कोरियाली माझ लोकप्रिय सुजन


दक्षिण कोरिया, सुजन अर्थात् नेपाल, यी दुई पर्यावाची जस्तै लाग्छ कोरियनको नजरमा । कतिपय कोरियनहरु नेपाल भन्नसाथ सुजनको नाम लिन्छन् । अनि, सुजनले चिनाएको नेपालको बर्णन गर्न थाल्छन् ।  चकलेटी अनुहार, आकर्षक शरीर प्रायः कोरियन टेलिभिजन च्यानल र एफएमहरुमा छाइरहने नेपाली युवा हुन् सुजन शाक्य ।
कोरियामा ‘टिभिपर्सानालिटि’का रुपमा समेत चिनिएका सुजनले विभिन्न मुलुकका विदेशी युवाहरुलाई राखेर चलाइएका बहस कार्यक्रमहरुमा नेपालको कलासंस्कृतिलाई उजागर गर्दै आएका छन् । उनी नेपाललाई चिनाउनुकासाथै नेपालको खराब पक्षलाई कसरी परिवर्तन गर्ने र यसमा युवाहरुको भूमिका कस्तो रहन्छ भन्ने विषयमा समेत खुलेर बहस गर्छन् ।
सुजनले विभिन्न टेलिभिजन च्यानलहरुको ट्राभलिङ कार्यक्रमका लागि कोरियाका थुप्रै ठाउँहरुको यात्रा गरेका छन् । उनले कोरियाका चर्चित युवा कलाकार तथा लेखक किम मुलगिलकासाथमा अन्तर्राष्ट्रिय कोरियन च्यानल आरिराङका लागि पनि काम गरेका छन् । त्यस्तै दक्षिण कोरियामा अध्ययनरत विभिन्न मुलुकका विद्यार्थीहरुको साथमा टिभि शो कार्यक्रमहरुमा सहभागि भएर नेपालको प्रतिनिधित्व गरिरहेका छन् । कहिले अतिथि बत्ता त कहिले उदघोषकको रुपमा कोरियाको विभिन्न टेलिभिजन च्यानलमा देखा परिरहने नेपाली विद्यार्थी सुजन शाक्य कोरियाका विभिन्न सामाजिक संस्थाहरुमार्फत् आर्थिक सहयोग अभियान अन्तर्गत नेपालका विभिन्न स्थानहरुमा समेत पुगेका छन् ।
काठमाडौं गल्कोपाखामा जन्मेहुर्केका सुजनले बाफल, ताहचलस्थित गौरी शंकर हाई स्कुलबाट एस.एल.सी दिएर सितापाइलास्थित एद्मार्क एकाडेमी कलेज हुँदै प्राईम कलेजबाट कमर्शमा बिबिएस गरे । एमबिएस गर्नका लागि अमेरिका जाने सोच बनाएका सुजनलाई उनको बुबाको साथीले कोरियामा पनि राम्रो अवसरहरु छ एकपटक विचार गर्नु भनेर सल्लाह दिएपछि उनी पनि कोरियातिरै आकर्षित भए ।
तर कोरिया आउन त्यति सहज थिएन । धेरै पटकको प्रयासपछि सन् २०१० मा पहिलो पटक कोरियन भाषा अध्ययन गर्नको लागि कोरिया आए । सात महिना बसेर चार लेभलसम्मको अध्ययन गरेर नेपाल फर्केका उनी तत्कालै २०११ मा पुनः कोरिया आइ योङिनको डान्कुक युनिभर्सिटि (Dankook University)  मा अध्ययन गर्न थाले । सुरुमा छात्रवृत्ति पाउन धेरै गाह्रो भएकोले अध्ययनसँगै ठुला कारखानादेखि साना रेष्टुराँमा समेत काम गरेका सुजनले कोरियन बालबालिकालाई अंग्रेजी समेत पढाउने गर्थे । सन् २०१४ मा Urban Planning & English Literature (Double Major Bachelor’s Degree)   गरे । हाल कोरियाको (Vital Parachute INC) Parachute Company  मा इन्टरनेश्नल मार्केटिङ म्यानेजरको रुपमा काम गर्दै गरेका सुजन Graduate/Master level  अध्ययन गर्ने तयारीमा छन् ।
सानोमा उत्तरकोरियासँगको युद्ध र तनावको बारेमा सुनेका सुजनले कोरिया आउनु अघिसम्म पनि विकसित मुलुकको रुपमा सोचेका थिएनन् । जब उनी कोरिया उत्रिए उनले सोचेको कोरिया र देखेको कोरियामा धेरै फरक पाए । ‘होइन ! म कतै कुनै युरोपमा त पुगिन ?’ पहिलो पटक इन्छन यअरपोर्टबाट झर्दा उनी झस्किए । छोटो समयमा दक्षिण कोरियाले गरेको विकाश देखेर उनी अत्यन्तै प्रभावित बने । तर आफुलाई कोरियामा टिकाउन र आफ्नो अध्ययन पूरा गर्न उनलाई धेरै संघर्ष गर्नुपर्यो । ‘दुई तीन वर्षसम्म त म दिनको तीन घण्टा मात्र सुत्थें । भाषाको कारणले मात्र म कोरियामा टिक्न सकेको हो जस्तो लाग्छ’, उनी विगत सुनाउनछन् ।
