स्वदेशमा लगानी गर्ने उदघोष गर्दै पुर्बान्चल समाजको प्रथम अधिबेशन सम्पन्न


फोनिज कोरिया सम्वाददाता
कोरियामा रहेका पुर्बान्चल क्षेत्र सङ्ग सम्बन्धित १६ सस्थाहरुको छाता सस्था पुर्बान्चल सरोकार समाजको प्रथम अधिबेशन सर्बसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । ” पुर्बान्चल सरोकार समाजको सामुहिक लगानिको अभियान , आर्थिक बिकास र समृद्द नेपाल हाम्रो स्वाभिमान ” भन्ने नाराका साथ सम्पन्न अधिबेसन बाट समाज सेवि एबम सरोकार समाजको तदर्थ समितिका सम्योजक काजी नेपालको अध्यक्षतामा २५ सदस्यिय नयाँ कार्य समिती चयन गरिएको छ ।
अन्य पधाधिकारीहरुमा क्रमश : प्रकाश राई बरिष्ठ उपाध्यक्ष , अमृत राई उपाध्यक्ष , गणेश घिमिरे उपध्यक्ष ,राजु थापा महासचिब , नवीन गुरुङ सचिब , सुशील मैनाली कोषाध्यक्ष रहेका छन । सदस्यहरुमा  हरि खनाल , सन्तोष मादेन , सन्तोष श्रेस्ठ , परदेश राई , जीवन थापा , सुभद्रा पालुङ्वा , सोनिया राई , मान सिङ गुरुङ , भुपालमान बस्नेत , बालकृश्ण बान्तवा , राजु लिम्बू , उमेश मगर समीर पौडेल , राम प्रसाद उप्रेती , एकल यात्री कुसुम र गणेश कालिकोटे रहेका छन ।
सरोकार समाजको प्रथम अधिबेशनलाई पानसमा बत्ती बालेर उदघाटन गर्दै प्रमुख अतिथी कोरियाका लागि नेपाली कार्यबाहक राजदुत किरण शाक्यले नेपालको बिकासमा निजि क्षेत्रको लागानीको आबस्यकता औलाउदै पुर्बान्चल समाजले लगानिका लागि गर्ने सामुहिक पहलमा दुताबास र नेपाल सरकारको तर्फबाट आबस्यक सम्पुर्ण सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाले नेपाल प्राकृतिक स्रोतको धनी हुदा हुँदै पनि राजनितिक अस्थिरता र सन्क्रमण काल लम्बिनाले दक्षिण एसियामा नै बिकासमा पछि परेको हुदा प्रबासी नेपाली ले सस्थागत रुपमा मुलुकलाई समृद्ध बनाउने योजना बनाउनु एकदमै खुसीको कुरा हो भन्दै पुर्बान्चल सरोकार समाज को अधिबेसनलाइ सुभकामना दिनु भएको थियो ।
अधिबेशनका अतिथी गैर आबासिय नेपाली संघका आइ सिसि प्रतिनिधि एबम एन आर एन कोरियाका समरक्षक र सरोकार समाजका सल्लाहकार समेत रहेका के पि सिटौलाले कोरियामा नेपाली सामाजिक सस्थाहरु असन्ख्य रुपमा भएको बेला आपसी हितको लागि १६ वटा सस्थाको कार्यगत एकता गरि प्रबासी नेपाली श्रमिकको सीप र पैसा लाई स्वदेशमा नै लगानी गर्न पुर्बान्चल सरोकार समाजको स्थापना भएको हो ।२००७ देखि नै छल्फलमा रहे पनि ७ बर्ष पछि २०१५ मा मात्र यस्लाइ सबल रुप दिन सकिएको हो र यस्ले केबल सामाजिक र लगानी सम्बन्धी काम मात्र गर्ने जानकारी दिनु भयो । उहाले यश समाजका गतिबिधी कुनै पनि सस्था , बिचार र भेगको बिरुद्दमा नभै सबै सङ्ग सहकार्यका निम्ति नै हो भनेर प्रस्ट पार्नु भयो ।
कार्यक्रममा एन आर एन कोरियाका समरक्षक ध्यान राई , एन आर एन उपाध्यक्ष लक्ष्मी गुरुङ, एन सिसि कोरियाका अध्यक्ष प्रेम साह , समाजसेवि लोचन राई , भिम चेम्जोङ ,वीर कुमार वलि ,पत्रकार महासंघ कोरियाका सभापती खेम कार्की ,जनजाती महासङका चित्र मोक्तान लगायत विभिन्न सामाजिक र राजनितिक संघ सस्थाका प्रमुखहरुले सुभकामना मन्तब्य दिनु भएको थियो । प्रकाश राईले स्वागत स्वागत गरेको कार्यक्रमलाई काजी नेपालले सभापतित्व गर्नु भएको थियो भने कार्यक्रम सन्चालन राजु थापाले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नेपाल बौद्ध परिवार  कोरियाको अध्यक्षमा कुसङ शेर्पा
  • नेपाल गोरखा परिवार कोरियाको अध्यक्षमा दिपक श्रेष्ठ
  • नुवाकोट समाज कोरियाको अधिवेशन अक्टोवार १५ मा हुने
  • घेदुङ कोरियाले ‘गोतोजि छोर्तोजि’ शृङ्खला गर्दै, पहिलो शृङ्खला संस्कार सम्बन्धी
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...