Advertisement
SKIP THIS

झापा मिलन समाज कोरियाको सेल्टर पाथीभारा हाउस पुनह संचालनमा


फोनिज कोरिया संवाददाता

सउल

झापा मिलन समाज कोरियाले संचालन गर्दै आएको सेल्टर पाथीभरा हाउस थप व्यवस्थित गरी आइतबारदेखी पुनह संचालनमा ल्याएको छ । छन्से पद्दती (सहमतिपत्रमा निश्चित आवधिको लागि तोकिएको एक मुष्ट रकम एकैपटक जम्मा गर्ने र छाड्ने बेला फिर्ता पाइने , मासिक बुझाउनु नपर्ने ) अनुसार प्लाइट लिएर पुनह संचालन गरिएको हो ।

सुवन शहर स्थित सो सेल्टरलाई आइतबार रिबन काटी उद्घाटन गर्नुहुदै प्रमुख अतिथी दूतावासका दितिय सचिव उद्धब न्यौपानेले यस्ता कार्यले सरकारले गर्नुपर्ने कामलाई सघाएको धारणा राख्नुभयो । पूवाञ्चल सरोकार समाज कोरियाका अध्यक्ष काजी नेपाल र एनसिसीका बरिष्ठ उपाध्यक्ष अन्जु केसीको विषेश आतिथ्य रहेको थियो ।

क्षेत्रिय संस्था झापा समाजले संचालन गरे पनि यस सेल्टरमा सबै नेपालीको लागि सेवा उपलब्ध हुदै आएको अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी गराउनुभयो । हालसम्म कोरियामा संचालित विभिन्न संघ संस्थाका सेल्टरहरुमध्ये छन्से पद्दती अनुसार संचालित पाथिभरा हाउस पहिलो भएको झापा समाजको दावी छ ।

कोरियन पर्व गत छुसकमा सम्पन्न गरेको कन्काई सांगीतिक सौगात कार्यक्रमबाट प्राप्त रकमले सेल्टरलाई थप व्यवस्थीत पारिएको समाजले जनाएको छ । छुसकमा गरिएका धेरै सांस्कृतीक कार्यक्रमहरुमध्ये झापा समाजले मात्रै आर्थिक विवरण मिडियामा सार्वजनिक गरी आर्थिक पारदरशिताको उदाहरणीय संस्था बन्न पुगेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...