विदेशी भुमीमा नेपाली कलाको प्रवर्द्धन होस् भन्ने चाहन्छु, एलविक्रम राई


वैदेशिक रोजगारको क्रममा हाल दक्षिण कोरियामा रहेका एक नेपाली युवा चित्रकार यति बेला कोरियामै चित्रकला प्रदर्शनीको तयारीमा जुटेका छन् । रोजगार अनुमती प्रणाली ( ईपीएस) मार्फत ४ वर्ष अगाडि कोरिया आएका उदयपुर कटारीका एलविक्रम राई  कोरियाको व्यस्तताको बाबजुद पनि कलाकारितालाई अगाडि बढाइरहेका छन् । उनको कोरियामै यो दोस्रो चित्रकला प्रदर्शनी हो । सन् २०१५ मा पनि “थ्री ईन वन ” शिर्षकमा सोलो चित्रकला प्रदर्शनी गरिसकेको राईले यो पटक   “द बर्ड एन नेचर ” नामक एकल चित्रकला प्रदर्शनी गर्दै छन् । जुलाई २ तारिखदेखि प्रदर्शनीमा ल्याउन लागेका उनका चित्रकलामा चरा र प्रकृतिलाई समेटेका छन् । नेपालमै छँदा विभिन्न प्रदर्शनीहरु गरिसकेका उनै राईसंग दोस्रो चित्रकला प्रदर्शनीमा केन्द्रित रहेर फोनिजकोरिया डट नेटका लागि धन गुरुङले गरेको कुराकानीको अंश :-
 तपाईंलाई फोनिजकोरिया डट नेटमा हार्दिक स्वागत छ ।
धन्यवाद तपाईहरुको लोकप्रिय मिडियाको माध्यमबाट सम्पुर्ण नेपालीहरुसंग भेट्न पाउँदा खुसी लाग्यो । फोनिज कोरिया इन्टायर्ड टिम साथै सम्पुर्णलाई सादार नमस्कार ।
 कोरियामा दोस्रो चित्रकला प्रदर्शनी गर्दै हुनुहुन्छ तयारी कस्तो भैरहेको छ ?
 तयारी एकदमै राम्रो भैरहेको छ । प्रदर्शनीको प्रचारप्रसार प्रदर्शनीको प्रचारप्रसारदेखि लिएर अतिथिहरुलाई निमन्त्रणासम्मको सबै कामहरू सकियो । प्रदर्शनीलाई केन्द्रित गरेर तयार पारेका सबै चित्रहरु पुर्णतः तयारी अवस्थामा छ । फेरि दोस्रोपटक एकल चित्रकला प्रदर्शनीको तयारीमा रहँदा निकै उत्साहित पनि छु ।   सन् २०१५ मा पनि “थ्री ईन वन ” शिर्षकमा सोलो चित्रकला प्रदर्शनी गरेको थिए त्यतिबेलाको अनुभवलाई समेटेर प्रदर्शनीलाई अझ व्यवस्थित र राम्रो बनाउन निकै मेहनत पनि गरेको छु । समग्रमा भन्नुपर्दा तयारी एकदमै राम्रो भैरहेको छ ।
कस्ता खाले चित्रहरु प्रदर्शनीमा रहन्छन?
 शिर्षक नै “द बर्ड एन नेचर ” भएको हुनाले प्रकृति र चरासंग सम्बन्धित चित्रहरु प्रदर्शनीमा रहनेछ ।
 प्रकृति र चराविचको सम्बन्ध उजागर गर्न खोज्नु भएको हो ?
हो , प्रकृति र चराचुरुङ्गीविचको माया र सद्वभावलाई उजागर  खोजेको छु । त्यहि प्रकृतिको नियममा हामी पनि बाँधिएको छौँ । जसरी प्रकृति र चराचुरुङ्गी एकाअर्कामा परिपुरक छन मानिसहरु उनीहरु भिन्न कतै पनि छैनौं प्रकृतिले हामीलाई बाँधेको छ र चराचुरुङ्गीसंग हाम्रो समिप्यता बढाएको छ । हामीले प्रकृति र चराबाट पनि जीवन जिउने धेरै कलाहरु सिक्न सक्छौं भनेर देखाउन खोजेको छु ।
 निकै प्रकृतिप्रेमी हुनुहुन्छ जस्तो छ नि ?
