गरिब विपन्न वर्गले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त गर्न सकियोस् – बोम्जन गुरुङ


दक्षिण कोरियामा क्रियाशिल पुराना नेपाली संघसंस्थामध्ये एक स्याङ्जा परिवार सन् १९९७ मा स्थापित विशुद्ध सामाजिक संस्था हो । विभिन्न आरोह अवरोहलाई मुकाबिला गर्दै सधैं अग्रस्थानमा राज गरिरहेको स्याङ्जा परिवारले सामाजिक कार्य, विभिन्न आपतविपतमा आर्थिक सहयोग, खेलकुद मार्फत कोरियामा बलियो उपस्थिती जनाईरहेको छ । परिवारले पछिल्लो समय नेपालीहरुले काम छोड्दा, दुखबिरामी पर्दा बस्न सजिलो होस् भन्ने हेतुले स्याङ्जा घर सेल्टर सञ्चालन गरिरहेको छ । कोरियन नयाँ वर्ष सलनालको दोस्रो दिन जनवरी २८ मा स्याङ्जा परिवारले आयोजना गर्न लागेको आँधीखोला सांगीतिक सौगात ५ को सेरोफेरोमा केन्द्रित रहेर परिवारको सचिव बोम्जन गुरुङसंग धन गुरुङले गरेको कुराकानीको अंश :-
 तपाईंलाई फोनिजकोरिया डट नेटमा हार्दिक स्वागत छ
 हजुर नमस्कार , धन्यवाद छ ।
आँधीखोला सांगीतिक सौगात ५ आयोजना गर्दै हुनुहुन्छ तयारी कस्तो भैरहेको छ ?
नेपाली सम्पर्क समिति ( एनसिसी)ले गत डिसेम्बर ४ तारिखमा गरेको साँस्कृतिक कार्यक्रम बाँडफाँडलाई यस स्याङ्जा परिवारले सभ्य र भब्य रुपमा मर्यादित ढंगबाट सु-सम्पन्न गर्ने उद्देश्य अनुरुप कार्यक्रमको तयारी तीव्र रुपमा भईरहेको छ । यस परिवारले कार्यक्रम आयोजना गर्नलाई अनुमति पाएलगत्तै परिवारका निर्वतमान अध्यक्ष धर्म गुरुङलाई आँधीखोला सांगीतिक सौगात ५ मुल ब्यवस्थापन समितीको संयोजकको रुपमा चयन गर्दै संस्थाका अग्रज ब्यक्तित्वहरुको साथमा कार्यसमितिको नियमित बैठक बसेर प्रत्येक हप्ता कार्यक्रमलाई केन्द्रित बनाएर छलफलमा जुटिरहेका छौँ ।
 कस्ता कस्ता तयारीहरु हुँदैछन ?
कार्यक्रमको निम्ति नेपालबाट ख्यातिप्राप्त कलाकारहरु झिकाउनेदेखि लिएर टिकट, प्रचारप्रसार सामग्रीहरु पोष्टर छपाई तथा वितरण, मिडिया र स्थलगत प्रचारप्रसार लगायतका कामहरु भइसकेका छन, भइरहेका छन । मुलतः आर्थिक प्रमुख रहेकोले कार्यक्रमका लागि आर्थिक संकलन अभियानमा जुटिरहेको छौँ । स्याङ्जाली, गैर- स्याङ्जाली, विभिन्न संघसंस्था, समाजसेवी तथा सहयोगी व्यक्तित्वहरुबाट सहयोग आउने क्रम जारी छ साथै कार्यक्रमको आन्तरिक ब्यवस्थापन, तयारी र प्रचारप्रसार निकै तिव्र भइरहेको जानकारी गराउँदा छौँ ।
कार्यक्रमको उद्धेश्य निकै महत्वाकांक्षी भएन र ?
