Advertisement
SKIP THIS

एनआरएन लक्जेम्बर्ग द्वारा आयोजित युरोपेली भलिबलको उपाधी फिनल्याण्डको पोल्टामा


एनआरएन लक्जेम्बर्ग द्वारा आयोजित प्रथम अन्तर युरोपेली भलिबल प्रतियोगिता २०१७ को उपाधी फिनल्याण्डले आफ्नो पोल्टामा पार्न सफल भएको छ । युरोपमा रहेका नेपालीहरु माझ एकता, आपसी सद्भाव र भाईचारा बढाउने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गरेको थियो ।

खेलको फाइनलमा फिन्ल्यान्ड नेपाली समाजले एकता समाज फ्रान्सलाई २ को विरुद्ध १ ले पराजित गर्दै उपाधी सहित १५०० युरोका साथै शिल्ड र प्रमाण पत्र हात पारेको हो ।
सेमीफाईनलमा बेल्जियमलाई लाई २(० को सोझो सेटमा पराजित गर्दै फिन्ल्यान्ड फाईनलमा प्रवेश गरेको थियो ।

उपविजेता एकता समाज फ्रान्सले १००० युरोसहित प्रमाण पत्र हात पार्न सफल भयो । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने उपबिजेता टोलीका सागर पुनलाई सम्मान गरियो ।

आयोजक संस्था एनआरएन लक्जेन्बर्गलाई सेमिफाईनलमा हराउँदै एकता समाज फ्रान्स फाईनल पुगेको थियो ।
निकै रोमान्चक प्रतिस्पर्धा खेलमा पहिलो सेट जितेको फ्रान्सले दोस्रो सेट सस्तैमा गुमाएको थियो । तर तेस्रो तथा अनितिम सेटमा खेलमा फर्किंदै एकता समाजले फाईनल यात्रा तय गरेको थियो ।

एनआरएनका केन्द्रिय उपाध्यक्ष कुमार पन्तको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रमको अथितीहरुमा जनसम्पर्क समिति लक्जेम्बर्गका सभापति बालकृष्ण सापकोटा र गैर आवासिय नेपाली संघ आइसीसीका सदस्य हरिबहादुर खत्री रहेका थिए ।

एनआरएन लक्जेम्बर्गका नवनिर्वाचित अध्यक्ष नारायण गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई प्रवक्ता बालहरि राईले संचालन गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...