कोरियामा अनेसासले जनवरी ८ मा कविता वाचन कार्यक्रम गर्ने
फोनिज कोरिया संवाददाता
सउल
दाक्षिण कोरियामा नेपाली माझ साहित्यीक गतिविधी बढ्दो छ । यसैक्रममा आगामी नयाँ वर्ष (२०१७ जनवारी १ ) मा अन्तराष्र्टिय नेपाली साहित्य समाज (अनेसास) कोरियाले बृहत कविता वाचन कार्यक्रम गर्ने भएको छ । “काव्य – सुधा ” नामकरण गरि गरिन लागेको सो कार्यक्रमा अनेससले कोरियामा रहेका उत्कृष्ट स्रष्टाहरुको रचना वाचन गर्ने कार्यक्रमको तयारी गरेको छ ।
कार्यक्रमको पहिलो सेसनमा उत्कृष्ट कविहरुको कविता वाचन र दोस्रो सेसनमा उपस्थित कविहरुको रचना वाचन राखिने अनेसास कोरियाले जनाएको छ । सो अवसरमा चर्चित कविहरु बोनम प्रताप, जीवन खत्री, यल्जी विवश र प्रमोद सारंगले आफ्ना उत्कृष्ट लामा कविताहरु वाचन गर्नुहुनेछ ।
कविताबाट शुरु हुने सो कार्यक्रम अनेसास कोरियाको “काव्य-सुधा” अन्तर्गत पहिलो श्रङ्खला हुनेछ । आगामी श्रङ्खलाहरुमा साहित्यका अन्य विधा अन्तर्गत्, गजल, मुक्तक, हाईकु आदि पनि समेट्दै जाने कुरा अनेसासले जनाएको छ ।
कोरियामा पहिलो पट्क हुन लागेको यस एतिहाँसिक कार्यक्रममा आयोजकले कवितामा उत्रीएका ती उत्कृष्ट कविहरुलाई अनेसास कोरिया कविता पुरस्कार २०१६ प्रदान गर्नेछ ।सो अवसरमा अनेसासबाट जीवन खत्री, सहदेब भट्ट,बिदुर शर्मा,कल्पना धरती र बिनोद सायुधलाई अनेसास कोरिया सम्मान प्रदान गरिने अनेसासका अध्यक्ष कृश गुल्मेली बाबुले बताउनु भएको छ ।
नेपाली साहित्यिक संस्थाहरुमा विश्वव्यापी लोकप्रियता हाँसिल गरेको अनेसासको कोरिया च्याप्टर पछिल्लो समयमा धेरै सकृय हुँदै गएको छ र नवीन सोचका कामहरु गर्दै आइरहेको छ । अनेसास कोरियाले विगतका दिनहरुमा भानु जयन्ती, देवकोटा जयन्ती, श्रष्टा र कलाकार सम्मान र हरेक नयाँ वर्षमा बृहत कवि गोष्ठी आदि कार्यक्रमहरु गर्दै आएको छ । अनेसास कोरियाले यसपालिदेखि भने श्रङ्खलाबद्ध काव्यसुधामा रचना वाचनको नयाँ थालनी गर्न लागेको हो ।
कार्यक्रम हुने स्थान र मिती निम्न अनुसार रहेको छ ।
स्थान :- सुभेक्षा रेस्टूरेन्ट , तोंगदेमुन०
समय :- ११बजे
मिति :- २०१७ जनवरी ०८ तारिख , आइतबार