यसलाई महत्वाकांक्षी त नभनौँ तर के भने स्याङ्जा जिल्लाभित्र अझै पनि स्वास्थ्य क्षेत्रमा थुप्रै सुधार गर्नुपर्ने पक्षहरु छन । तुलनात्मक हिसाबमा हेर्ने हो भने निजि क्षेत्रको भन्दा सरकारी क्षेत्रको स्वास्थ्य सेवा तथा गुणस्तर एकदमै कम छ । खासगरी गरिब तथा विपन्न वर्गका विरामीहरु निजि क्षेत्रको स्वास्थ्य सेवाबाट निकै प्रभावित छन वा पहुँचभन्दा टाढा छ भन्दा अत्युक्ति नहोला । महंगो औषधि र चर्को शुल्कमा उपचार गराउन बाध्य भइरहेका छन यदि हामीले गरेको सहयोगबाट स्वास्थ्य क्षेत्रमा केही सुधार हुन्छ, केही पुर्वाधारहरुमा सहयोग हुन गई सेवाग्राही बिरामीहरु लाभान्वित हुनेछन भन्ने हेतुले स्वास्थ्य क्षेत्रलाई नै प्राथमिकता दिईएको हो । यस अर्थमा अन्य क्षेत्र जस्तै शिक्षा, विद्युत, यातायात लगायतका क्षेत्रमा समस्या छदै छैन, सहयोग आवश्यक छदै छैन भन्ने पनि होइन तर यसपटक पुनः स्याङ्जा जिल्ला अन्तर्गत स्वास्थ्य क्षेत्रको सहयोगार्थ भन्ने मुल उद्देश्यका साथ कार्यक्रम आयोजना गरिदैँछ । यसअघि २०११ मा वालिङ स्याङ्जास्थित गह्रौंकालिका घ्याङ्लिङ सामुदायिक अस्पताललाई x-ray( एक्स-रे) मेसिन र २०१३ मा आँधीखोला सांगीतिक सौगात ४ को आयोजना गरेर जिल्ला अस्पताल स्याङ्जालाई ” एम्बुलेन्स भ्यान” प्रदान गरिसकेको कुरा जानकारी गर्न चाहन्छु ।
स्याङ्जा परिवारले विगतमा पनि जिल्लाको स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आईरहेको रहेछ सधैं एकै क्षेत्रमा मात्र सहयोग केन्द्रित भयो नि ?
हो मैले माथी पनि भनिसकेँ हामीले विगतमा स्वास्थ्य क्षेत्रसंगै सम्बन्धित रहेर केही सहयोगहरु हस्तान्तरण गर्‍यौं । जे जति गर्‍यौं त्यो अवश्य पर्याप्त छैन । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा अझै पनि थुप्रै समस्या र अभावका खाडलहरु छन । धनी र पहुँचवालाहरुको लागि निजि क्लिनिक/ निजि अस्पताल हाई हाई भएको छ । हामीले चाहेको कुरा के स्पष्ट गरौं भने सरकारी अस्पतालमा पनि केही सहयोग गरि सेवासुविधा वा पुर्वाधारको आवश्यकता वृद्धि गर्न सकियो भने सेवाग्राही बिरामीहरुलाई राहत मिल्ने थियो र सर्वसुलभ हुने थियो । हाम्रो उद्देश्यप्राप्तिमा धेरै थोरै सफलता मिल्नेछ भन्नेमा विश्वस्त छौँ ।  सहयोग कति, कहाँ गर्ने भन्ने कुरा कार्यक्रमको समापनपछि बजेट हेरेर निधो गर्नेछौं तर हामीले यसपटक सहयोग भौगोलिक अवस्थिती र आवश्यकता हेरेर गर्नेछौं ।
स्याङ्जा परिवारले स्वास्थ्यबाहेक अरु कुन क्षेत्रमा कस्तो सहयोग गरेको छ?
स्याङ्जा परिवारले गत वर्षको महाभुकम्पमा पनि स्याङ्जा जिल्लाबाहेक अरु जिल्लामा पनि सहयोग प्रदान गरेको थियो । आगलागी र अन्य यस्तै दैवीप्रकोपमा परेकाहरुलाई सहयोग गर्दै आइरहेको परिवारले विदेशैमा पनि गम्भीर प्रकृतिका रोगका विरामीहरुलाई सहयोग गर्नेलगायत कोरियामै स्याङ्जा घर सेल्टर सञ्चालन गरेर सम्पुर्ण नेपालीहरुलाई सहयोग गरिरहेको अवगत गराउन चाहन्छौँ ।
 बिदेशमा यसरी कार्यक्रम गरेर जिल्लामा सहयोग गर्दा त्यसको प्रभावकारिता कतिको देख्नुभएको छ?
