एनआरएन आइसिसीले भाषा साहित्यको छुट्टै उपकार्यदल गठन गरयो
फोनिज कोरिया संवाददाता
गैर आवासीय अन्तराष्ट्रिय समन्वय परिषद (आइसिसी) मातहात भाषा साहित्य प्रवद्र्धनको लागि छुट्टै उपकार्यदल गठन गरेको छ । साहित्यकार विश्वास दीप तिगेलाको संयोजकत्वमा कार्यदलको विस्तार गरिएको छ । तग जनवारी ३० तारिख आइसिसीको ५२ औ बैठकले सो उपकार्यदललाई जिम्मेवारी दिएको थियो ।
कार्यदलका सदस्यहरुमा बेलायतबाट केदार सुनुवार संकेत र प्रतिमा केसी , संयुक्त राज्य अमेरिकाबाट राम लामा र प्रदीप थापामगर , पोर्चुगलबाट राजकुमार दिक्पाल, हइ०कइ०बाट चन्द्र मादेन , ताइवानबाट डा. लेखनाथ काफ्ले , अमेरिकाबाट नीलम कार्की निहारिका र एनआरएन युके आइसिसी मातहात गठित भाषा तथा साहित्य विभागका प्रतिनिधी गर्दै लक्ष्मी राई लारा रहेका छन् ।
त्यस्तै एनआरएन केन्द्रिय अध्यक्ष शेष घले, महासचिव डा. बद्री केसी र पूर्व अध्यक्ष जीवा लामिछाने सल्लाहकार रहेका छन् ।
भाषा साहित्य कार्यदलले नेपाली साहित्यलाई चाइनिज, तिब्बेतियन, अरबिक र अंग्रेजी भाषामा अनुवाद गरिने साथै गैर आवासीय नेपाली बच्चाहरुको लागि नेपाल बारे जानकारी दिने र नैतिक शिक्षाको लागि शैक्षिक सामग्री निमार्ण तर्फ ध्यान केन्द्रित गर्ने संयोजक तिगेलाले जानकारी दिए ।
यसअघि नै गठित नेपाली भाषा, साहित्य, संस्कृती र संगीत संरक्षण तथा सम्वर्धन सम्बन्धी कार्यदलबाट छुट्टै भाषा र साहित्य उपकार्यदलको जिम्मा साहित्यकार तिगेलालाई दिइएको हो । तिगेलाको प्रधान सम्पादनमा एनआरएन साहित्य कार्यदलको हिमालयन वार्ड नामक अनुवाद संग्रह पनि प्रकाशित भइसकेको छ ।