Advertisement
SKIP THIS

उमसङ सहयोग समितिको राहत बितरण


श्रीराम भण्डारी
गुनासान -उमसङ नेपाली सहयोग समितिले भुकम्प पीडित राहत अभियान अन्तर्रगत पहिलो चरणको राहत बितरण सम्पन्न गरेको छ । समितिको पहलमा कोरियामा रहेका नेपाली तथा विदेशीहरुसँग आर्थिक संकलन गरी उक्त रकमबाट नेपालमा भुकम्प पीडितलाई राहत सामाग्री बितरण गरिएको हो ।

पहिलो चरणको राहत वितरण अन्तर्रगत सिन्धुपाल्चोकको बिकट किउल गाबिस वडा नं २ भिरर्खकमा रहेको तामाङ बस्तीमा बितरण गरिएको छ । सस्ंथाका पूर्व अध्यक्ष मनोज श्रेष्ठको नेतृत्वमा गएको टोलीले राहत स्वरुप पत्येक घरधुरीलाई एक÷ एक बोरा चामल साथै दाल, नुन, तेल, चिनी, चिउरा र बिस्कुट लगायत खाद्य सामागी बितरण गरेको छ ।

त्यस्तै संस्थाले राहत बितरण अभियान अन्र्तरगत नै गोरखामा पनि वितरण गरेको छ । गोरखाको मसेला गाविस वडा नं ३ मा रहेको विपन्न दलित परिवारमा जस्ता पाता वितरण गरिएको संस्थाका अध्यक्ष महेन्द श्रेष्ठले बताए । २० घरधुरी रहेको उक्त बस्तीमा अस्थायी घर निर्माण गर्न पुग्ने गरी बितरण गरिएको उनले बताए ।

संस्थाले राहत बितरणलाई निरन्तरता दिने जानाएको छ । दोसो चरणको राहत सहयोगमा भुकम्पबाट क्षतबिक्षत भएका शैक्षिक सस्ंथालाई पुनः निर्माणमा केन्द्रित रहेर सहयोग गर्ने संस्थाका कोषाध्यक्ष लालबाबु साउदले बताए । संस्थाका सदस्यहरुबाट मासिक आर्थिक संकलन गरेर भएपनि शिक्षा क्षेत्रमा सहयोग जारी राख्ने उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...