Advertisement
SKIP THIS

म्याग्दी घर बनाउन थेगु शहरमा ” पुरानो डुङ्गा” चल्दै


 दक्षिण कोरियामा रहेका म्याग्दीबासी नेपालीहरुको सामाजिक संस्था म्याग्दी प्रवाशी नेपाली संघ, मोना दक्षिण कोरियाले म्याग्दी घर बनाउनको लागी थेगु शहरमा नेपाली चलचित्र ” पुरानो डुङ्गा ” प्रदर्शन गर्ने भएकोछ । दक्षिण कोरियाका विभिन्न शहरहरुमा प्रदर्शन भइरहेको यो चलचित्र , यही जनवरी २२ तारिक थेगु शहरको दोंगसंग आर्ट हलमा दिनको १ बजे प्रदर्शन गरिने वताइएको छ ।
चलचित्र प्रदर्शन गरिने हलसम्म जानको लागी बालाजु रेष्टुरेन्ट देखी ५० मिटर अगाडी अर्थात थेगु स्टेशन बाट मात्र ३ मिनेट हिंडेमा पुगीनेछ । चलचित्रको कुरा गर्नुपर्दा, पुर्खौली सम्पत्तिको रुपमा रहेको डुङ्गाको अंसबन्डाले परिवारमा ल्याएको फुटको कथा नै पुरानो डुङ्गाको मुख्य कथा हो । दयाहाङ राई, प्रियंका कार्की , माओत्से गुरुङ,मेनुका प्रधान आदीको मुख्य भुमीका रहेको यो चलचित्र मनोरंजनात्मक साथै सन्देशमुलक छ भने देश-विदेशमा त्यतीकै लोकप्रिय पनी बनेकोछ । म्याग्दी घर बनाउन ठुलो रकम लाग्ने साथै आर्थिक संकलनका धेरै माध्ययम मध्ये चलचित्र प्रदर्शन पनी एउटा रहेको बुझीएको छ भने चलचित्र प्रदर्शनीबाट आएको सम्पूर्ण मुनाफा म्याग्दी घरलाइ दिइने पनी जानकारी छ ।
थेगु वरपर रहेका सम्पुर्ण नेपालीहरुलाइ चलचित्र प्रदर्शनीमा सहभागी भइ म्याग्दी घरलाई सहयोग पुर्याइदिनुहुन आयोजकले हार्दीक अनुरोध समेत गरेको छ । एउटै हलबाट, अर्थात एउटै टिकेटबाट मनोरन्जन र सामाजिक काम दुवै हुनेहुनाले यो चलचित्र छुटाउनै नहुने देखीन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...