 प्रकृतिलाई हामी सबै प्रेम गर्छौं नि । तपाईं पनि गर्नुहुन्छ । प्रकृतिप्रेमी भन्दा पनि प्रकृतिसंग सम्बन्धित चित्रहरु क्यानभासमा उतार्दा बढी आनन्द मिल्छ । एउटा कलामा लागेको सामान्य मान्छे म  सबै किसिमको चित्र कोरेर रङ्ग भर्न आतुर हुन्छु ।
 पहिलो एकल चित्रकला प्रदर्शनी पनि कोरियामै गर्नु भएको रहेछ । पहिलो प्रदर्शनी कस्तो रहेको थियो ?
 पहिलो प्रदर्शनी मध्यम रह्यो । मिहिनेत गरे अनुसारै सन्तुष्टि मिल्यो । नेपालमा अझै पनि चित्रकलासंग सम्बन्धित प्रदर्शनीहरुमा त्यति उत्साहजनक उपस्थिति देखिदैँन या भनौं चित्रकलालाई हामी नजिकबाट नियाल्दैनौँ यसको भित्री गहिराइमा पुग्ने प्रयास गर्दनौँ । परदेशको ठाँउमा पनि जुन उपस्थिति र चित्रकलाप्रेमीहरु मैले भेटे त्यसबाट एकदमै सन्तुष्ट छु विशेष गरेर पहिलो प्रदर्शनी सफल पार्न धेरै सहयोग गर्नु भएकोमा समाजसेवी जुनु गुरुङ्ग ज्युमा आभार प्रकट गर्न चाहान्छु नेपाली दूतावास कोरियाका पुर्व श्रम सहचारी अनिल गुरुङ्ग ज्यु, समाजसेवी/अग्रज दाइहरु लोचन चाम्लिङ्ग, बालकृष्ण बान्तावा , रबिन तामाङ्ग र आर्थिक तथा भौतिक सहयोग गर्नु हुने सम्पुर्ण मित्रहरुमा हृदय देखि धन्यवाद दिन चाहन्छु ।
पहिलो प्रदर्शनीको सफलताले दोस्रो प्रदर्शनी गर्न हौसला मिलेको हो  ?
 एकदमै मिलेको आभास गरिरहेको छु किनकी यस कुरामा कुनै दुइमत देखिन्न एउटा बच्चा खेल्न जति आनन्दित हुन्छ उसलाई खेलाउदा उ त्यति आनन्दले खेल्दछ । त्यसरी नै मेरो पहिलो एकल प्रदर्शनीबाट मिलेको सफलता र उपस्थित कलाप्रेमीहरुको मायाले गर्दा नै दोस्रो एकल प्रदर्शनी गर्न हौसला मिलेको हो ।
 कोरियामा कार्यक्रम आयोजना गर्न निकै गाह्रो छ । प्रायोजकबिना सम्भव पनि छैन तर तपाईं त नितान्त फरक धारको कार्यक्रम त्यो पनि दोस्रोपटक गर्दै हुनुहुन्छ । कसरी सम्भव भयो ?
पक्कै सोचेको भन्दा धेरै गाह्रो छ सायद सोलो चित्रकला प्रदर्शनी गर्ने कुरा झन भिन्न छ । दु:ख पछिको सुख र रात पछिको सुनौलो दिन सबैको लागि प्रिय हुन्छ सायद त्यहि कुराको कौतुहलताले कहिले छोडेन । हरेक देशको हरेक यथार्थ थाहा पाउने माध्यममा कला पनि एक हो । यहि कलाको माध्यमबाट म पनि नेपाली कलालाई केही टेवा पुर्याउन सक्छु कि भनेर कला क्षेत्रमा पाइला लम्काईरहेको छु । दोस्रो प्रदर्शनीमा ललितकला मञ्च कोरिया, किराँत राई यायोख्खा कोरिया र उदयपुर सेवा समाज कोरियाको साथले झनै उर्जा मिलेको छ ।
 कोरियाको यति व्यस्त समयको बाबजुद पनि कुची चलाईरहनु भएको छ कसरी मिलाउनुहुन्छ समयलाई ?
 समयको कुरा मलाई नै अचम्म लाग्छ । जहाँ ईच्छा त्यहाँ उपाय भनेझै समय अभावको बाबजुद पनि मलाई क्यानभासमा कुची चलाउने समय मिलिरहेको छ । वैदेशिक रोजगारमा आईसकेपछी काम नगरेर सुख छैन तर समयलाई मध्यनजर गरेर दैनिक कामबाट बचेको थोरै समयलाई पनि सदुपयोग गर्दै निरन्तर कुची र क्यानभास मै तल्लीन हुन्छु । त्यसैले समय पर्याप्त मिलेको आभास हुन्छ ।
 यसपालीको प्रदर्शनी कस्तो रहने अपेक्षा गर्नुभएको छ ?
