Advertisement
SKIP THIS

जनजाति पत्रकारलाई पुनर्ताजगी


यमकुमार वाइबा
हेटौंडा-मकवानपुरमा विभिन्न सञ्चार माध्यममा सक्रीय रहेका आदीवासी जनजाति पत्रकारहरुलाई शनिबारएकदिने पुनर्ताजगी एवम् अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरको व्यवस्थापन एवम् नेपाल आदीवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा कार्यक्रम भएको हो ।

 

 

कार्यक्रममा आदीवासी जनजाति पत्रकारहरुका लागि समाचार लेखनमा आदीवासी जनजातिका मुद्दा, सञ्चारमाध्यम र आदीवासी पत्रकारको सम्बन्ध, जनजाति पत्रकारका लागि अवसर एवम् चुनौतीका विषयमा पुनर्ताजगी एवम् अभिमुखीकरण गरिएको थियो । कार्यक्रममा नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) केन्द्रीय पार्षद् एवम् पत्रकारीता विषयका प्राध्यापक शुरेस श्रेष्ठले मकवानपुरमा पत्रकारिता र आदीवासी जनजाति पत्रकार, जनजाति पत्रकारको अवस्था, मकवानपुरे पत्रकारीताको ईतिहास र आदीवासी जनजाति पत्रकार लगायतका विषयमा अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । प्राध्यापक श्रेष्ठका अनुसार मकवानपुर जिल्ला आदीवासी जनजाति सममुदाय संख्यात्मक रुपमा बाहुल्य भएपनि पत्रकारिता क्षेत्रमा भने संख्यात्मक रुपमा न्यून उपस्थिति रहेको उल्लेख गर्नुभयो ।

 

 

मकवानपुरे पत्रकारीता ईतिहासदेखि हालसम्म जनजाति पत्रकारहरुको सहभागिता रहेपनि अझै संख्यात्मक एवम् गुणात्मक रुपमा उल्लेख्य नभएको उल्लेख छ । जनजातिहरुको लगानीमा विभिन्न सञ्चार माध्यमहरु स्थापना भएपनि दिगो नभएको समेत अवधारणापत्रमा प्रस्तुत गरिएको छ । यसैगरी सञ्चालनमा रहेका विभिन्न सञ्चार माध्यममा समाचार प्रमुख एवम् सम्पादकीय जिम्मेवारीमा आदीवासी जनजाति पत्रकारहरुको न्युन उपस्थिति भएको उल्लेख छ । कार्यक्रममा प्रमुख अतिथि एवम् फोनिज केन्द्रीय अध्यक्ष डण्ड गुरुङले पत्रकारीता गर्दाको सुरुवाती समय सम्झंदै पहिले र अहिलेको पत्रकारीतामा ठूलो फरक भएको बताउनुभयो । प्रविधिले गर्दा अहिलेको पत्रकारीतामा धेरै सहज भएको उल्लेख गर्नुभयो । उहाँले समयअनुसार आफ्नो क्षमता र सीप विकास गर्दै गएमा जनजाति पत्रकारका लागि अवसरहरु प्रशस्त रहेको प्रष्ट पार्नुभयो । पत्रकारीतामा मेहेनत र संघर्ष गरेरमा उचाईमा पुग्ने उल्लेख गर्नुहुँदै महत्वकांक्षी र हतार नहुन समेत आग्रह गर्नुभएको थियो । सञ्चार माध्यमहरु पूर्ण समावेशीका लागि लविङ भईरहेको उल्लेख गर्नुभएको थियो ।

 

 

कार्यक्रममा सहभागीहरुबाट सञ्चारमाध्यमा काम गर्दाको अनुभव समेत आदान–प्रदान गरिएको थियो । आदीवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष तिर्थबहदुर थापामगरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा फोनिज मकवानपुरका अध्यक्ष पुर्णिमा गोलेले कार्यक्रमको विषयबस्तुमाथि प्रकाश पार्नुभएको थियो ।

 

 

कार्यक्रममा जनजाति पत्रकारको व्यसायिक विकासका लागि जनजाति सम्बद्ध संघसंस्थाहरुले आवश्यक सहयोग गर्नुपर्ने बताइएको थियो । कार्यक्रममा तमु बौद्ध सेवा समितिका महासचिव टेक बहादुर गुरुङ, नेपाल आदीवासी जनजाति जिल्ला समन्वय समितिका उपाध्यक्ष भवसागर श्रेष्ठ, अधिवक्ता अमृत लामा, नेपाल जनजाति महासंघ मकवानपुरका सहसचिव जंगबहादुर गुरुङ, निवर्तमान सचिव अशोक सारुमगर, फोनिज मध्यमाञ्चल संयोजक कुमार नेगी लगायतले आदीवासी जनजाति पत्रकारका अवस्था र सञ्चार अभ्यासका विषयमा मन्तव्य व्यक्त गर्नुभएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...