विचारमा उन आफ्ना पिताजति बुद्धिमान छैनन्। उनी भन्छन्, ‘मलाई लाग्दैन कि किम जोङ-उन आफ्ना पिता बराबर बुद्धिमान छन्। मलाई त लाग्छ, उनले आफ्नो छविको प्रवर्द्धन नै गलत ढंगबाट गरे।’
 
अप्ठेरो बाटो
 
के छ त उत्तर कोरियामै किम-उनको स्थिति? मायर्स भन्छन्, ‘उत्तर कोरियामा उनलाई हामीले हेरे जसरी त्यहाँका जनताले हेर्दैनन्, तर उनीहरु मुर्ख छैनन्। हामीले जति सोचेका छौं, त्योभन्दा धेरै बुद्धिमान छन् त्यहाँका जनता। वास्तवमा उन यति युवा र यति मुर्ख छन् कि उनले आफूलाई जनताको अभिभावक भएको महसुस गराउनै सक्दैनन्। त्यसैले पनि आफ्ना पिताको जति प्रभाव पार्न उनले सक्दैनन्।’ -बीबीसी हिन्दि सेवाको नेपाली अनुबाद पहिलो पोस्टबाट

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...