 पहिलो प्रदर्शनी पनि कोरियामै गरेको हुनाले त्यतिबेलाको अनुभवलाई आत्मसात गर्दै भएका कमीकमजोरीहरुलाई सुधार गरेको छु । दोस्रो पटकको प्रदर्शनी अगावै सबैबाट मिलेको हौसला र प्रेरणाले यो पटक सोचेको भन्दा राम्रो हुने आशामा छु । साथै ओपनिङ्गको दिन छन्देरी ग्रुपको सांगीतिक प्रस्तुती र मेरो वरिष्ठ चित्रकार सिक्टन राई ज्यु र बाबू साईलाको लाईभ डेमोन्सट्रेशन रहने भएकोले अझ बढी आशावादी छु ।
 प्रसंग बदलौँ । को बाट प्रेरित भएर यो क्षेत्रमा लाग्नुभयो ?
बाल्यकालदेखि नै रंगहरुप्रती निकै आकर्षित हुन्थे । त्यो बेला म सायदै रंगहरु , कुची र क्यानभासको बारे जानकार थिए । जुन बेला रंगहरुमा म निकै घोत्लिन्थे । सबै मानिसमा हुने एउटा गड गिफ्ट भनेकै मेरो लागि क्यानभासमा रंग भर्नु जस्तो लाग्छ । जब स्कुल लेभल सकेर राजधानी छिरे लगत्तै फाईन आर्ट पढ्ने रहर भएर पनि कलेज पढ्ने वातावरण नमिलेर केही  समय पढाईलाई अरु नै विषयमै निरन्तर गरे । केहि समयपछि कला क्षेत्रका अग्रज व्यक्तित्वहरु पुर्ण वनेम , सिक्टन राई  र  लालकाजी लामासंगको भेटघाट र संगतले कलायात्रालाई अगाडि बढाउन सफल भए । निरन्तर साधनारत रहँदा चित्रकला क्षेत्रकै अग्रजहरु एनबि गुरुङ, बाबुराजा डेउला, बिके नरबहादुर, राम ठाडा र कमल गुरुङहरुको संगत र प्रशिक्षणले थप उर्जा थप्ने काम भयो । उहाँहरुकै साथ, संगत र प्रेरणाले नै आज कला क्षेत्रमा टिकेरहेको छु ।
 चित्रकार एलविक्रम राई बन्न कति समय लाग्यो ?
 मेरो कलायात्रा ११ औं वसन्तमा चलिरहेको छ चित्रकार एलबिक्रम राई बन्ने कोशिसमा छु अझै बनीसकेको छु जस्तो लागेको छैन मेरो मुल्यांकन गर्ने काम दर्शकदिर्घाहरुको हो । नेपाली चित्रकलालाई मेरो तर्फबाट पनि एउटा नयाँ आयाम दिने कोसिस गरिरहेछु । स्वदेश र विदेशमा जहाँ रहँदा पनि कला क्षेत्रमा भैरहेको मेरो निरन्तरताले चित्रकार एलविक्रम राई बन्छु कि भन्ने आशामा छु ।
अन्त्यमा मैले सोध्न बिर्सेको र तपाईंले भन्न चाहेको छ कि ?
अन्त्यमा मानिसको सभ्यता कलासंग जोडिएको एक पृथक साइनो हो । हाम्रो देश नेपाल कला सभ्यतामा निकै धनी छ । नेपाली कला सभ्यतालाई जगेर्ना गर्दै विदेशी भुमीमा पनि यसको प्रवर्द्धन गर्ने हेतुले ललितकला मञ्च कोरियाको आयोजना दोस्रो प्रदर्शनीको साथ फेरि तपाईंहरुको सामु आएको छु । जुलाई २ तारिखमा प्रदर्शनीको उद्घाटन कार्यक्रम र त्यसपछिको करिब १५ दिनसम्म रहने प्रदर्शनीमा उपस्थित भैदिनु हुन सम्पुर्णमा हार्दिक अनुरोध गर्दछु । मेरा कुराहरुलाई पाठकमाझ पुर्‍याउनुभएकोमा फोनिज कोरिया लगायत सम्पुर्ण ईन्टायर्ड टिमलाई धन्यवाद दिन चाहान्छु ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...