निश्चय नै प्रभावकारी हुन्छ, हुँदै आइरहेको छ । सहयोग सानो होस् या ठुलो पवित्र सहयोगीमनले गरिएको सहयोग जहिले पनि हितकारी हुन्छ तर यसले प्रभाव पार्ने सिमाना र दायरा कति हो भन्ने कुरा अलग कुरा हुन सक्ला । कार्यक्रमको नारा नै ” हाम्रो स्याङ्जा हाम्रो सान, स्वास्थ्य क्षेत्रमा गरौं भन्ने पुण्य काम” भन्ने रहेकोले यो पवित्र कार्यमा सहकार्य र हातेमालो गर्नुहुने ब्यक्ति वा संघसंस्थाको विश्वास र भरोसाको बाँध भत्किन दिनेछैनौं । प्रवासमा बसेर पनि आफ्नो मातृभुमी जन्मभुमिलाई माया गर्दै आफुले कमाएको केही अंश समाजसेवामा निस्वार्थ भावनाले गरेको सहयोगको महत्व बुझ्नेहरुले यस अभियानमा साथ दिनुभएको छ र यो सहयोग शतप्रतिशत प्रभावकारी हुने कुरामा ढुक्क छौँ । सरकारी निकाय, संस्था वा मन्त्रालयबाट गरिएको  स्वास्थ्य क्षेत्रको लगानी, कार्यक्रम तथा अभियानहरु आफ्नो ठाँउमा होला उनीहरु पनि सकेको गरिरहेका छन र हामीले यसरी विदेशबाट सहयोग गर्दा थप टेवा पुग्नेछ ।
 प्रायः संघसंस्थालाई लाग्ने आरोप के भने विभिन्न उद्देश्यका साथ कार्यक्रम गरिन्छ र समाप्त पश्चात हिसाब सार्वजनिक गर्दैन्न भन्छन ?
कतिपय संघसंस्थामा कार्यक्रम समाप्तपछी खर्च आय/ब्यय सार्वजनिक नभएका होलान् तर स्याङ्जा परिवारको सन्दर्भमा विगतमा भएकै हो र यसपटकको कार्यक्रमपश्चात पनि सम्पुर्ण सहयोगी, मिडियाको उपस्थितिमा आय/ब्यय सार्वजनिक गर्ने प्रतिबद्धता जनाउँदछौँ । हिसाबकिताब स्वच्छ र पारदर्शिता नभए जो कोहिले खबरदारी गर्नसक्ने छन ।
आँधीखोला सांगीतिक सौगात ५ सम्म आईपुग्दा कतिको आशावादी हुनुहुन्छ ?
हामीले विगतमा आयोजना गरेको कार्यक्रमहरुबाट मिलेको सफलताले गर्दा यसपटक पनि धेरै नै आशावादी छौँ । स्याङ्जाली तथा गैर-स्याङ्जाली समाजसेवी, विभिन्न संघसंस्था, सहयोगी व्यक्तित्वहरुले गर्नुभएको सहयोगबाट थप उत्साहित छौँ । हामीले गरेको प्रचारप्रसारहरुले जनमानसमा थपिएको उत्साहले हाम्रो उद्देश्यप्राप्तिमा हामीलाई बल मिलेको छ ।
 अन्त्यमा केही भन्नू हुन्छ कि ?
अन्त्यमा कोरियामा रहनुभएका सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरु, शुभेच्छुक शुभचिन्तक, सहयोगी मन, विभिन्न संघसंस्थाहरुमा आउँदै गरेको कोरियन नयाँ वर्ष सलनालको शुभकामना व्यक्त गर्न चाहन्छौं । स्याङ्जा परिवारले पवित्र उद्देश्यका साथ आयोजना गरेको आँधीखोला सांगीतिक सौगात ५ लाई भब्य बनाउन जनवरी २८ तारिखमा सोलस्थित सङ्गबुक कुमिन यसङ्ग ह्ववेग्वान हलमा उपस्थित भएर कार्यक्रमलाई सफल बनाईदिनु हुन कोरियाबासी नेपाली दाजुभाइ दिदिबहिनीहरुमा हार्दिक अनुरोध गर्दछौं ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरियाको छाङ्वनमा माम्फ हुदै, नेपालबाट गायक छेवाङ लामा आउने
  • इलाम चियाबारी सांगितिक धमाकाको तैयारी अन्तिम चरणमा
  • नवीन सुब्बाको ‘गाउँ आएको बाटो’ बुसान फिल्म फेस्टिभलमा छनोट
  • छुसकमा नेपकोर नाइट हुने
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...