सानो मिल्ती खोला हाइड्रोपावरले सुवनमा अन्तरक्रिया गर्ने


सउल, सानो मिल्ती खोला हाइड्रोपावर लिमिटेडले आफ्ना शेयर धनिहरुलाई सुवनमा आयोजनाबारे अन्तरक्रिया राखेको छ । लिमिटेडले आगामी आइतबार सुवन स्थित एभरेस्ट रेस्टुरेन्टमा (गेट नम्बर १२ नजिक ) आयोजना बारे जानकारी गराउने बताईएको छ ।
सानो मिल्ती खोला जलबिद्युत आयोजनाको निर्माणकार्यको प्रगतिबारे कोरियामा रहेका लगानीकर्ताहरुलाई जानकारी दिने कार्यक्रम आयोजना गरिएको छ । दक्षिण कोरियामा कार्यरत नेपाली युवाहरुको प्रत्यक्ष लगानीमा रामेछापको फुलासी ३ मा निर्माणाधीन आयोजनाको हालसम्मको निर्माण कार्यबारे अवगत गराउन लागिएको आयोजना संचालक कपिल न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार आयोजनाको सिभिल निर्माण कार्य सुरु गरिएको छ ।
हाल आयोजनाको लागि आवश्यक जग्गा खरिद , आयोजना स्थलसम्म पुग्ने ४ किलोमिटर बाटो लागि ट्रयाक खोल्ने कार्य सकिएको छ । तीव्र गतिमा निर्माण कार्य भइरहेको जानकारी दिदै न्यौपानेले भने – सडक सुधारसंगै ड्याम क्यानल र पावर हाउस एकैपटक सुरु गरि आगामी २२ महिनामा सम्पन्न गरिने छ ।
विद्युत खरिद बिक्री सम्झौता (पिपिए ) र उत्पादन अनुमतिपत्र (पिडीए) जारी भइसकेको छ । कागजी कानुनी प्रक्रिया सबै सकेर राष्ट्रिय योजना आयोगबाट प्राथमिकताको आयोजनाको मान्यता प्राप्त गरेको न्यौपानेले जानकारी दिए । २०७५ मंसिरसम्म आयोजना सम्पन्न लक्ष्य राखिएको छ । आयोजनाको प्रगति र भावी योजना बारे लगानीकर्ताहरुसंग भेटघाट कार्यक्रम राखिएको हो । आयोजना बारे अन्तक्रिया तथा भेटघाटका लागि संचालक मध्यबाट कपिल न्यौपाने र सुरेश लिम्बु कोरिया आएका छन । आयोजना संचालक सुरेश लिम्बुका अनुसार थेगुको अन्तक्रिया सकिएको छ भने सुवन पश्चात सोलका लागि भेटघाट र अन्तरक्रियाको मिति तय गरिने छ ।
२०७५ मंसिरसम्म राष्ट्रिय प्रसारणमा जोडिने उक्त आयोजनाको जानकारी बारे बुझ्न सुरेश लिम्बुलाई ०१० २१५९ ८९०० मा र कपिल न्यौपानेलाई ०१०२१४३२२९२ मा सम्पर्क गर्न सकिनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • ‘चन्चले मन’को लिरिकल भिडियो सार्बजानिक
  • प्रतिज्ञा लामा कमब्याकको दोस्रो म्युजिक भिडियो सार्वजानिक (भिडियो)
  • शेर्पा संघ कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने
  • नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो
  • ईपिएस

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    विभिन्न माग राख्दै एमटियुले नोभेम्बर ११ मा बिरोध प्रदर्शन गर्ने

    मजदुरको पक्षमा विभिन्न माग राख्दै प्रवासी मजदुर संगठन (एमटियु)ले नोभेम्बर ११ तारिख शनिबारका दिन सौलमा बिरोध प्रदर्शन गर्ने भएको छ । कोरियामा रहेको सबै विदेशी श्रमिकहरुको हित बिपरित रहेको विवेदकारी कानुनहरुको खारेजी लगायतको माग राखेर प्रदर्शन गर्न लाएको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...