Advertisement
SKIP THIS

ग्लोबल आइएमइ बैंकले आगामी शनिबार र आइतबार किम्हे र थेगुमा सेवा उपलब्ध गराउने


फोनिज कोरिया संवाददाता
सोल

ग्लोबल आइएमइ बैंक नेपाल र इन्ड्स्ट्रियल बैंक अफ कोरियाले आफ्नो सेवालाई थप विस्तार गर्नको लागि आगामी शनिबार र आइतबार थेगु र किम्हेमा आफ्नो सेवालाई थप बिस्तार गर्ने भएका छन् ।

ग्लोबल बैंकले आफ्नो सेवालाई कोरियाको विभिन्न स्थानहरुमा गर्दै आउने क्रममा यस पटक थेगु क्षेत्रमा रहेका नेपालीहरुको सुविधाको लागि शनिबार र आइतबार दिनको १० बजेदेखि बेलुकी ६ बजेसम्म बालाजी रेष्टुरेन्टमा सेवा उपलब्ध गराउने भएको हो । त्यसैगरी आइतबार  किम्हे स्थित दुर्गा रेष्टुरेन्टमा सेवा उपलब्ध गराउने भएका छन् ।

ग्लोबल बैंकले आफ्नो सेवालाई थप विस्तार गर्नको लागि यहि जुलाई १ र २ तारिख थेगु आसपासमा रहेका नेपालीहरुलाई सेवा लिनको लागि ग्लोबल आई एम ई बैंक कोरियाका प्रतिनिधि नबिन सुबेदीले अनुरोध गरेका छन् ।

ग्लोबल आइएमइ बैंक नेपाल र इन्ड्स्ट्रियल बैंक अफ कोरिया ((आई.बि.के) बीच रेमिटेन्स कारोवारका लागि सम्झौता भए संगै कोरियामा रहेका नेपालीहरुले रेमिट्यान्स पठाउन सेवा पाउदै आएका छन् । साथै अनलाईन बैंकिङबाट नेपालको एनटिसी, एनसेल, डिस होम र इ-सेवा जस्तामा पनि सजिलै पैसा ट्रान्सफर गर्न सकिने बैंकले जनाएको छ ।

सेवाहरु :-

– ग्लोबल आइएमइ बैंक नेपाल र इन्ड्स्ट्रियल बैंक अफ कोरिया (आई बिके) को खाता खोल्न सकिने ।
– आई.बि.के. बैंकमा खाता भएकालाई स्मार्ट बैंकिंग मार्फत नेपाल पैसा पठाउन सकिने ।
– अनलाइन बैंकिंग मार्फत नेपालमा रहेका आफन्तको ग्लोबल आई.एम.ई. बैंकको खातामा रकम ट्रान्सफर गर्न      सकिने ।
– भिजा सकिएर बसेका नेपालीहरुलाई पनि खाता खोलि रकम पठाउने व्यवस्था भएको ।
– ग्लोबल आई एम ई बैंकको खाता नम्बर तुरुन्तै पाइने ।

खाता खोल्नको लागि आवश्यक कागजातहरु

पासपोर्ट , एलाइन कार्ड र फोटो २ वटा

खाता खोलिने मिति – २०१७ जुलाई १ र २ तारिख
समय – विहान १० देखि ६ बजेसम्म
स्थान – बालाजी रेष्टुरेन्ट , थेगु यक , cont. 053-425-3242

खाता खोलिने मिति – २०१७ जुलाई २ तारिख आइतबार
समय – विहान ११ देखि ४ बजेसम्म
स्थान – दुर्गा रेष्टुरेन्ट , किम्हे,  cont . 055-335-4786

सम्पर्क – नबिन सुबेदी ०१०३२९२९०२०

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • फेब्रुअरी १७ तारिख थारु समुदायले गायिका अञ्जु कुश्मीको साथमा माघि पर्व मनाउने
  • नेपालको पर्यटन प्रवर्द्धनको भिडियो कोरियाको KTX ट्रेनमा प्रसारण , चौतर्फी प्रशंसा कमाउँदै
  • फोनिज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न, उत्तम खजुमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • सलनालमा GBob र ST Man ले एउटै स्टेजमा प्रस्तुती दिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...