Advertisement
SKIP THIS

धनकुटा समाजद्धारा गोरखामा पहिलो पटक राहत वितरण


फोनिज कोरिया सम्वदादाता

सोल्- नेपालका विभिन्न क्षेत्रमा बैशाख १२ र २९ गते आएको विनासकारी भुपकम्पमा परेका गोर्खाको सउरपानी गाविस वडा नं ५ मा राहत नपुगेको खबर पाएपछि धनकुटा सेवा समाज दक्षिण कोरिया द्धारा स्थलगत अनुगमन गरि पहिलो पटक रु २ लाख बराबरको राहत सामग्री चामल,दाल, चिउरा आदी वितरण गरेको छ । उक्त राहत गोरखा कै वान्चोक,तल्लो चुनेडांडा,देवकोटा गाउं माथिल्लो चुने डांडा र कोलस्वांरा गरि ११५ घरका कुल ६४० जनालाई प्रत्यक्ष हस्तान्तरण गरेका थिए ।

 

 

सो राहत सामग्री कान्तिपुर प्रकाशनका संवाददाता रमेश चन्द्र अधिकारी, नेपाल जीपिएस म्यापका सिईओ विजय देवान, समाजसेवी तथा व्यवसायी वगेन्द्र राई,देवी बहादुर राई,बिक्रम राई र विवश राईले वितरण गर्नु भएको थियो । सो राहत वितरण कार्यक्रमको संयोजन स्थानिय गायक तथा व्यवसायी आरके गुरुङ्गले गर्नु भएको थियो ।

 

 

धनकुटा सेवा समाज दक्षिण कोरियाका अध्यक्ष चन्द्र राईको नेतृत्वमा स्थापना गरिएको भुकम्प पिडित राहतकोषमा धनकुटा जिल्लावासी तथा अन्य नेपालीहरुको सहयोगमा ३५,४३००० हजार वन संकलन गरिएको थियो । बचत भएको रकम पनि धनकुटाका भुकम्प पिडितहरुलाई चाडै नै वितरण गरिने योजना रहेको संस्थाका कोषाध्यक्ष प्रदेश राईले जानकारी दिनु भएको छ ।

 

 

भुकम्पले क्षतिग्रस्त भएको सो क्षेत्रका घरहरु भत्कीए पछि स्थानियहरु अस्थायी टहरा बनाएर बसोबास गर्न बाध्य भएको अवस्थामा रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...