तरकारिवाली , र मेरो हुनेवाली


सज्जन कुमार सिंह

मेरो एक जना भाइ सुरेश बराईलिले फेसबुक मेसेजमा कुनै एकजना केटिको फोटो पठाए । त्यो तिनै केटि थिईन जो फेसबुक र सामाजिक सञ्जालमा एकाएक हिट भएकि रहिछन । सामाजिक सञ्जालले मान्छेलाई छिन मै सेलिब्रेटि र छिन मै सेलरोटि पनि बनाइदिएको छ । अहिले सामाजिक सञ्जालमा छाएकि गोरखाकि एक जना युवती कुशुम श्रेस्ठ। उनले तरकारि बोकेर हिड्दै गरेको एउटा तस्बिर सामाजिक सञ्जालमा भाईरल बन्यो ।

बलिउडकि कुनै चर्चित सेलिब्रेटि जस्तो देखिने स्लिम युवतिले नाम्लो लगाएर तरकारि बोकेको तस्बिर भाइरल बन्नु संयोग नै मान्नुपर्छ । नत उनले कहिल्यै यस्तो कल्पना गरेकि थिईन , नत उनलाइ यो सबचिजसंग सरोकार नै थियो ।

गाउमा बिहाना उठेदेखि रातिसम्म भोकभोकै ढुंगा मुडा,घास दाउरा स्याउला बोक्ने युवती कती छन कति त्यि कहिल्यै भाइरल बनेनन् । चर्चामा आएनन् तर यो एउटा संयोग बनिदियो । एउटा मेहनति केटि भाईरल बन्नु खुसिको कुरा नै जो छ ।
समय र परिस्थितिले राजालार्इ रैति र रैतिलार्इ राजा बनाउछ भन्थे हो रहेछ । सामाजिक सञ्जाल र मिडियाको महत्व र एउटा फोटोको शक्ति कति रहेछ भन्ने बारे बुझ्न पनि यो प्रसंग काफि छ । अर्कोतिर भुपिले भने झै नेपाल हल्लै हल्लाको देश हो। हल्लै हल्लामा जे पनि हुन्छ यहाँ । तर केही राम्रा हल्लाले सल्लाहले भन्दा राम्रो प्रभाव पर्दो रहेछ ।

कलेजमा पढ्दै गरेकि एउटि युवतिले आफै तरकारि उत्पादन गरेर आफै कुनै लाज र दकस बिना नै बोकेर बजारमा बेचेर स्वाभलम्बि बन्ने कुरा सानो कुरा होइन । पढ्नेहरुले काम गर्नुहुन्न भन्ने जुन सोच हाम्रा नानिबाबुमा छ , जसकारण काम र श्रमको महत्वलाई कमजोर बनाएको छ । दूध डेरिले दिन्छ । तरकारि पसलले दिन्छ भन्ने भ्रममा परिसकेका उनिहरुले यो बुझुन कि श्रम र उत्पादन बिना जीवन चल्न कठिन छ भनेर ।

यसले सबै कलेज पढ्ने खालि समयमा माखा धपाएर तुक न बेतुकको क्रियाकलाप गरि समय हुइक्याउनेलाई काम गर्नु भनेको गलत चिज होईन भन्ने भेउ पनि दियो ।
हाम्रो समाजमा श्रम गर्नेलाई हेला गर्ने हेप्ने,होच्याउने विभेद र घृणा गर्ने जुन सोचको बिकास भयो ,त्यो नै सबैभन्दा गलत थियो। कडा श्रम गर्ने आरान चलाएर औजार बनाउने , कपडा सिलाउने,छालाका काम गर्ने र बिभिन्न उत्पादनशिल कठिन काम गर्नेहरुको अपमान भयो तर बसिबसि ठगेर खानेको जयजयकार गर्ने परिपाटि बसालियो । त्यसले गर्दा हामिमा श्रम प्रति घृणा र खराब सोच सहित बितृस्णा जगायो ।

जापानमा रातदिन भाडा मस्काउने जुल्पि लाउरे नेपालमा भाडा माझ्नेलार्इ मान्छे गन्दैन ।कोरियामा रातदिन फलामको काम गर्ने फलामेहरु नेपालमा आरानमा फलाम पिट्नेलार्इ मान्छे नै मान्दैन ।अमेरिकामा ट्वाइलेट सफा गर्ने घोडाको लादि सोर्ने अम्रेकन लाउरे नेपालमा बाटो सफा गर्ने मान्छेलार्इ मान्छे मान्दैन । बिदेशमा गधाले झै लात्ता खाइखाइ बाटो बनाउनेले नेपालमा घरबनाउने र बाटो बनाउनेलार्इ कुल्लि ठान्छ ।जब पसिना देशमा चुहाउदा अपमानित भएको महसुस हुन्छ र बिदेशमा नचरि लाएर दिशा सोर्न तयार हुने अबस्था रहन्छ । अब भन्नुस देश कसरी बन्छद ? त्यो नै देशको लागि सबैभन्दा ठुलो दुर्दशा हो ।

घरमा ढलेको सिन्को ठाडो नपार्ने बाटोमा हिड्दा कतै जुको देखियो भने पनि सातो पुत्लो जाने , दिनभरि गालामा क्रिम पाउडर धसेर सिंगो दिन फाल्ने , केवल बाहिरि आकर्षणलाई प्राथमिकता दिने, फेसबुकमा अनेकौ फोटो हालेर दिन काट्ने अधिकांस परजिवि युवा युवतिलाई गतिलो सन्देश प्रवाह गरेको छ यो फोटोले ।

