Advertisement
SKIP THIS

ग्यान्जु महोत्सवमा नेपाली विद्यार्थीहरू उत्कृष्ट


अशोक पोख्रेल
थेगु -दक्षिण कोरियामा वर्तमान समयमा करिब १३२ भन्दा बढि विभिन्न राष्ट्रका विद्यार्थीहरू अध्ययन गरिरहेको तथ्याङक सार्वजनिक भएको अवस्था छ। कोरियाका विभिन्न विश्वविद्यालयहरूले विभिन्न विषयमा अध्ययन गर्न छात्रवृति साथै अन्य माध्यमबाट पढ्ने वातावरण पनि मिलाएको छ ।यसरि अन्य मुलुकका विद्यार्थीहरू अध्ययन गर्ने विश्वविद्यालय  मध्ये,  थेगुशहरको ग्यङसानमा अवस्थित युङनाम विश्वविद्यालय  पनि एउटा नाम चलेको शैक्षिक संस्थाहो । यस युङनाम विश्वविद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीअरूको छता  संगठन युइसा( युङनाम विश्वविद्यालय  अन्तराष्ट्रिय विद्यार्थी  संगठन) ले गत मे ३० देखी ३१  सम्म ग्याङजु अन्तराष्ट्रिय महोत्सव सफलताका साथ सम्पन्न गर्यो। गतशालमा यस विश्वविद्यालयले मात्र मनाएको यो महोत्सव यो पटक  भने दोस्रो ग्याङजु सिल्क महोत्सव नाम दिएर, अन्य विश्वविद्यालयअरूलाई समेत सहभागिता गराइ भब्यताका साथ मनाइयो।

८४ देशका करिब एकहजार भन्दा बढि विद्यार्थीहरूको सहभागी रहेको उक्त महोत्सवमा,विभिन्न देशका विद्यार्थीहरूले निम्न ६  विधा-  नृत्य,गायन,फेसनसो, खानाका  परिकार बनाउने कला,डकुमेन्ट्री प्रदर्शन,साथै स्टल प्रदर्शन आदिमा प्रतिस्प्रधा गरेका थिए ।

 

bn2

नेपालको तर्फबाट सोनसिक( कोरियामा रहेका नेपाली विद्यार्थीहरूको समुह) को सकृयतामा विभिन्न विश्वविद्यालयमा अध्ययनरत ८० जना भन्दा बढी विद्यार्थीअरूको सहभागी रहेको थियो। नेपाली विद्यार्थीहरूले सबै विधामा सहभागी भइ राम्रो प्रतिस्प्रधा गरे जसमा शिल्सी सिम्खडा,हिम्मत भाटले,आरजना श्रेष्ठ,रजिना श्रेष्ठ,एरा प्रधान आदिको समुहले नृ्त्य,रमाकान्त लामिछानेको गितारका साथमा, जिमी गुप्ता र निकिता कतिलाले गायनतर्फ,महेश नेपालको टोलिले खाना परिकार पकाउने समुह,राकेश श्रेष्ठले नेपाल सम्बन्धी डकुमेन्ट्री र तारामान कडायत,आराजन श्रेष्ठ अनि हल्का मल्लिकले फेसन सोमा प्रतिस्प्रधा गरेका थिए।

 

bn3
जसअन्तर्गत,रिजना श्रेष्ठको टोली नृत्यमा उत्कृस्ट हुँदै,१ लाख वन,विकी गुप्ता गितमा उत्कुस्ट हुँदै १ लाख वन, महेश नेपालको टोली खानामा परिकार बनाउनेमा उत्कुस्ट हुँदै,३ लाख वन,राकेश श्रेष्ठ डकुमेन्ट्री प्रदर्शनमा उत्कृस्ट हुँदै १ लाख ५० हजार वन,साथै स्टल प्रदर्शनीमा पनि उत्कस्ट हुँदै १ लाख वन नगद हातामा पार्न सफल भए।यसरि विभिन्न विधामा गरेर नेपाली टोलिले ७ लाख ५० हजार वन नगद पुरस्कार  हातापार्न सफलभयो यसलाई ठुलै उपलब्धी मान्न सकिन्छ ।

 

 

कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूले,  यी विभिन्न विधामा गरेको उत्कुस्ट  प्रतिस्प्रधा र सफलताले  महोत्सवको माहोल नै अकै बनेको गियो।सोनसिकका निवर्तमान अध्यक्ष ताराकान्त कडायतले नेपाली विद्यार्थीहरूको सहभागीता र पाएको सफलताको बारेमा  धेरै प्रसंसा गर्दै  उपस्थित सबैलाई धन्यवाद समेत दिएका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...