Advertisement
SKIP THIS

कोरियामा बढ्दो आत्माहत्याको रोकथामको लागि दूताबासले अन्तरकृया गर्ने


फोनिज कोरिया संवाददाता
सउल

दक्षिण कोरियामा नेपाली कामदारहरुको मृत्युका कारणहरुमध्ये आत्माहत्या गर्नेको तथ्यकं उचो रहेको छ । त्यसैले बढ्दो आत्माहत्याको रोकथामको लागि सउल स्थित नेपाली राजदूताबासले नेपाली सम्पर्क समिति कोरियासंग मिलेर बुसान र सउलमा दुई दिन अन्तरकृया कार्यक्रम गर्ने भएको छ ।

कोरियनहरुको नजिकिदो ठूलो पर्व सलनालको अवसरमा जनवरी २८ तारिख शनिबार बुसानको किम्हे माइग्रेन्ड हाउसमा एक दिने अन्तरकृया कार्यक्रम गर्ने भएका छन् । त्यस्तै भोलिपल्ट जनवरी ३० तारिख सउल स्थित नेपाल हाउसमा गर्ने भएका हुन् ।

कार्यक्रममा आत्माहत्या रोकथाम, निराशा तथा तनाब व्यवस्थापन सम्बन्धमा विषय विज्ञ डा. विजय ज्ञावालीको टोलिबाट प्रस्तुतिकरण र अन्तरक्रिया तथा योगाभ्यास गरिने छ । साथै दूतावासका श्रम सहचारी देवराज ढकाल र द्धितीय सचिव उद्धब न्यौपानेबाट संक्षिप्त प्रस्तुतीकरण तथा अन्तरक्रिया गरिने दूताबासले जनाएको छ ।

स्थान :- किम्हे माइग्रेण्ड हाउस, किम्हे , बुसान
मिति :- २०१७ जनवरी २८ तारिख शनिबार
समय :- अपरान्ह १२.३० देखि १७ बजे सम्म
सम्पर्क
उद्धब न्यौपाने, द्धितीय सचिव , नेपाली राजदूताबास ०१० ४००७२०६८
भुवन कुमार बस्नेत, एनसिसि उपाध्यक्ष , ०१० २८०५०७३२
संगिता अधिकारी, एनसिसि अध्यक्ष बुसान ०१० ८६२४१९७७
एल.वि.विष्ट , समाजसेवी ०१० ६८३०६८५२

स्थान:- नेपाल हाउस, सउल
मिति :- २०१७ जनवारी ३० सोमबार
समय :- अपरान्ह १२.३० देखि १६.३० सम्म

सम्पर्क
दिपक बञ्जाडे, नेपाली राजदूताबास ०१० ७५५९३१०८
प्रेम शाह , एनसिसि अध्यक्ष ०१० ४४०२९८४८
अन्जु केसी , एनसिसि बरिष्ठ उपाध्यक्ष ०१० ५९३९५०१२

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...