श्रीमान बिदेश पसेपछि छोरछोरि टपक्कै टिपेर शहर बजार बस्ने आफ्नो बारि खेतमा बुकि फुलाउने र किनेर खाने जुन अबस्था छ त्यी अबस्थाहरु माथि यो कुशुमको एउटा फोटाले तिखो बाण हानेको छ, । उनिहरु सबैमा खालि जग्गाहरुमा हरियो सागपात तरकारि रोप्ने बुद्दि आओस । भारतबाट भित्रने तरकारि र फलफूललार्इ रोकेर मरुभुमिमा ज्यानको बाजि राखेर श्रीमान र दाजुभाईले पठाएको देशको पैसा बाहिर नजाओस । देश स्वाभलम्बि बनोस । हरेक नागरिकले आफुलाई पुग्ने तरकारि आफ्नो बारिमा लगाउने हो भने पनि देश तरकारिमा स्वाभलम्बि बन्छ ।यो फोटोले यो गहन बिषयमा बहसको थालनी पनि गरेको छ ।

अहिले कुशमको फोटो भाइरल संगै गाउँमा महिलाहरु तरकारि खेतिमा आकर्षण भएका छन । ,कतै भैंसी डोराएको ,घाँस काटेको अनेकौ ,श्रम गरेको फोटाहरु सामाजिक सञ्जालमा हाल्ने प्रतिस्पर्दा चलेको छ । यसले के जागरण ल्यायो भने हात खुम्चाएर बस्नु हुदैन ।

संसारमा कुनै एकजनाको सहि कदम र उसको पदचाप पछ्याउनाले पनि धेरै परिवर्तन भएका छन ,त्यस्ता साना परिघटनाले पनि ठुलो प्रभाव जमाउन सक्छल । एउटा सानो क्याण्डेलले धेरै अध्यारो हटाउन सक्छ, यस मानेमा कुशुम र हजारौ कुशुमहरु मैन बत्ति हुन ।जसले आम अल्छी र श्रममा लाज मान्नेलार्इ उज्यायो दिएका छन्।

तरकारि बोक्ने र काम गर्ने उनी पहिलो उदाहरण त हुँदै होईनन् तर सञ्जालमा छाएको उनको तारिफले हाम्रा अन्य तरुनिका आखामा आफ्नो बाझो खेत बारिको झल्को आओस । श्रमले संसार बिकास भाको हो ,खाली समय जुम्रा हेरेर बस्ने होईन भन्ने हेक्का होस ।
पोर्न स्टार बन्छु भन्ने अर्चना पनेरुहरु , घैटा जत्रा स्तन हल्लाउने ,ज्योति मगर , नाङ्गा शरिरमा सावुनको गाजले ढाक्ने तिर्सना बुढाथोकि ,शरीर र साप्रा सो गर्ने देखा थापा, सुस्सा र प्रियङ्काहरु भाईरल बनाइरहने हाम्रा मिडियाले र हामिहरुले यस्ता कर्मठ नारिहरुलार्इ सधै छायामा पारेका छा‌ै । त्यो हाम्रो सोचको कारण हो ।एउटी श्रम गर्ने युवतिको फोटोले फेसबुकमा दुई लाइक पाउदैन यसो छातिको माथिल्लो टाँक खुकुलो बनाएर स्तनका मुन्टा देखाएकि बर्णशङ्कर तरुनीको फोटोले हजारौ लाइक र कमेन्ट पाउछ । हाम्रो सोच कता छ त्यहिबाट पुष्टि हुन्छ ।

नेपाली नारिहरु देशको उच्च पद समाल्ने बनिसकेका छन तर पुरुषवादि नेपाली समाजमा नारि सहायक र सहयोगि पात्र बनेका छन । श्रीमानको कमाइमा आश्रीत हुने अधिकांस महिला श्रीमानको इच्छा अनुसार आफुलार्इ उसैको रखवाली र दिलवाली बनाउनु उनिहरुको बाध्यता बनेको छ। त्यसैले आफै सक्षम बन्ने र त्यसको लागि भरमजदुर प्रयत्न गर्नु जरुरी छ । राज्य र सामाजिक मान्यतामा भएका विभेदकारि ब्यबस्था अन्त्यको लागि अग्रसर हुनु जरुरि छ ।

मेरो हुनेवाली

मंसिर पनि आईसक्यो र हरेक अबिबाहित युवा युवती बैबाहिक सम्बन्धमा बाधिन्छन । मेरो हुनेवाला श्रीमान, मेरो हुनेवाली श्रीमती यस्तो भैदिए हुन्थ्यो भन्ने कल्पना हरेकमा हुन्छ। प्रेमको चल्ति चलेको आजकालको समाजमा मागि बिबाह पनि अझै चल्ति मै छ । सबैले यसो भनौ कि मेरो हुनेवाली आबरणमा मात्र होईन मनकि पनि राम्रि होस । श्रमलाई सम्मान गर्ने होस। दिनभरि सुगुरको चोसो जस्तै गराएर सेल्फि हान्न , फेसबुकमा मात्रै झुन्डिने नहोस।

वास्तविक दुनियाँबाट पर भावनाको दुनियामा बाच्ने नहोस । अरुसंग ढुकेर होईन सकभर आफै गरेर खाने पौरखि होस । दुख बुझ्ने होस । पसिनालाई बुझ्ने होस । यत्ति सानो कुरामा पनि आगोमा बसालेको कराई जस्तो तात्ने वाला नहोस ।वारि बाझो राख्ने नहोस बरु एउटा तरकारि पसल खोलेर तरकारि बेचेर ताजा तरकारि फलफूल खुवाउने होस तर रुवाऊने चाहिँ नहोस । तपाइकि हुनेवाली ।

for ur comment

[email protected]

हाल दक्षिण कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...