त्यसो त उनलाई कोरियन भाषा रमाइलो लाग्थ्यो । अनलाइनमा कोरियन भाषा सिक्नुकासाथै टिभिच्यानलहरु हरेर भाषा सिक्न थाले । उनले अध्ययन गर्ने युनिभर्सिटिमा पनि नेपाली विद्यार्थी उनी एक्लै भएकोले दिनरात कोरियन भाषा नै बोल्न अभ्यास गर्न थाले ।
अध्ययनसँगै अतिरिक्त क्रियाकलापहरुमा सहभागी हुन्थे । त्यतिबेला कोरियन चलचित्र प्रसारप्रसार गर्ने एउटा क्लव कोरियन मुभि सपोर्टर (KMS) थियो त्यसको उनी अध्यक्ष थिए । त्यहिबेला उनले पहिलो पटक कोरियन टेलिभिजनमा अन्तर्वाता दिने मौका पाए । त्यसपछि उनी प्रायः कोरियन च्यानलहरुमा नेपालको बारेमा अन्तर्वाता दिन थाले । अचानक ‘सेलिब्रेटी’ बन्न पुगेका सुजन अझै पनि बाटोमा हिड्दा ‘नमस्ते सुजन, आरामै हुनुहुन्छ ?’ भन्दै बोलाउने र सँगै फोटो खिच्ने कोरियनहरु भेट्दा खुशी लाग्ने गरेको बताउछन् ।
उनी टेलिभिजनमा मात्र होइन कोरियन तथा विदेशी साथीभाइहरुबिच पनि जतिसक्दो नेपालको बारेमा जानकारी गराउने गर्छन् । नेपालको हिमाल, पहाड, तराइदेखि लिएर रहनसहन, भेषभूषा, संस्कृति र ऐतिहासिक सम्पदाको बारेमा पनि जति सक्दो प्रचारप्रसार गर्ने सुजन भन्छन्, ‘कतिले नेपालको राम्रो कुरा मात्र प्रचार गर्नु भन्नुहुन्छ तर नेपालमा भइरहेको खराब प्रकृतिका कुराहरु छन् जसलाई परिवर्तनको आवश्यकता छ त्यस्ता विषयहरु पनि राख्ने प्रयास गर्छु ।’
अझै पढ्न बाँकी भएकोले केहि वर्ष कोरियामै बस्ने सोच बनाएका सुजन पढाइ सकेपछि नेपाल फर्केर आफुले पढेकै विषय अर्वन प्लानिङको क्षेत्रमै काम गर्ने बताउँछन् । कोरियाको विभिन्न विश्वविद्यालयमा अध्ययनरत थुप्रै नेपाली विद्यार्थीहरु देख्दा खुशी लाग्ने सुजन भन्छन्, ‘कोरियामा पढनलाई राम्रो वातावरण हुनुका साथै मेहेनती र जेहेन्दार विद्यार्थीलाई साच्चिकै राम्रो अवसरहरु पनि छ ।’
कोरियाको शिक्षण पद्धती नेपालको भन्दा धेरै राम्रो भएकोले मेहेनतका साथ अध्ययन गरेर कोरियामा सिकेको सिप र ज्ञानलाई नेपालमा सहि सदुपयोग गर्न उनी सुझाव दिन्छन् । तर, विदेशी विद्यार्थीहरुको लागि मुख्य चुनौति नै भाषा भएकोले कोरियामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई भाषाको राम्रो ज्ञान हासिल गरेर आउन सल्लाह दिन्छन् ।
त्यसैगरी कोरियामा रहेका नेपाली समुदाय, संघसंस्था र नेपाली कार्यक्रमहरुमा त्यति नदेखिने सुजन शाक्य समयको व्यस्तताले गर्दा पनि सहभागिता जनाउन नसकेको बताउछन् । तैपनि कोरियामा रहेका नेपालीहरुले आआफ्नो क्षेत्रबाट गरिरहेको काम प्रति खुशी व्यक्त गर्छन् । उनी भन्छन्, ‘로마 가면 로마의 법을 딸아야한다 अर्थात् रोम जानुभयो भने रोमको कानुनको हिसाबमा चल्नुपर्छ भन्ने कोरियन उखान छ । विभिन्न काम व्यवसाय वा बाध्यताले कोरियामा बसे पनि नेपालको कला, संस्कृति र नेपालको बारेमा बिर्सनुहुन्न । साथै कोरियाको बसाइ अवधिमा कोरियाको संस्कृति र मानिसहरुको कदर सम्मान गर्न सिक्नुपर्छ । कोरियामा सिकेको राम्रा पक्षहरुलाई नेपालमा पनि प्रयोगमा ल्याउने प्रयास हामी युवाले नै गर्ने हो ।’

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...